मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलामा स्वास्थ्य शिविर संचालन गरिएको छ ।
हाँडीखोलाको पशुपति माध्यामिक विद्यालयमा संचालन भएको स्वास्थ्री शिविर बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वार्ड नं ४ को समन्वयमा भएको हो ।
स्वास्थ्री शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । शिविरमा ७८ जना महिलाले स्वास्थ्य परीक्षण गराएको थिए । शिविरको समुद्घाटन प्रमुख अतिथि अध्यक्ष कालाखेतीले परीक्षण किट प्राविधिक टोलीलाई हस्तान्तरण गर्दै शिबिर सुरु गरिएको हो ।
बिशेष गरी बनकरिया बस्तीलाई लक्षित गरी आयोजना गरिएको शिबिरमा २ जना सेवाग्राहीले १२ बर्षे परिवार नियोजनको अस्थायी साधनको सुविधा लिएका थिए । शिबिरलाई मनहरी गाउँपालिका र स्व. जानुका रेग्मी स्मृति स्वास्थ्य सेवा तथा सूचना फाउन्डेशनबाट औषधि सहयोग गरिएको थियो ।
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानवीय सेवा बोकेको जेसीजले गरेको शिविरबाट स्थानीयलाई बिभिन्न अस्पताल गएर जचाउँदा हुने खर्चबाट बिपन्न बर्गले लाभलिने र मनहरी गाउँपालिकाको अन्य वडामा पनि यस्तै स्वास्थ्य शिबिर संचालनको लागि हातेमालो गर्न सदैब तयार रहेको बताए ।
कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, पशुपतिनाथ माविका ब्यवस्थापन समिति अध्यक्ष माधब गौतमले आमाहरु स्वस्थ्य भए बालबालिका पनि स्वस्थ्य हुने बताएका थिए ।
बस्तीपुर जेसीज हाँडीखोला बर्ष–२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश) को सभाध्यक्ष तथा मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविर संचालन भएको हो ।
मकवानपुर । नेपालमा एकैदिन ५ सय ६८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ८४ पिसिआर परीक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टिजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९ सय ५७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै थप ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ५ सय ८४ जना कोभिड मुक्त भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ३४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर । बितेको चौबिस घण्टामा नेपालमा ३ सय ४७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल ३ हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ११ लाख २५ हजार ११४ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ ।
यसै गरि पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमित थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ३ हजार १७७ रहेको मन्त्रालयले जनाएको छ ।
मकवानपुर । नेपालमा काेराेना संक्रमित ३ सय ३५ जना थपिएका छन् । पछिल्लो २४ घण्टामा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ९६ नमुना परीक्षणमा ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टिजेन परीक्षणमा १ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ७१ रहेको छ । सक्रिय संक्रमितमध्ये २ हजार ८ सय ३२ जना होम आइसोलेसनमा र १ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् ।
संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु नभएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसरा पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ८, ललितपुरमा ३८, मोरङमा १८, चितवनमा ६, धनुषामा १२, भक्तपुरमा ५, सुनसरी, कास्की र नवलपरासी पूर्वमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई कारण देखाऊ आदेश जारी भएको छ ।
उच्च अदालत पाटन, हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई कारण देखाउ आदेश जारी भएको हो । उपकुलपति, रजिस्ट्रार र संयोजकले पदीय हिसाबले काम नगरेको र प्रतिस्ष्ठान नै धरासायी बनाउन खोजेको भन्दै युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले दायर गरेका थिए ।
निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा तीनैजनालाई कारण देखाउ आदेश जारी भएको हो । वरिष्ठ अधिवक्ता एकराज बास्तोलाले बहस गरेका थिए । उच्च अदालतकी न्यायाधीश निर्मला शाक्यको एकल इजलाशले प्रतिवादीहरुलाई कारण देखाउ आदेश जारी भएको हो ।