हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको दाहसंस्कार गर्ने कामलाई अव मेसिनका माध्यमले गरिने भएको छ । दाहसंस्कारलाई व्यवस्थित र वातावरणमैत्री बनाउन राप्ती नदी किनारमा मेसिन जडान गर्ने सम्पन्न गर्नेगरी तयारी थालीएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । दाहसंस्कारको कामलाई थप व्यवस्थित वनाउन लागिएको हो । यसका लागि उपमहानगरपालिकाले खरिद प्रकृयाको काम सकेको छ ।
यसैगरी दक्षिण एशियाकै पहिलो मानव निर्मित हेटौंडाको सुरुङ्गको संरक्षण र सम्बर्धन गर्ने कार्यलाई निरन्तरता दिदै सुरुङ्ग परिसरमा सुरुङ्गका डिजाईनर बिग्रेडिएर कर्णेल डिल्लिजंग थापाको प्रतिमूर्ती स्थापनाको प्रकृया अन्तिम चरणमा पुगेको मेयर महतले वताउनुभयो ।
हेटौंडामा युवा तथा वालवालिकाहरुको शारीरिक तथा मानसिक विकासका लागि उपमहानगरपालिकाले विभिन्न खेलकुद क्रियाकलाप संचालन गर्न हेटौडा–८ को चन्द्रोदय माविको चौरमा प्रदेश सरकारसंगको सहकार्यमा यसै बर्ष भित्र सम्पन्न हुने गरी निर्माण गर्न लागिएको प्याराफिटसहितको खेलकुद प्रशिक्षण केन्द्र निर्माणको लागि दोस्रो पटकको टेण्डर प्रकृया अगाडी बढाईएको छ ।
हेटौंडाको व्यवस्थित बस टर्मिनल भवन तथा बसपार्क निर्माण कार्यको लागि ६३ करोड बराबरको लागतमा निर्माण सम्पन्न गर्ने गरी काम गर्न लागिएको छ । अव बसपार्कलाई व्यवस्थित र सुन्दर रुपमा निर्माण कार्य थालिने मेयर महतले वताउनुभयो । हेटौंडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समयसापेक्ष सुविधायुक्त सभागृह सहितको बासुदेव बहुउद्देश्यीय व्यवसायिक कम्पलेक्स र भ्यूटावर निर्माणको लागि बिस्तृत परियोजना तयार भईरहेको अवस्था छ ।
पुरानो बसपार्क क्षेत्र स्थित १० नंम्बर वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुविधायुक्त संरचना सहितको व्यवसायिक कम्पलेक्स भवन निर्माणका गर्नका लागि बिस्तृत परियोजना तयार पार्ने कार्य भईरहेको मेयर महतले वताउनुभयो ।
सामाजिक दुरी कार्यम गर्दै लायन्स क्लव अफ हेटौडाको वर्ष २०२०/२१ को पदस्थापन कार्यक्रम आईतबार भएको छ ।
क्लब आफनै भवन हेटौडा ४ कर्रामा आयोजित कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष नरेन्द्र महर्जनले वर्ष २०२०/२१ का अध्यक्ष राजु नेपाललाई पद हस्तान्तरण गर्नु भएको थियो । क्लबको वर्ष २०२०/२१ का लागि प्रथम उपाध्यक्षमा माधव न्यौपाने, द्धितिय उपाध्यक्षमा रमेश गिरी, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा विष्णुलाल महर्जन चयन हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय गान, झण्डाको अभिवादन संगै विश्वशान्तिको लागी एक मिनेट मौनधारण समेत गरिएको थियो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सुर्दशन अधिकारीले स्वागत गर्दै क्लबले गरेका गतिविधि तथा क्लबले पाएका सम्मान तथा अवार्डहरुका बारेमा जानकारी दिएका थिए ।
लायन्स क्लब अफ नेपाल ३२५ बि टु का पुर्व सिनियर डिष्ट्रिक एडभाईजर राम श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु भागरथी शर्मा, मुक्तीगोबिन्द वैद्य, बजरंग सिंह, डा.बलराम भट्ट लगाएतका वरिष्ठ लायन्सकर्मीहरुको सहभागीता रहेको थियो ।
चार दशक पार गरि पाँचौं दशकको यात्रामा रहेको मकवानपुरको पहिलो लायन्स क्लबको रुपमा रहेको यस क्लबले क्लबको टिम सार्वजानिक गरि सम्पूर्ण सदस्यहरुलाई वितरण समेत गरिएको थियो ।
यो क्लब ४३ वर्ष अघि स्थापना भएको हेटौडाको पहिलो लायन्स क्लब हो । यही क्लबले जन्माएका लायन्सक्लबहरु मार्फत मकवानपुरका धेरै लायन्सकर्मीहरुले ३२५ बि टु मा आफनो उपस्थिती देखाई सकेकाछन्, । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले पुरानो क्लबको ईतिहासलाई उत्तिकै उर्जाशिल बनाउन भुमिका खेल्ने क्लबका सबै सदस्यहरुमा धन्यवाद दिदै नयाँ सदस्यहरुलाई अझ सकृयताका साथ सामाजिक कार्यमा लाग्न र क्लबको सकृयता बढाउन आग्रह गरेका थिए ।
कार्यक्रममा पद हस्तान्तरण गर्दै अध्यक्ष महर्जनले आफनो कार्यकालमा गरेका महत्वपुर्ण कार्यहरुमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद दिनु भएको थियो । यस्तै पदग्रहण गर्दै क्लबका वर्ष २०२०/२१ का अध्यक्ष नेपालले क्लबका वार्षिक कार्यक्रहरुलाई निरन्तरता दिदै नयाँ कार्यक्रमहरु ल्याएर क्लबको सकृयता बढाउने प्रतिवद्धता जनाएका छन्, । पदहस्तान्तरण कार्यक्रम वर्ष २०१९/२० का अध्यक्ष नरेन्द्र महर्जनको सभाध्यक्षतामा भएको थियो ।
