मकवानपुर/ साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविता कृति ‘सपनाका अवयव’ माथि अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।
कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि ‘विचारको उल्टो नदी’(२०७१) कविता कृति प्रकाशित छ । उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो । कृतिबारे बोल्दै समीक्षक घनश्याम घिमिरेले खनालको लेखन समयसचेत र प्रभावपूर्ण रहेको बताए ।
उनी झिना विषयको उठान गरेपनि गम्भीर भाव पैदा गर्ने शैलीको लेखक रहेको समीक्षक घिमिरेले बताए । कार्यक्रममा बोल्दै प्रलेस मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले कविको लेखनको भाषा सरल र गम्भीर रहेको बताइन् ।
साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा एस के निधन र दीपक गौतमले पनि कृतिबारे धारणा राखेका थिए । सङ्गम सचिव डी.बी. बर्तौलाले सहजीकरण गरेको सो कार्यक्रममा कृतिकारले आफ्नो धारणा राख्दै लेखन यात्रामा दोस्रो कृतिसम्म आइपुग्दा कविता लेखन गम्भीर र चुनौतीपूर्ण रहेको विचार व्यक्त गरे ।
सङ्गम कोषाध्यक्ष सानुबाबु खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सभाध्यक्षता साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले गरेका थिए ।
मकवानपुर/मकवानपुरे साहित्यकार लक्ष्मण बानियाँको ‘मेरो गीत यीनै पाखा पहरामा खोज’को लिरिकल भर्सन युटुबमा सार्वजनिक गरिएको छ ।
साहित्यकार बानियाँको उक्त गित आज शुक्रबारबाट सार्वजनिक गरिएको हो । गायक सुरेश लामाको स्वरमा रहेको गितमा संगितकार रबी मल्लले संगित दिएका छन् । गित एकाउस्टिक नेपालमा रेकडिङ गरिएको हो । एजेन्जर दिक्षित पौडेल रहेको गितमा लिरिकल भिडियो सञ्जित के घिसिङले खिचेका हुन् ।
साहित्यकार तथा गितकार बानियाँ मकवानपुरको हर्नामाडी स्थित ज्योति माविमा करिब चार दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त हुन् । हर्नामाडी ठुलोदमार निवासी बानियाँद्वारा लिखित रेकर्ड भएको यो पहिलो गित हो । उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।
मकवानपुर । भेट्रान्स कप एट ए साइड फुटबल खेलको छैंटौ संस्करण साेमबारबाट हेटाैडामा सुरू भएकाे छ। प्रतियाेगिताकाे सुरूवाती खेलमा साेमबार ४ स्पर्धा भएका छन् ।
साेमबारकाे प्रतियाेगिताकाे पहिलो खेलमा साेमबार आयोजक हेटौंडा भेन्ट्रान्सले कोल्वी भेन्ट्रान्सलाई ६— १ गोलको अन्तरले पराजित गर्दै विजयी शुरूवात गरेकाे छ । हेटौडा भेन्ट्रान्सको तर्फबाट कृष्ण मालाकारले ४ गोल बालकुमार गुरुग र निमा लामाले १/१गोल गरेका थिए । कोल्बीको तर्फबाट परदेशी चौधरीले सान्तवना गोल गरेका थिए । पहिलाे खेलकाे म्यान अफ दी म्याच हेटौडा भेन्ट्रान्सका कृष्ण मालाकार घोषित भएका छन् ।
यस्तै साेमबार भएकाे दोस्रो खेलमा पशुपत्ति भेट्रान्स हेटौडा लाई डिल्लिबजार भेट्रान्स काठमाडाैंले १–० गोलले पराजित गरेको छ । डिल्लिबजारका लागि उज्वल श्रेष्ठले गरेकाे गोल गरेको नै जितका लागि निर्णायक बनेकाे थियाे। यस खेलको म्यान अफ दी म्याच पनि डिल्लिबजार भेट्रान्स उज्ज्वल श्रेष्ठ नै घोषित भएका थिए ।
