मकवानपुर । मनहरी गाँउपालिकामा सामुदायिक आँखा केन्द्र संचालन हुने भएकाे छ । मनहरी गाँउपालिका र हेटौडा सामुदायिक आँखा अस्पताल बीच मनहरीमा नियमित रुपमा सामुदायिक आँखा केन्द्र संचालन गर्ने सम्झौता भएसँगै आँखा केन्द्र संचालन हुने भएकाे हाे ।
हेटैडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रश सोसाईटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र संचालन गर्दै आईरहेको थियो । साप्ताहिक रुपमा संचालन भएकाे आँखा केन्द्रलाई स्तरोन्नती गरी दैनिक रुपमा आँखा केन्द्र संचालनमा ल्याउनकाे लागि सम्झाैता गरिएकाे हाे हो ।
आँखा केन्द्र संचालनकोलागि मनहरी गाँउपालिकाबाट २ जना कर्मचारीको खर्च एवम् अन्य व्यवस्थापन खर्च उपलव्ध गराउने मनहरी गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । अस्पताल प्रमुख डा. सुनिल थकालीले हेटौडा सामुदायिक आँखा अस्पतालबाट स्थापना भएको पहिलो सामुदायिक आँखा केन्द्र दैनिक रुपमा संचलान हुँदा यस क्षेत्रका विरामीहरु लाभान्वित हुने बताए ।
नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले सामुदायिक आँखा केन्द्र ग्रामीण क्षेत्रको विकासमा निकै महत्वपूर्ण हुने भएकोले नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा कार्यक्रमबाट बिभिन्न क्षेत्रसंग समन्वय गर्दै सामुदायिक आाखा केन्द्र स्थापना गर्दै आएको बताए । हेटौडा सामुदायिक आँखा अस्तपालका बरिष्ठ प्रशासकिय अधिकृत सुधिर श्रेष्ठले आगामी ३ महिनामा मनहरीमा दैनिक रुपमा आँखा जाँच, चश्मा मर्मत, रिफरल सेवा सहितको सामुदायिक आँखा केन्द्र संचालन गर्ने योजना रहेको जानकारी दिए ।
मकवानपुर । नवोदय शिशु सदनमा विज्ञान विषय हाजिरीजवाफ प्रतियोगिता भएकाे छ । विद्यालयको विज्ञान क्लवको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता भएको छ । सोमबार भर्चुअल प्रविधिबाट ३ तहमा समूह विभाजन गरी प्रतियोगिता आयोजना गरिएको हाे ।
जुनियर तह कक्षा ४ र ५ बीच भएको प्रतियोगितामा कक्षा ४ को क्लासिक श्रेष्ठ प्रथम, कक्षा ४ को कविर दास द्वितीय र कक्षा ५ को सुविज्ञा शर्मा तृतीय हुन सफल भएका छन् । यसैगरी
इन्टरमिडेट तह कक्षा ६ र ७ बीच भएको प्रतियोगितामा कक्षा ७ को विमर्श श्रेष्ठ प्रथम, कक्षा ७ का अनुषा उप्रेती र पूजा अग्रवाल द्वितीय र कक्षा ६ को महान कोइराला तृतीय भए ।
सिनियर तह कक्षा ८ र ९ बीच भएको प्रतियोगितामा कक्षा ८ को प्रितिका कार्की प्रथम भएकी छिन् । २ सय ९६ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको सेमिफाइनल राउण्डमा २६ जना विद्यार्थी प्रवेश गरेका थिए । विभिन्न चरणको छनौट पार गर्दै सोमबार फाइनल राउण्डको प्रतियोगिता आयोजना गरिएको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयका विज्ञान विषयका सुपरिवेक्षक अरुण दहालले जानकारी दिए ।
विद्यालयका भाइस प्रिन्सिपल दुर्गा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रममा विद्यालयका विज्ञान विषयका शिक्षक रविराज हमाल, इशाक राई, अनुस्का श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । विद्यार्थीहरुलाई विज्ञान विषयसँग सम्बन्धित सामान्य ज्ञानको रुची जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विज्ञान विषयका सुपरिवेक्षक दहालले जानकारी दिए ।
मकवानपुर / प्रदेश सभा सदस्य मुनु सिग्देलले किसानको जीवनस्तर उकास्नको लागि सरकारले खासै ध्यान नदिएको बताएकी छिन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिकरण गोष्ठीमा सोमबार उनले यस्तो बताएकी हुन् ।
कार्यक्रम प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले कृषिप्रधान देशको कृषि क्षेत्रमा आधुनिकताको लागि सरकार आवश्यकता अनुसार गम्भीर नभएको बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले स्थानीय तहहरुसँगको समन्वय गरेर कार्यक्रमहरू लक्ष्यित वर्गसम्म पुर्याउन पर्ने बताए । वास्तबिक किसानसम्म नपुग्दा अनुदानमा आधारित कार्यक्रमको प्रभावकारिता नहुने बिष्टले बताए । केन्द्रले पशुको शिविर सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बिष्टले औल्याए । यसैगरी इन्द्र सरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले स्थानीय तहमा बजेट बिनियोजन हुंदा र कार्यान्वयनमा पठाउंदा राजनीतिक विभेद हुनेगरेको गुनासो गरे । गाउँपालिकामा पशु बीमालगायतको कार्यक्रम समन्वय र सहकार्य नभएको कारण पशुको लागि छुट्याइएको बजेट फ्रीज भएकोमा उनले आक्रोश व्यक्त गरे ।
