मकवानपुर । काेराेना महामारीकाे कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने २ जनालाइ कारवाही गरिएकाे छ ।
मकवानपुर हेटौडा उपमहानगरपालिका– ७ नागसोती स्थित तासिर इङलिस सेकेण्डरी स्कुल सञ्चालन गर्ने ३६ वर्षिय अमृत प्रसाद ढकाल र हेटौडा उउपमहानगरपालिका– ५ स्थित ज्ञानोदय बालबाटिका स्कुल सञ्चालन गर्ने मनहरी गाउँपािलका– ५ बस्ने वर्ष ४० को श्याम कुमार बानियाँलाई साेमबार कारवाही गरिएकाे हाे ।
उनीहरूलाइ निषेधाज्ञकाे उल्लङ्घन गरेकाे आराेप नियन्त्रणमा लिई आवश्यक कारवाहीकाे लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय पठाईएको थियाे । बाँनिया र ढकाललाई संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनही १० हजारका दरले जरिवाना गरीएको जिल्ला प्रशासनले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संङ्ख्या बढ्न थालेपछि आजबाट निषेधाज्ञमा थप कडाइ गरिएको छ । संक्रमणको जोखिम उच्च बढेको भन्दै आजबाट थप भएको निषेधाज्ञामा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू भएको छ ।
हेटौंडा बजार क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्न प्रहरी चेकिङ टोलि खटाईएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार हेटौंडाको क्याम्पाडाँडा, संगमचोक, कान्तिराजपथ, सिमाचोक, चौकिटोल ओरालो, थानाभर्याङ, कर्रापुल क्षेत्रमा सवारी जाँच कडाइ गरिएको छ ।
जिल्लामा आजबाट थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गतेसम्म रहेको छ । यसैगरी जिल्ला भित्र मास्क अभियान सुरु गरिएको छ । जिल्लामा सञ्चालित विभिन्न गैरसरकारी संस्थाहरुको संलग्नतामा मास्क अभियान सुरु गर्न थालेको हो । आजबाट लागु हुने यो अभियानबारे यहाँ हेर्नुहोस् ।
मकवानपुर । मकवानपुरमा ४० जना काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै उक्त संख्या थप भएकाे हाे ।
५२ जनाको पीसीआर र ६१ एन्टीजेन परीक्षणमा क्रमशः ३० जना र १० जना गरी ४० जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म १३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।
यसै गरी साेही अवधीमा मकवानपुरमा १ जना काेराेना संक्रमणा पुष्टि भएकाकाे मृत्यु भएकाे छ । हेटौंडा १ का ५६ वर्षीय काेराेना संक्रमित पुरुषकाे आइतबार बिहान ९ बजे हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्यालय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६९ जना कोरोना संक्रमण निकाे भएका छन् । यो संगै मकवानपुरमा हालसम्म १२ हजार ६ सय ६७ जनाले कोरोना निकाे भएका छन् । जिल्लामा हाल १ हजार ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ हजार ३१ जना आफ्नै घरमा र ४८ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
नेपालमा थपिए २ हजार ५ सय ४८ जना काेराेना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पीसीआरबाट २ हजार १ सय ३७ र एन्टीजेन परीक्षणबाट ४ सय ११ गरि थप २ हजार ५ सय ४८ जना संक्रमित थपिएको जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि शनिबार नेपालमा १९ जना संक्रमितको मृत्यु भएको थियो । यो संगै नेपालमा हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा मकवानपुरका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदार–कर्मचारीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
संघको हेटौँडा उपमहानगरपालिका ४ स्थित सचिवालय भवनमा दुई दिनमा निर्माण व्यवसायी र निर्माण सम्बद्ध कर्मचारी गरी आठ सय जनालाई कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाइएको हो । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकालले संघले पछिलो पटक कोरोनाविरुद्धको खोप लगाउँदा कार्यालयमा नै अनलाइन फर्म भरेकालाई मात्र खोप लगाइएको जानकारी दिँदै १८ वर्षभन्दा माथि उमेरका ७० वर्षसम्मकाले खोप सुविधा प्राप्त गरेको जानकारी दिए ।
काेरोनाविरुद्धको खोप लगाउनेका लागि अनलाइन फर्म भर्न कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको ढकालले बताए । खोप लगाउन बाँकी रहेका निर्माण व्यवसायीहरु र निर्माणसम्बद्ध कामदारहरुलाई अनलाइन फर्म भरेर खोप सुविधा लिन उनले आग्रह गरे ।
मकवानपुर । मकवानपुरमा १ सय २ जना काेराेना भाइरस संक्रमित भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।
१ सय १८ जनामा पीसीआर परीक्षणमा ८७ जना र ५६ जनामा एन्टीजेन परीक्षण गर्दा १५ जना गरी थप १ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४७ जना पुगेका छन् । जसमा १ हजार ८२ जना आफ्नै घरमा र ६५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जनाले कोरोना जितेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ का ५१ वर्षीय पुरुष रहेका छन् ।
मृतक पुरूषमा कोरोना पुष्टि भए पछी गत असार २७ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गएराति हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
नेपालमा थपिए ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमित
यसैगरी नेपालमा ३ हजार ९ सय ३८ जनामा काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्यामा काेराेना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ । बिहीबार थपिकासमेत नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । तीमध्ये ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ जना रहेका छन् । जसमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय १४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रिय संक्रमितमध्ये ७ सय १३ जना आईसीयू र १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत रहेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्याङकमा उल्लेख छ ।