त्यस्तै साेमबार नै भएकाे तेस्रो खेलमा जोरपाटी भेट्रान्सले चितवन भेट्रान्सलाई १–० गोल अन्तरले पराजीत गरेको छ । जोरपाटीका लागि एकमात्र गोल दिपक लामाले गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच जोरपाटिका दिपक लामा भएका छन् ।
प्रतियाेगिता अन्तर्गत भएकाे साेमबार भएकाे चौथो तथा अन्तिम खेलमा फुटसल भेट्रान्स हेटौडाले र बीरगञ्ज युथ एकेडेमी लाई १–० गोलले पराजित गरेको छ । फुटसल हेटौंडाका लागि सन्तोष श्रेष्ठले एकमात्रै निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वीरगन्ज युथका रितु शाक्य भएका छन ।
छैटौ संस्करणको प्रतियोगिताको विजेताले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया, उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छन । खेल २०/२० मिनेट गरी ४० मिनेट खेलाईएको हाे ।
यस अघी खेलको हेटौडा उपमहानगरपालीकाकामेयर हरिबहादुर महतले उदघाटन गरेका थिए । उदघाटन गर्दै मेयर महतले खेल क्षेत्र चलयमान गर्न भेट्रान्स क्लबले गरेका यस किसिमकाे गतिविधिले खेल क्षेत्रमा ठुलो भूमिका रहने बताए ।
कल्बका उपाध्यक्ष नबराज बज्रचार्यको सभाअध्यक्षतामा उद्घाटन भएकाे प्रतियाेगितामा कार्यक्रम संयोजक कबिन सांगामीले प्रतियोगिता १० गते फाईनल खेल हुने बताए । यो वर्ष २० वटा टिमले प्रतियोगीतामा सहभागिता जनाएकाे अायाेजकले जानकारी दिएकाे छ ।
मकवानपुर । मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर शाखाले हेटौंडाको सहीद स्मारकमा पीकनिक तथा अन्तरक्रिया गरेको छ ।
कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार समूह, हेटौंडाकी संयोजक चन्द्रावती पनेरुको प्रमुख आतिथ्य तथा मेची–महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी उपाध्यक्ष मन्जु फुयाँलको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी सहसचिव बविता उदासले संस्थाले जिल्लाका गरेको कामको बारेमा जानकारी गराएकी थिईन् । मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी सदस्य राधा सापकोटाले सहजिकरण गरेको कार्यक्रममा साधारण सदस्य दीपलक्ष्मी खरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मुख्य कार्यालय झापामा रहेको मेची महाकाली बुहारी संयुक्त आवाज गतवर्ष मकवानपुरमा गठन भई क्रियाशील छ । सुस्मिता केशी हत्याकाण्ड लगायत महिलामाथि हुने हिंसा र भेदभाव विरुद्ध संस्थाले सशक्त रुपमा आवाज प्रस्तुत गर्दै आएको छ ।
मकवानपुर । बस्तीपुर जेसीजको अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट भेटवाल निर्वाचित भएका हुन । भेटवालले ६० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा अध्यक्ष अर्का आकांक्षी प्रकाश थोकर ३८ मतसहित पराजित भएका थिए।
यस्तै जेसीजको कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक (८५ मत) र तेज उप्रेती ‘रमेश’ (६६ मत) विजयी भएका छन् । कार्यकारिणी उपाध्यक्षका आकांक्षी विजय पौडेल ४३ मतसहित पराजित भएका हुन् । बस्तीपुर जेसीजको उपाध्यक्षमा रामचन्द्र दाहाल, कृष्ण ढकाल, शंकर नेपाल र महेन्द्र राना सर्वसम्मत निर्वाचित भएका छन् । जेसीआई बस्तीपुरका एक सय सदस्य मध्ये ९९ जनाले मतदान गरेको बस्तीपुर जेसीजका पूर्वअध्यक्ष जेसीआई सुनिल अधिकारीले जानकारी दिए ।