कार्यक्रम बिज्ञ केन्द्रका प्रमुख सुशील केसी, डाक्टर ध्रुब डीसीले स्वीकृत कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्लाका स्थानीय तहका प्रमुखहरू तथा पत्रकारहरुको उपस्थिति रहेको विज्ञ केन्द्रका प्रदीप सापकाेटाले बताए ।

मकवानपुर / विषम परिस्थितिमा मानव अधिकारको संरक्षणको लागि नागरिक समाजको भूमिका कमजोर हुँदै आएको समता फाउन्डेसन कार्यकारी निर्देशक प्रदीप परियारले बताएका छन् ।
प्रदेशमा नागरिक समाज भूमिका चुनौती र अवसर बिषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । समता फाउन्डेसनको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अधिकारकर्मी गैसस महासंघ बगमती प्रदेश उपाध्यक्ष आरति पाठकले राज्यद्वारा प्रदत्त अधिकारमा आमनागरिकको पहुँच नपुगेको बताइन् । यसैगरी नागरिक समाज मन्च मकवानपुर संयोजक रमिला सापकोटाले नागरिक समाजको भूमिका सशक्त बनाउन सबै वर्ग सबै क्षेत्रको उपस्थिति हुनुपर्छ बताइन् ।
यस्तै अपाङ्ग सरोकार समिति मकवानपुरका ठाकुराम थापाले कोभिडको खोप लगाउने क्रममा समेत अपाङ्गता भएकाहरूले दुख भोग्नुपरेको गुनासो गरे । स्थानीय तहमा अपाङ्गता मैतृ भौतिक संरचना नभएको कारण समस्या भोग्दै आएको उनले बताए ।
यसैगरी ब्लु डाइमण्ड सोसाइटी फ्रेन्च हेटौंडा प्रमुख किरण थापाले बास, गाँस, कपासलगायत सबै सुबिधा उपभोगमा समस्या भोग्दै आएको बताइन् । लैङ्गिक विभेदको कारण शिक्षामा ड्रप आउट भएको, स्वास्थ्य उपचारमा समस्या भोग्दै आएको उनले बताइन् । यसैगरी लियो क्लबका रूपक कालिराजले युवा जमातमा बितृष्णा जागेको बताए । राजनीति आस्थाको आधारमा युवा शक्तिलाई विभेद गरिएको कालिराजले बताए ।
कार्यक्रममा अधिकारकर्मी प्रकाश खतिवडाले कार्यपत्र प्रस्तुत गरेको डेक नेपाल मकवानपुरका कार्यक्रम संयोजक मानबहादुर वाईबाले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले चाेरी, लागुऔषध, चेक अनादर मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । प्रहरीले चाेरी मुद्दाका १ जना, लागुऔषध मुद्दका १ जना र चेक अनादर मुद्दाका २ जना गरी ४ जना फरार प्रतिवादी पक्राउ गरेकाे हाे ।
मकवानपुर जिल्ला अदालत हेटौडाको २०७७ साल माघ २८ गतेको फैसलाले चोरी मुद्दामा बर्ष ४ महिना कैद र रू २० बीस जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी कैलाश गाउँपालिकाका ८ का राजिन्द्र मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले मनहरी गाउँपालिका ९ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
साउन ३१ गते आइतबार मनहरी ९ बाट पक्राउ गरिएका माेक्तानलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाउने कार्य भईरहेको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालत हेटौडाको २०७८ बैशाख १६ गतेको फैसलाले लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी राैतहट चन्द्रपुर नगरपालिका ३ का ३० बर्षिय पुर्ण बहादुर गोलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटाैडा उपमहानगरपािलका २ बाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
साउन ३१ गते आइतबार हेटाैडा २ बाट पक्राउ गरिएका गाेलेलाई आवश्यक कारवाहिको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएकोमा उक्त कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाउने कार्य भईरहेको प्रवक्ता रिमालले बताए।
यस्तै मकवानपुर जिल्ला अदालत हेटौडाको २०७८ बैशाख १७ गतेको फैसलाले चेक अनादर मुद्दामा २ हजार रूपैया जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी जिल्ला मकवानपुर कैलाश गाउँपालिका ३ का ३७ बर्षिय पेमा योञ्जनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले हेटाैडा उपमहानगरपािलका २ बाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । साउन ३१ गते हेटाैडा २ बाट पक्राउ गरिएकाे याेञ्जनलाई आवश्यक कारवाहिको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको रिमालले बताए ।
यसैगरी मकवानपुर जिल्ला अदालत हेटौडाको २०७७ फागुन १७ गतेको फैसलाले चेक अनादर मुद्दामा १ हजार रूपैया जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी कैलाश गाउँपालिका २ का २७ बर्षिय दिल बहादुर नेगीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले हेटाैडा उपमहानगरपािलका २ बाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । साउन ३१ गते हेटाैडा २ बाट पक्राउ गरिएकाे आवश्यक कारवाहीको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको रिमालले जानकारी दिए ।