‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् ।
७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रोक भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका विरामी थिए । २०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् ।
उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।
जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए । उनले गाएका गीत पञ्चायती कालरात्रिविरुद्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शोषित र उपेक्षित किसान र मजदुरको आवाज बन्यो । उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मन पराएका हुन् ।
सरल र सहज स्वभावका टुहुरे सधैं सत्ताका विरोधी रहे । सत्तामा पुगेपछि आफ्नै साथीहरू पनि परिवर्तन हुने उनको भनाइ थियो । उनले दिएका धेरै अन्तर्वार्तामा यस्ता कुरा आउँथे । तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसँग टुहुरे धेरै नजिक थिए । ०४६ को परिवर्तनपछि पनि टुहुरे मदनको निवासमा गइरहन्थे । समाचार राजधानीडेली डटकमबाट
मकवानपुर । मकवानपुरकाे हेटाैडा उपमहानगरपालिकामा काेराेना विरूद्धकाे भेराेसिल खाेप प्रनः लगाइने भएकाे छ ।
यसअघि काेराेना (काेभिड १९) विरुद्ध भेरोसिल खोपको पहिलो मात्रा लिएकालाई भाद्र १२ गतेबाट १६ गतेसम्म दाेस्राे मात्रा खाेप लगाइने भएकाे हाे । यसै गरी १ पटक पनि खोप नलिएका व्यक्तिहरूलाई पहिलो मात्रा भाद्र १६ र १७ गते लगाइने हेटाैडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भाेलानाथ चाैलागाइले जानकारी दिए ।
भेराेसिल खाेपकाे पहिलाे मात्र लगाउनकाे लागि अनिवार्य अनलाइन फारम भर्नु पर्ने भएकाे छ । पहिलाे पटक भेराेसिल खाेप लगाउनेहरूकाे लागि अनलाइन दर्ताका आधारमा मात्र ताेकिएकाे समयमा खाेप लगाइने चाैलागाइले बताए । यसैगरी पहिलाे भेराेसिल खाेप लगाएका तर अनलाइन फारम नभरेकाहरूले समेत दाेस्राे मात्र खाेप लगाउनु अघी अनिवार्य अनलाइन फारम भर्नु पर्ने चाैलागाइले जानकारी दिए ।
यस पटक भेराेसिल खाेपकाे दोश्रो मात्रा लगभग १८ हजार जनालाइ लगाइने भएकाे छ । भेराेसिलकाे पहिलाे मात्रा ११ हजारलाइ लगाइने लक्ष्य रहेकाे बताइएकाे छ । भेराेसिल खाेप सेवा उपमहानगर अन्तरगत रहेका २० वटै स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने चाैलागाइले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै एकपटक पार्टीको नेतृत्व गर्ने संकेत गरेका छन्। अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने बताउँदै उनले यस्तो संकेत गरेका हुन्। स्थायी कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित कार्यक्रममा ओलीले कोही पनि व्यक्ति निर्विकल्प नहुने तर अनुकूल समयमा पार्टी एमालेले आउँदो मंसिर दोस्रो साता महाधिवेशन गर्ने निर्णय गरेलगत्तै ओलीको यस्तो धारणा आएको हो।
एमाले नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि र तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले एउटै कक्षा दोहोर्याएर नपढ्ने पटकपटक बताएका थिए। तर बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘म स्वाभाविक रूपमा अनुकूल समयमा पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने प्रयास गर्छु, त्यसमा विश्वास गर्छु।’ ओलीले अर्को व्यवस्था नभएसम्म वा कसैले चुनौती नदिएको अवस्थासम्म आफू अध्यक्ष हुने बताए। ‘अहिले अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष हुँ या अर्को व्यवस्था गर्नु नपरेसम्मका लागि।
सामान्य हिसाबमा भन्नुपर्दा महाधिवेशनसम्मका लागि। कसैले मलाई चुनौती दिइहाल्या छैन, दिनुपर्ने पनि छैन, किनकि हामी चुनौतीको खोजी गरेर दिनैपिच्छे पार्टीभित्र लफडा गर्दैनौं। यो हाम्रो काम होइन। हामी समस्या होइनौं। हामी समस्याका समाधान हौं। हामी देशमा आएका र पार्टीमा आएका समस्या समाधान गर्छौं। निर्विकल्प कोही पनि हुँदैन’, ओलीले भने।
