मकवानपुर । मकवानपुर प्रहरीले अबैध काठ ओसारपसार र बिक्रीबितरण मुद्दामा फरार प्रतिवादी १ जना पक्राउ गरेकाे छ ।
मकवानपुर जिल्ला अदालत हेटौडाको २०७० साल पुष २४ गतेको फैसलाले अबैध साल काठ ओसारपसार बिक्रीबितरण मुद्दामा १ महिना १७ दिन कैद सजाय तोकिएका फरार
प्रतिवादी हेटाैडा ९ का ४१ बर्षीय राजकुमार थापामगरलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते फरार प्रतिवादी थापामगरलाई हेटाैडा ९ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदी पठाईएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
मकवानपुर । मकवानपुरमा १ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी बन्दुक पड्किदा १ जना घाइते भएका छन् । मनहरी गाउँपालिका ३ भुन्द्रुङमा १ स्थानीयले झुण्डिएर आत्महत्या गरेका हुन् ।
भुन्द्रुङका स्थानीय ३० वर्षीय रामबहादुर बुढाथोकीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका ३ कटुसघारीमा भरुवा बन्दुक पड्किदा १ जना घाइते भएका छन् । घाइते हुनेमा सोहि ठाउँका स्थानीय ४२ वर्षीय माइते लामा रहेको प्रहरी निरीक्षक दासले बताए ।
प्रवक्ता दासका अनुसार सोमबार बिहान आफ्नै बारीमा मकै खान आएको बादरलाई धपाउने क्रममा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर लामा घाइते भएका हुन् ।
मकवानपुर । मकवानपुर प्रहरीले हेटाैडाबाट १९ नेवारपानीबाट सालको काठसहित ३ जनालाई पक्राउ गरेको छ।
असार १२ गते राती ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना ४ख ५५०१ काे ट्रिपरबाट ५१.६० क्युफिट चिरान सालको काठसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ख ५५०१ नं. को ट्रिपर गाडीलाई रोकेर चेकजाँच गर्दा ५१.६० क्युफिट अबैध सालको काठ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेमा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौना का २५ वर्षीय बाबुलाल मोक्तान, उक्त ट्रिपरमा सवार सोही स्थानका २६ वर्षीय राजु प्रजा र २६ वर्षीय निशान प्रजा रहेको प्रवक्ता रिमालले बताए ।
काठ, ट्रिपर र मानिस नियन्त्रणमा लिईआवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती,मनहरी पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडामा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । हेटाैडा १३ चुच्चेपानीका ३५ वर्षीय राजकुमार माेक्तानले मिटर बक्स सफा गर्न खाेल्दा करेन्ट लागेर मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आज दिउँसो ३ बजे आफ्नै घरको मिटर बक्स सफा गर्न खोल्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका मोक्तानको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
मकवानपुर । जेसीआई हेटौडा लेडिको आयोजनामा हार्दिक वधाई एवं शुभकामना कार्यक्रम भएको छ। जेसीआई हेटौडा लेडिले कार्यक्रममा वागमती प्रदेश प्रदेश युवा परिषद उपाध्यक्षमा नियुक्त भएका सन्तोष चौलागाईंलाई वधाई एवं शुभकामना दिएकाे हाे ।
आई हेटौडा लेडिले समग्र युवाहरुको क्षेत्रमा युवालाई समेटेर सीप प्रवर्दनमा उद्यमशिलता लगायतका कार्यमा युवाको प्रत्यक्ष सहभागीतामा छलफल गर्ने कार्यन्वयन गराउने, युवा शक्ती वैदेशिक स्वरोजगारमा जाँदा विज्ञको रुपमा जान सकिनेसम्मका युवा जनशक्ती तयार गर्न सक्षम भएकाेले कार्यक्रममा जेसीज परिवार लाई उपाध्यक्ष चौलागाईंले धन्यवाद दिए ।
शाखा अध्यक्ष जेसी प्रतिमा श्रेष्ठ को सभाध्यक्षमा तथा यशोदा गौतमको संयोजकत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष जेसी रश्मी वस्नेत, नगर खेलकुद विकास समिति अध्यक्ष चन्द्र शाही, मकवानपुर उधोग वाणिज्य संघ सदस्य नरेन्द्र भण्डारी, कृष्ण लामिछाने, किशन घिसिङ, लेडी जेसीजका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो।