मकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३२ परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । कठ्यांग्रिदो जाडोमा जीवन यापन गर्दै आइरहेका मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका ३ घट्टेखोलाका ३२ परिवारलाई गैरसरकारी संस्थाको समन्वयमा ब्ल्यान्केट बितरण गरिएको हो ।
बिराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) को सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा चेपाङ र तामाङ परिवारलाई लक्षित गरी आज शुक्रबार ब्ल्यान्केट वितरण गरिएको हो । जाडोका समयमा ब्ल्यान्केट प्राप्त भएपछि स्थानीयवासिन्दाले खुसी व्यक्त गरे । स्थानीय सरकारले मात्रै सबैतिर ध्यान दिन नसकेको बेला गैरसरकारी संस्थाको तर्फबाट ब्ल्यान्केट वितरण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
ब्ल्यान्केट वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यक्ष, क्षयरोग फोकल पर्सन ठाकुर पौडेल, बीएनएमटीका अनुगमन÷मूल्यांकन संयोजक भोला राई, सामुदायिक स्वास्थ्य परिचालक, रेविका दाहाल, स्थानीय टोल विकास संस्थाका कृष्ण योन्जन लगायतको सहभागिता रहेको थियो ।

क्षेत्रीय कार्यालय हेटौँडामा रहेको बीएनएमटीले चितवन, महोत्तरी, मकवानपुर र प्युठान जिल्लामा क्षयरोग नियन्त्रणको क्षेत्रमा स्वास्थ्य कार्यालयसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिरहेको अनुगमन तथा मूल्यांकन संयोजक राईले जानकारी दिए । मनहरीलाइभकाे सहयाेगमा
मकवानपुरका / मानव अधिकारको संरक्षण र सम्बर्द्धनका लागि मानव अधिकारकर्मी तथा सञ्चारकर्मीबीच साझेदारी बैठक हेटौंडामा गरिएको छ ।
इन्सेक बागमती प्रदेशको आयोजनामा विहिबार हेटौंडामा आयोजना गरिएको साझेदारी बैठकमा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्टले पत्रकार जगत र आमनागरिक समाजको हक अधिकारको सवालमा अधिकारकर्मी र सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए ।
बैठकमा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सन्जाल संयोजक आरती पाठकले सचेतनाको सवालको पाटो सशक्त बनाउन पर्ने बताइन् । यसैगरी सञ्चारकर्मीहरुले राजनीति इस्युलाई मात्रै ध्यान दिएर अधिकारको सवाल बिर्सनु नहुने इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले बताए । अधिकारकर्मीलाई समस्या हुदा र सञ्चारकर्मीलाई समस्या हुँदा आपसमा सहकार्य जरुरी रहेको उनलेे बताए । कोरोनाको कारण शिक्षा, स्वास्थ, खाद्य अधिकारको पक्षमा गर्नुपर्ने काम धेरै बाँकी रहेको उनले बताए ।

कार्यक्रममा शिक्षाको लागि साझा अभियानका प्रकाश खतिवडाले शिक्षाको अधिकारको सवाल उठाउनु पर्ने बताए । यसैगरी सञ्चारकर्मी बालकृष्ण अधिकारीले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मानव अधिकार अतिक्रमीत भएको बताए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले नागरिकमा सूचनाको पहुँच अझै कमजोर भएको बताए । प्रबिधिको कारण मानवीय गोपनियताको सवाल कमजोर बन्दै आएको उनले बताए ।
यसैगरी कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडाले उपभोक्ताको अधिकार सशक्त हुन नसकेको बताए ।
मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जना कोरोना भाइरस संक्रमण पुष्टि चएको छ । योसंगै कुल संक्रमितको सख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार १ हजार ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४४ हजार ७ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ।
हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय २१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्री मन्त्रालयले जनाएको छ ।
मकवानपुर । मकवानपुरमा शुक्रबार थप ९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । हेटाैडा उपमहानगरपालिकाका विभिन्न वडाका ३ जना महिला तथा ६ जना पुरूष गरी ९ जनामा काेराेनाे पुष्टि भएकाे हाे ।
हेटाैडा उपमहानगरपालिकाकाे १ नं. वडाका २ जना पुरूष, ४ नं. वडाका १ जना महिला र २ जना पुरूष ५ नं. वडाका १ जना महिला ९ नं. वडाका १ जना पुरूष ११ नं. वडाका १ जना पुरूषा १८ नं. वडाका १ जना महिलामा काेराेना भाइरस पुष्टि भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेला चाैलागाइले जानकारी दिए ।
मकवानपुर । शुक्रबार देशभर थप १ हजार २९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना भाइरसलाइ जितेर घर फर्किनेको संख्या दुई लाख ५२ हजार ४ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी शुक्रबार थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय ६ जनाकाे नमुना परीक्षण गरिएकोमा ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टिनमा ४ सय २७ जना तथा ९ हजार ३ सय १७ जना आइसोलेसनमा रहेका छन् ।