उनले अगाडि थपे, ‘निर्विकल्प कहिलेसम्म ? केही चिज दुनियाँमा निर्विकल्प हुन्छ ? यो पञ्चायत निर्विकल्प भएजस्तै, कुनै चिज निर्विकल्प हुन्छ ? कुनै चिज, जसको सुरु हुन्छ, त्यसको अन्त्य हुन्छ। जो प्रधानमन्त्री हुन्छ, त्यो जीवितै छँदा होस् वा अरू नै कारणले भूतपूर्व हुन्छ हुन्छ। कुनै एउटा अवधिका लागि निर्विकल्प हुन्छ। यो कुरा नबुझ्ने मान्छेहरू कोही हुँदा निकै खुसी हुने र हट्दा दुःखी हुने जो छ, हाम्रो चलन त्यस्तो छैन।’
ओलीले आफूले जीवन र जगत्लाई बुझेको पनि बताए। ‘हामी दुनियाँलाई बुझ्छौं, जीवन जगत्लाई बुझ्छौं, केही पनि निर्विकल्प हुँदैन। खास अवधिका लागि निर्विकल्प हुनसक्छ। जस्तो– अहिले नेकपा एमाले प्रतिपक्षमा निर्विकल्प छ, प्रतिपक्षमा यसको विकल्प छैन। आउँदो चुनावबाट यो फेरि सरकारमा जान्छ, यसको विकल्प पनि छैन। यो सधैंका लागि होइन। आवधिक निर्वाचन भइरहन्छ,’ उनले भने।
‘बाक्लो दाल खान मन लाग्यो’
ओलीले पार्टी विभाजन भएको तर त्यसको जिम्मेवार आफू नभएको बताए। ‘मेरै नेतृत्वअन्तर्गत चुनावी तालमेल भएको र नेकपा एमाले नेतृत्वको त्यो तालमेलले अत्यधिक सिट प्राप्त गरेको हो। पृथक्तावाद अन्त्य भएको, हिंसामा विश्वास गर्ने शक्तिहरू राजनीतिक मूलधारमा आएको, संविधान नमान्ने शक्तिहरूले संविधान मान्न थालेको मेरै नेतृत्वमा हो’, ओलीले भने।
उनले अहिलेको पार्टी विभाजनलाई केही व्यक्तिहरू बाक्लो दाल खान गएको रूपमा अथ्र्याए। ‘केही मान्छेलाई बाक्लो दाल खान मन लाग्यो भनेर सानो हन्डी लिएर चौको बसाउन जाँदा तपाइँलाई दाग लाग्दैन भन्ने। केको दाग लाग्छ ? दाग त हन्डी लिएर बाक्लो दाल बसाउन जानेलाई लाग्छ।
यहाँ नेकपा एमालेमा त्यत्रो लंगुर लागेको भन्छ नि। त्यत्रो लंगुर लागेको छ, यत्रो हाँडी बसाउनतिर जानुपर्यो। त्यसकारण त्यसको जिम्मा मैले लिइरहनुपर्ने देखिनँ। यद्यपि म पार्टीको प्रमुख भएको हुनाले मेरो समयमा जुन ठाउँमा पार्टी पुगेको थियो, मैले बचाउने कोसिस गरें। कोसिस गर्दागर्दै पनि केही मानिसको मनोवृत्ति र प्रवृत्तिले बचाउन सकिएन, त्यसमा म दुःखी छु। केही मानिसलाई मैले सच्याउन खोजें, सकिनँ’, ओलीले भने।
ओलीले आफूले सबैलाई असल बाटो देखाउने गरी पढाएको बताए। उनले आफू सबैको गुरु भए पनि सबैले बराबरी शिक्षा लिन नसकेकोमा चित्त दुखाए। ‘म मैले पढाएका सबै विद्यार्थीले डिस्टिङ्सन ल्याउन्, सयमा सय अंक ल्याउन् भन्ने चाहन्छु, कोही–कोही त्यस्तो हुन सकेनन्, फेल भए’, उनले भने।
‘खरानी बेचेर सहर बसाउने’
ओलीले माधव नेपालप्रति लक्षित गर्दै एमालेभन्दा अर्को कुनै बृहत् कम्युनिस्ट मोर्चा नहुने दाबी गरे। ‘बृहत् कम्युनिस्ट एकता भनेको के हो ? नेकपा एमाले हो बृहत् कम्युनिस्ट एकता भनेको। जसका दसौं लाख पार्टी सदस्य छन्, बिसौं लाख जनवर्गीय सदस्य छन्। अनि एक दल, दुई दल र समूहका मानिस जोडेर कुन बृहत् एकता हुन्छ ? नेपालव्यापीमात्रै होइन, जहाँ नेपाली पुगेका छन्, त्यहाँ एमाले पुगेको छ। नेपालव्यापी पार्टी छोडेर, चोइटिएर, अरू टोली भेला गरेर बृहत् बनाउने’, उनले प्रश्न गरे।
उनले घर जलाएर खरानी बेचेर सहर बसाउने कुरा असम्भवजस्तै भएको बताए। ‘घर जलाउने अनि खरानी बेचेर सहर बसाउने भन्ने। यी फाल्तु कुरा हुन्। मलाई नयाँ पार्टी दर्ता गर्न दिनुस् न, अनि एकता गरौं भन्ने। यो एकताको कुरा हो ? पार्टी फुटाउने अनि नयाँ पार्टी घोषणा गर्ने, अनि एकताको कुरा गर्ने ? यो बाटो हो ? यो झुटो कुरा हो। यस्ता चटके कुराहरूको पछाडि नलाग्न र विश्वास नगर्न म सबैलाई आग्रह गर्न चाहन्छु’, ओलीले भने।
