मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा मंगलबार भएको अन्तिम क्वार्टरफाईनलमा विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन(अरास) ले र बागमती युवा क्लब सर्लाहीलाई २–१ ले हराउँदै समिफाईनल प्रवेश गरेकाे छ ।
खेलको पहिलो हाफमा बागमती युवा क्लबले १–०को अग्रता सहित औषत प्रदर्शन गरेता पनि दोस्रो हाफमा क्यामरून (अरास)ले पुरै दबाबमा राखेको थियो । सर्लाहीका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा रक्षात्मक खेलेको बागमतीले खेलको ८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले जाली चुमाएपछि अग्रात गुमाएको थियो । अन्तिम समय लगातार गोलपोष्टमा प्रहार गरेको क्यामरुनले ९२ मिनेटमा लोइसले गर्दै जीत पक्का गरेका थिए ।

भोली बुधबार लिग विजेता मछिन्द्रले फाईनल प्रवेशको लागि आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । त्यस्तै चैत ५ गते दाेस्राे सेमिपफाइनलमा क्यामरून र नेपाल अार्मीसँग भिड्ने छ । चैत ७ गते प्रतियाेगिताकाे फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ । प्रतियाेिगतामा ए िडिभजनका टिम सहित १ विदेशी टाेली सहित १० टिमकाे सहभागिता रहेकाे छ ।
।
मकवानपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडा उप महानगरपालिका टिमले जितेकाे छ। त्यसैगरी समान ११ अंक प्राप्त गरे पनि म्याच प्वाइन्टका आधारमा ललितपुर महानगरपालिका दोश्रो र काठमाण्डौं महानगरपालिका तेश्रो स्थानमा रहे ।
हेटाैडाले सातौं तथा अन्तिम चरणको खेलमा २.५—१.५ अंकले पराजित गरी कुल १३ अंक सहित उपाधि हासिल गरे । उपाधिसँगै हेटौडाले आकषर्क ट्रफि र नगद एक लाख पचास हजार पाए ।फाइनल खेलमा भिमेश्वर नपाका लागि सुमित पन्तले बर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई माथ गरे । तर हेटौडाका सुरबीर लामाले भिमेश्वर नपाका आशिष फूयाँल, रुपेश जैसवालले सुदिप तामाङलाई हराए भने मनिष हमाल र क्षितिज भण्डारीबीच बराबरी भयो ।
भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित खेलमा ललितपुरका सजिन महर्जनले केशव श्रेष्ठ, बद्रिलाल नेपालीले रिजेन्द्र राजभण्डारी, सरोज महर्जनले नबिन तण्डुकार र सुमन राईले राजेन्द्र बज्राचार्यसित बराबरी खेलेका थिए । ललितपुरले आकषर्क ट्रफि र नगद एक लाख र काठमाण्डौंले आकषर्क ट्रफि र नगद पचार हजार पाए ।
स्वीस लिग ७ राउण्डको खेल भएको प्रतियोगितामा ब्यक्तिगत प्रदर्शनमा बोर्ड नं १ मा टोखा नपाका मिलन लामा, बोर्ड नं २ मा भक्तपुर नपाका निकेन कुसाथा, बोर्ड नं ३ मा दमक नपाका चन्द्रप्रकाश नेपाल, बोर्ड नं ४ मा हेटौडा उपमनपाका रुपेश जैसवाल र बोर्ड नं ५ मा भक्तपुर नपाका केशब मानन्धर उत्कृष्ठ घोषित भए । उनीहरुले जनही नगद पाँच हजार प्राप्त गरे ।
चारदिने प्रतियोगिताका बिजयी तथा सहभागीहरुलाई एक समारोहबीच प्रमुख अतिथि एव संघीय सांसद प्रेम सुवालले ट्रफि, मेडल, प्रमाणपत्र एवं नगद पुरस्कार वितरण गरेका थिए । आयोजक भक्तपुर नपाका मेयर सुनिल प्रजापतिका सभापतित्व समापन समाराेह भएकाे हाे । प्रतियोगितामा देशभरबाट २२ वटा नगरपालिकाहरु सहभागी थिए ।
मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकपमा साेमबारकाे खेलमा संकटा क्लबलाई हराउँदै ए डिभिजन लिग विजेता मछिन्द्र क्लब सेमिफाइनल प्रवेश गरेकाे छ । पुलिसक्लब लाई हराएर क्वार्टरफाईनलमा पुगेको संकटालाई १–० ले हराउँदै मछिन्द सेमिफाइनल पुगेकाे हाे ।
खेलको २४ औं मिनेटमा मछिन्द्रका राजेश परियारले गरेको गोल नै निर्णायक भएको थियो । खेलकाे म्यान अफ दी म्याच बन्दै परियारले १० हजार नगद प्राप्त गरेका छन् । मछिन्द्रले खेलमा निरन्तर दबाब राखेता पनि स्कोर भने बढाउन सकेको थिएन ।
मछिन्द्रले फाईनल प्रवेशको लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । यस्तै भोली विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन र बागमती युवा क्लब सर्लाही खेल्ने छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
मकवानपुर । यस वर्षको क्यान इन्फोटेक आगामी वैशाख २८ गतेदेखि हुने भएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी वार्षिक रुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औं संस्करण हो । कम्युटर एशोसिएसन नेपाल (क्यान) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो ।
क्यान इन्फोटेक वैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमाभन्दा झण्डै ३ महिना ढिलो गरी मेला आयोजना हुन लागेको हो ।
क्यान इन्फोटेकको प्रवेश टिकटलाई यस वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।
यस वर्ष पनि ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मकवानपुर । हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को शनिबार भएकाे खेलामा खेलमा संकटा क्लब विजयी भएको छ । हेटौंडाको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आज भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले हराउँदे क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पुलिस क्लबले खेलमा दबाब कायम राखेता पनि स्कोर भने निकाल्न नसक्दा खेलको नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा संकटाका तर्फबाट विदेशी खेलाडी एको लुईच क्लेले गरेको गोल नै अन्तिम निर्णय भएको थियो । पुलिसले गरेको दुई प्रहार मध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागेको थियो । पुलिसले बललाई नियन्त्रणमा लिएता पनि लक्षित प्रहार भने गर्न सकेको थिएन ।
प्रतियोगिता अन्तर्गत इतबार नेपाल ए.पी.एफ र सर्लाहीको बागमती युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । मकवानपुरका स्थानीय तहहरुको सहयोगमा जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।