मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्जको उज्वल भबिष्य मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा नवराज गौतम चयन भएका छन् । आईतबार भएको भेलाले मनहरी–४ मसिनेका गौतमलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
समितिका उपाध्यक्ष शिबहरि उप्रेती, सचिव जयराम रिजाल, सहसचिव रोहित थिङ, कोषाध्यक्ष मञ्जु अर्याल चयन भएका छन् । त्यसैगरी सदस्यमा टीकादेबी (सरस्वती) सुबेदी, हरिकृष्ण बिष्ट, बिष्णु प्रजा, बिष्णुमाया बल, रामकुमार खड्का, बुद्धराम प्रजा, बिष्णुहरि उप्रेती चयन भएका छन् ।
भेलामा पर्सा राष्ट्रिय निकुञ्जका अधिकृत लक्ष्मीनारायण साह, मनहरी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष ध्रुब खड्का, वडा नं ३ का वडाअध्यक्ष बिष्णुबहादुर थिङ, राष्ट्रिय निकुञ्जका गेम स्काउट यादव शाहीलगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरी हराएको सुन सहित नगद फेला पारी सम्बन्धित धनीलाई बुझाएकाे छ ऽ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने सरस्वती कार्कीले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएका थिए ।
मंशिर ११ गते विहान गहना र नगद सुरक्षाकाे लागि कार्कीले घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागी ८ तोला सुनको गहना (छड्के तिलहरी, बाला, ब्रासलेट ,चन्द्रमा, औठी, झुम्का, मुन्द्रा, गरी १० थान), एटियम कार्ड र नगद १७ हजार रुपैयाँ कपडामा पाेकाे पारेर फाेहाेर फाल्ने डस्विनमा राखेका थिए ।
घटनाकाे अनुसन्धानबाट कार्कीले रातो कपडाको झोलामा बाधेर घरमा रहेको डस्टविनमा राखि घरबाहिर गएको भोलीपल्ट बिहान करिब ८–३० बजे हेटौडा उपमहानगरपालिकाकोको फोहोर संकलन गर्ने फोहोर सँगै फालेकाे पत्ता लागेकाे मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोजतलास गर्दा हराएको सुन, एटिएम कार्ड र नगद फेला पारेकाेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले सम्बन्धित धनी कार्कीलाई बुझाएका हुन् ।

मकवानपुर । हेटाैडाकी अम्बिका विश्वकर्माकाे मानिसले मानिस भई बाेलकाे गीतकाे म्युजिक भिडियाे युटुबमा सार्वजनिक भएकाे छ । विश्वकर्माकाे स्वर शब्द र संगीत रहेकाे सचेतना मुलक गीतलाई मिलन फिल्मस् पाेडक्टसन् प्रालिकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे हाे ।
आशाकाजी श्रेष्ठकाे निर्देशनमा तयार गरिएकाे म्युजिक भिडियाे हेटाैडा उपमहानगरपालिकाकाे वडा न. १,५ र ९ मा खिचिएकाे गायिका बताउँछिन । स्थानीय कलाकारहरु दिल कुमार लामा, पुजा विश्वकर्मा, सुनिता विश्वकर्मा र राम लामा लगायतले अभिनय गरेकाे भिडियाेमा एरेन्ज अमृत ल्यागुन आप्फिया मल्टिक्रियशनकाे रहेकाे छ ।
झलझली क्रियशन हेटाैडाले निर्माण गरेकाे भिडियाेमा छाँयाकन सम्पादन विनाेद कुमार बाँनियकाे रहेकाे छ । अडियाे भिडियाे मिलन फिल्मस् पाेडक्टसन् प्रालिले तयार गरेकाे हाे ।
समाजकाे भेदभाव व्यवहारबाट याे गीत रचना गरिएकाे गायिका विश्वकर्मा बताउँछिन । छुवाछुत र भेदवाभ समाजमा गर्न नहुने सन्देश रहेकाे गीत उनकाे पहिलाे गित हाे । भविश्यमा अरु पनि गीत सार्वजनिक हुने क्रममा रहेकाे गायिका विश्वकर्माले जानकारी दिइन् ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नं. ६ मा ९५ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी पार्टी हेटौंडा ६ काे वडा सम्मेलनमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी उनीहरु माओवादीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शनिबार भएको वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, हेटौंडा ४ वडा ईन्चार्ज लवराज ठकुरी, हेटौंडा ६ वडा ईन्चार्ज सोनी गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ईन्चार्ज विवेक राई, बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन, जिल्ला सचिवालय सदस्यहरू जीवन गोले र लक्ष्मी माझी, जिल्ला सदस्य तारानाथ खतिवडा, हेटौंडा १२ वडा ईन्चार्ज भुवन खनाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडा कमिटी अध्यक्ष नमुना पाण्डे लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा बसकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको सिमपानीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
शुक्रबार राती १० बजे मनहरीबाट हेटौंडा आउँदै गरेको ना १६ प १८३५ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट हेटौंडा आउँदै गरेको ना ८ ख २८ १० नंबरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बसामाडीका प्रमोद कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएको लामाको उपचारको क्रममा मृत्यु भएको हाे । माेटरसाइकल चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाको आवशयक अनुसन्धान भईरहेको प्रवक्ता रिमालको बताए ।
मादक पदार्थ सेवन गरी ट्रक चलाउने चालक पक्राउ
यसै बीच मादक पदार्थ सेवन (मापसे) गरेर ट्रक चलाउने चालक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकीङ टोलीले शुक्रबार राती हेटौंडा १० बाट १ जना ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६ ९३ नंबरको ट्रकलाई चेकजाँच गर्दा ट्रक चालक सिन्धुली कमलामाई ७ बस्ने ३८ वर्षीय कुमार भुजेलले मादक पदार्थ सेवन गरी लापारवाही पूर्वक ट्रक चलाएको पाइएकाेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । भुजेलमाथि आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।