हेटौँडा । मकवानपुरको एकजना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । साउदी अरबबाट आएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का ३५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
हेटौँडाको कोरोना आइसोलेसन वार्डमा असार १८ गतेबाट रहेका उनमा आज कोरोना भाइरस पुष्टि भएको हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताउनुभयो । साउदी अरबबाट उनीसँग करिब २ सयको संख्यामा नेपालीहरु यात्रा गरेर नेपाल फर्किएका थिए ।
हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट तेल बोक्ने टयाङकरबाट १ सय २८ किलो गाँजा बरामद गरिएको छ । प्रहरीले चेकिङका क्रममा लुकाएर ल्याएको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा १५ रोतोमाटेमा हेटौँडाबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरलाई रोकि चेकजाँच गर्दा १ सय २८ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको उहाँले वताउनुभयो।
गाँजा सहित पक्राउ पर्नेमा ट्याङकर चालक जितपुर सिमरा–२३ बस्ने २७ बर्षीय एमामुल हक देवान र ट्याङकरमा सवार सोहि २४ बर्षीय मोहरवान अंसारी रहेका छन् । पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लकडाउन अवधिमा मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषध बोकेको ३ वटा तेल ट्याङकरलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले बताउनुभयो ।
यसैगरी ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी ६ लोथरबाट ७० केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । खोलाको गोरेटो बाटोमा गाँजा सहित एक जनालाई पक्राउ गरिएको हो । चितवन राप्ती नगरपालिका ११ बस्ने बर्ष ३५ को शिव तामाङले बोकि ल्याएको प्लास्टिकको बोरामा चेकजाँच गर्दा लागु औषध गाँजा ७० किलो फेला परेको हुँदा तामाङलाई उक्त लागु औषध गाँजा सहित नियंत्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको एसपी राठोरले जानकारी दिनुभयो ।
हेटौंडाः कोरोना भाइरसको संक्रमणको जोखिमका कारण जारी लकडाउनका कारण विद्यालयहरु बन्द छन् । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुग्नै लाग्दा पठनपाठन सुचारु हुन सकेको छैन । यस्तै स्थितिमा सरकारी विद्यालयमा विद्यार्थीको अभिलेखीकरण गर्ने पाठ्यपुस्तक वितरण गर्ने काम सकाइसकेका छन् । घरघरै रहेका विद्यार्थीलाई पठनपाठनमा सहजीकरणका लागि अहिले विद्यालयका शिक्षकहरु घरघरै पुगेर विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा सहभागी गराउन लागी परेका छन् ।
हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभुत विद्यालयका शिक्षकहरु सिकाई सहजीकरणका लागि पाँचदिनदेखि विद्यार्थीको घरघरमा पुगेका छन् । टोल–टोलमा पुगेर विद्यार्थी भेला गरेर शिक्षण सिकाईको अभ्यासमा सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताउनुभयो । ५ दिनमा अधिकांश विद्यार्थीलाई भेटेर सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई भैरवडाँडा, भैरवकुञ्जटोल, सिमलटार, गोल्फिनटार, दुम्सीडाँडा, मामाघर नेपाल, शहीद स्मारक पुगेर विद्यार्थीको समूहलाई सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीलाई भेटेर शिक्षकको समूहले गृहकार्य परीक्षण गरेको, थप गृहकार्य दिइएको, पाठअनुसार थप सिकाईका कुरा गरिएको, विद्यार्थीले नबुझेका कुरामा छलफल गरिएको प्रधानाध्यापक खनालले बताउनुभएको छ । सम्भव भएका सबै शिक्षक सहभागी भएर विद्यार्थीको सिकाईका लागि घरघर पुगेको उहाँले स्पष्ट पार्नुभएको छ । आनन्द भैरव आधारभूत विद्यालयले भौतिक दुरी कायम गरेर नियमित पठनपाठन समेत सुचारु गर्ने प्रयास गरेको थियो । तर, अभिभावक र सामाजिक अगुवाहरुले कोरोना भाइरसको संक्रमणको जोखिम रहने भन्दै विद्यालयलाई पठनपाठन सुचारु गर्ने काममा होसियारी अपनाउन आग्रह गरेसँगै विद्यालयले पठनपाठन रोकेर विद्यार्थीलाई घरघरमै पुगेर समूह समूहमा सिकाई सहजीकरणको कार्य गरिरहेको छ ।