मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । पार्टीकाे संसदीय दलका नेता चयन तथा सांसदकाे पद तथा गोपनियताकाे शपथ लिए पछि बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ ।
प्रधानमन्त्री चयनकाे पूर्व सन्ध्यामा बालेनकै आधिकारिक युट्युब च्यानलबाट रिलिज गीतको भिडियोमा उनले निर्वाचनकाे समयमा देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको सभा तथा यात्राका दृश्यहरू समावेश गरिएको छ ।
शारदाकाे विद्यालय गान युट्युबमा सार्वजनिक
Tags: No Comments
मकवानपुर । शारदा माविकाे विद्यालय गान युटुबमा सार्वजनिक गरिएकाे छ । ५० औं स्थापना दिवसकाे अवसरमा मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका ५ धादिङमा रहेकाे शारदा माध्यमिक विद्यालयले तयार पारेकाे विद्यालय गानको भिडियो सार्वजनिक गरिएको हो ।
२०८२ मंसिर १ गतेदेखि मंसिर ७ गतेसम्म आयोजना गरेकाे स्वर्ण महोत्सवकाे अवसरमा विद्यालय गानको अडियो सार्वजनिक गरेकाे छ । विद्यालयका पूर्व विद्यार्थीहरुकाे संलग्नतामा गान तयार गरिएकाे हाे । शारदा माविको पूर्व विद्यार्थी साहित्यकार तथा पत्रकार सरिता दाहालद्वारा लिखित विद्यालय गानलाई विदुर हुमागाईंले एरेन्ज गरेका हुन् । पुर्व विद्यार्थी कविराज हुमागाईंले संगीत दिएका छन् भने कविराज र दीपा तामाङकाे स्वर रहेकाे छ । विद्यालय गान रेकर्ड अडियो नेपाल पुतलिसडकमा गरिएकाे विद्यालयका प्रध्यानाध्यापक इन्द्रबहादुर कार्कीले बताए ।
क्रियटर नेपालले बनाएकाे उक्त गानकाे भिडियो सहीखबर युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएकाे छ । मंसिर १ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा गानकाे अडियो सार्वजनिक गरेका थिए ।
मकवानपुर । आमसर्वसाधारणमा लोकप्रिय सामाजिक सञ्जालहरु निष्कृय भएपछि सर्वसाधारणहरु विकल्प खोज्न थालेका छन् । सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल भदौ २० गतेबाट निष्क्रिय पार्न थालेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका छ ।
नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले त्यसै निर्देशनबमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ ।
प्राधिकरणको पत्र र सर्वोच्च अदालतको आदेश, नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम यस्तो निर्णय गरिएको टेलिकमले जनाएको छ । एनसेलले पनि सरकारको निर्देशनअनुसार आफ्नो नेटवर्कमा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको जनाएको छ ।
यस्तै इन्टरनेट सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सूचीकृत हुन नआएका सामाजिक सञ्चाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयनको तयारी शुरु गरेको छ ।
आइस्पानको हिजो बसेको बैठकले प्राविधिक समितिलाई सक्रिय बनाउँदै आज दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि निर्णय कार्यान्वयन गर्ने जनाएको छ । दूर सञ्चार प्राधिकरणले हिजो पत्राचार गर्दै विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, यूट्यूब, ह्वाटसएपलगायत सामाजिक सञ्जाल छन् । सरकारले सूचीकृत हुनका लागि सम्पर्क गर्न पछिल्लोपटक दिएको सात दिनको म्याद अस्ति राति सकिएको थियो ।
त्यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी सम्पर्कमा नआएपछि सरकारले निष्क्रिय बनाउने निर्णय गराएको हो । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।
फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय हुन थालेपछि धेरैजना भाइबर, टिकटक लगायतमा जोडिन थालेका छन् । फेसबुक, यूट्यूव, एक्ससहितका सामाजिक सञ्जालहरु निष्क्रिय गर्ने निर्णय गरेपछि सरकारको आलोचना पनि भइरहेको छ ।
मकवानपुर । प्रमोदहरि गुरागाईंकाे शब्द रचना रहेकाे मन त्यतै कतै भुलेछु सार्वजनिक भएको छ । प्रणय दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गीतलाई विश्वप्रकाश शर्माले संगीत भरेका छन् भने गायक प्रमोद खरेलले स्वर दिएका छन् ।
मन त्यतै कतै भुलेछु प्रीय…काे गीत तथा म्युजिक भिडियो विश्वप्रकाश शर्माकाे अफिसियल युवट्युव च्यानलबाट बिहीबार बेलुका ६ बजे सार्वजनिक भएकाे हाे । प्रेमिल गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ट र प्रियना आचार्य फिचर्ड रहेका छन् । मनाेहर सुनामकाे एरेन्जर तथा भाेला पौडेलकाे मिक्सिङ तथा माष्टरिङ्ग गितकाे म्युजिक भिडियाेलाई निकेश खड्काले निर्देशन गरेका छन् । क्यामेरा उत्सव दाहाल र सम्पादन विकाश धमला रहेकाे गित विशुद्ध प्रेम भावमा रहेकाे छ ।
साहित्यिक हृदय हरेक व्यक्तिमा हुने बताउँदै गुरागाई भन्छन् अक्षरलाई भावनाकाे रसायनद्वारा जाेडेर गीत लेख्ने काेशिस गरेकाे हुँ । गुरागाईं पेशाले प्राध्यापन गर्छन भने राजनीतिकर्मीकाे रुपमा समेत चिनिन्छन् । यसैगरी शर्मा नेपाली काँग्रेसका महामन्त्री छन् । खरेल नेपाली गीत संगीतमा गायकका रुपमा चर्चित छन् ।