मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा काेराेना संक्रमित थपिएका छन् । कुल १६ हजार ७ सय ३६ जनाकाे परीक्षणमा ५ सय ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साेही अवधीमा थप ४ सय ८४ जना काेराेना संक्रमणमुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म ७ लाख ९६ हजार ३ सय ६ जना काेराेना संक्रमण निको भएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ ।
देशभर हाल सक्रिय संक्रमित ७ हजार ६ सय १२ जना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३ सय ७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९ सय २६ जना पुगेको छ ।
मकवानपुर / मकवानपुरमा रहेको जेठो अस्पताल हेटौंडा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट अप्रेसन गरिएको छ ।
उपचार राम्रो नभएको गुनासो खेप्दै आएको अस्पतालमा पछिल्लो ३ बर्षयता विभिन्न बिधागत सफलता हासिल हुन थालेको छ ।
आज पहिलो पटक दुरबिन प्रबिधिबाट नाक, कान, घाँटी ( ENT) को अप्रेसन गरिएको छ । अस्पतालमा कार्यरत ENT सर्जन डा. अनुप सञ्जेल र अनुपम राज उपाध्यायको टिमले सफलतापूर्वक अरप्रेशन गरेको अस्पताल बिकास समितिले जनाएको छ ।
मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकाका १३ वर्षीय बालक शिव स्याटघानीको नाकको सफल अप्रेशन भएको हो । प्रदेश सरकारले नेतृत्व गर्न थालेपछि हेटौंडा अस्पतालले स्वास्थ क्षेत्रमा फड्को मार्दै आएको छ ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका १४ मा निशुल्क आँखा शिविर आयाेजना गरिएकाे छ सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायोजनमा आँखा शिविर आयाेजना गरिएकाे हाे ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको जनज्योति माविको प्राङ्गणमा निशुल्क आँखा शिविर भएको हाे । सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर सम्पन्न गरेको हो । विहान ९ बजेदेखि २ बजेसम्म संचालन गरेको शिविरमा हेटौंडा १४ लगायत अन्य क्षेत्रका ८० जना महिला र ७० जना पुरुष गरी १ सय ५० जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।
आँखा परीक्षण गराएका मध्ये २१ जनाको शल्यक्रिया गर्नुपर्ने खालको मोतिविन्दुको विरामी भेटिएकाे बैंकका शाखा प्रबन्धक रुपक मैनालीले जानकारी दिए । शिविरमा भेटिएका माेतिविन्दुका विरामीकाे हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशुल्क उपचार गरिने भएकाे छ ।
मकवानपुर । कार्तिक ११, हेटौडा सामुदायिकआँखा अस्पतालले तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा मुस्ताङमा निशुल्कआँखाशिविर संचालन गरेको छ ।
कार्तिकको पहिलो सातामाथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमाशिविर संचालन गरेको होे । लो घेकर दामोदरकुण्ड गाँउपालिका र चरागं स्वास्थ्य चौकी र आमा समुहको समन्वयमामाथिल्लो मुस्ताङको लोमान्थाङ, चराङ, सुखाङलगायतका स्थामाशिविर संचालन गरी मोतिविन्दु देखिएका विरामीहरुकाे शल्यक्रिया गरिएको थियो ।
जिल्ला अस्पताल मुस्ताङ, घरापजोड गाँउपालिका, मुस्ताङ कल्याणकारी समाज,नेपाल रेडक्रश सोसाईटी मुस्ताङको समन्वयमा तल्लो मुस्ताङको जोमसोम, फलाक, कागवेनी, कुञ्जु, कोबाङलगायतका स्थानमाशिविर संचालन गरी मोतिविन्दुको बिरामी पहिचान गरिएको थियो ।
हेटौडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. सुनिल थकालीको नेतृत्वमा गएको टोलीले दुवै स्थान गरी ७ सय ९८ विरामीहरुको निशुल्कआँखा जाँच र आवश्यकऔषधि वितरण र ५० जना विरामीहरुको निशुल्क मोतिविन्दुको शल्यक्रिया गरेको हाे।

मकवानपुर । आउँदाे कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने भएकाे छ । सरकारले हरेक वर्ष कात्तिक २ र ४ गते खुवाउँदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको जनाइएको छ ।
सरकारले राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरी ७ र ८ गते संचालन गर्ने भएको हाे । ७५३ वटै पालिकामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन जाँदा जनस्वास्थ्यका मापदण्ड अपनाएर खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।