ओलीले देशमा संविधान मिच्न थालिएको, संविधान मिच्ने अभ्यास, फोहोरी राजनीति, किनबेचको राजनीति सुरु भएको बताए। ‘रिसोर्टमा लगेर तीन दिनदेखि मान्छे थुनेर, घरघरबाट मान्छे टिपेर रिसोर्टमा लगेर, थुनेर, त्यो पनि यहाँ नजिकै होइन, यहाँबाट ढोक्सेमा हालेर (ढोक्सेमा हालेपछि माछो उम्किन पाउँदैन), त्यो ढोक्से निर्वाचन आयोगमा ल्याएर घोप्ट्याउने। यो काम के लोकतान्त्रिक हुन्छ ? यस्तो काम लोकतान्त्रिक हुन्छ,’ ओलीले नेपालप्रति लक्षित गर्दै प्रश्न गरे। nagariknews.nagariknetwork.com बाट
मकवानपुर । माधब नेपाल पक्षकाे नेकपा एकीकृत समाजवादी पार्टी र महन्त ठाकुर पक्षकाे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राजनीतिक दलको मान्यता पाएको छ ।
निर्वाचन आयोगको बैठकले दुवै दलले कानुनअनुसार दल दर्ताका लागि प्रक्रिया पु¥याएपछि दर्ता गर्ने निर्णय गरेकाे थियाे । आयोगले बुधबार नै दुबैलाइर नयाँ दल दर्ताको आधिकारिक प्रमाणपत्र दिएको हो ।
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको सुविधा प्रयोग गरेर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल गठन गर्न आयोगमा निवेदन दिएका थिए । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएपछि दल विभाजन गर्न सकिने व्यवस्था थियो ।
‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३, (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट निर्णय गरी प्रमाणपत्र दिइएको,’ आयोगको तर्फबाट प्रदान गरिएको पत्रमा भनिएको छ ।
आयोगले तोकेको विहान ११ बजेदेखि २ बजेसम्मको समयसीमाभित्रै आयोग परिसरमा सशरीर उपस्थित भएर नयाँ दल दर्ताका लागि दुवै दलका हस्ताक्षरकर्ताहरूले सनाखत गरेका थिए ।नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी गठनका लागि एमालेको २ सय ३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गरेका थिए । सो संख्या २७ प्रतिशत हो ।
एमालेको १ सय ५४ सदस्यीय संसदीय दलका ३० जनाले मात्र नेपाल अध्यक्ष रहने दलमा सनाखत गरेका हुन् । सो संख्या एमालेको संसदीय दलको कुल संख्याको १९ दशमलव ४८ प्रतिशत हो । आयोगमा सनाखतका लागि पुगेका ३ जना सांसदले भने सनाखत गर्न नपाउँदा सो संख्या नपुगेको हो ।
यसैगरी, नयाँ दल दर्ताका लागि जसपाका ५१ सदस्यीय कार्यकारिणी समितिका १६ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य संख्याको ३३ प्रतिशत हो । यस्तै, संघीय संसद्का १४ जना सांसदले लोसपाका पक्षमा सनाखत गरेको आयोगले जनाएको छ ।
झलनाथको दिल्लीबाटै सनाखत
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको सनाखत भने दिल्लीस्थित नेपाली दूतावासमार्फत गराएको छ । आयोगले दिल्लीस्थित राजदूतावासमार्फत खनालको सनाखत गराइएको जनाएकाे छ । नेता खनाल हाल स्वास्थ्य उपचारका लागि भारतको दिल्लीमा छन् ।
रेशम चौधरी गएनन्
लोसपाको हस्ताक्षर सनाखतमा रेशमलाल चौधरीको भने सनाखत भएको छैन । उनको नाम र हस्ताक्षर प्रस्तावित दलका पक्षमा नभएकाले उनी आयोगमा सनाखतका लागि नगएका हुन् ।
ठाकुर समूहले पहिले प्रस्ताव गरेको दलको नाममा भने चौधरीको हस्ताक्षर थियो । तर पछि दलको नाम फेरेर बुझाउँदा भने चौधरीको नाम र हस्ताक्षर दुवै नरहेको पाइएको आयोगले जनाएको छ ।

मकवानपुर । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । सनाखत सँगै खनालले नेकपा एमाले परित्याग गरेका हुन् ।
चितवन क्षेत्र नम्बर २ बाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका खनालले नेकपा एकीकृत समाजवादी पार्टी दल दर्तामा निर्वाचन अायाेगमा उपस्थित भइ हस्ताक्षर गरेका छन् । उनले केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ औं नम्बरमा सनाखत गरेका हुन् ।
मन्त्री खनालले नेकपा एकीकृत समाजवादी पार्टी दल दर्तामा हस्ताक्षर गरेसँगै बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पदमा समेत धक्का पुग्ने राजनैतिक जानकार बताउँछन् । यद्यपी माधव नेपालले शाक्यकाे मुख्यमन्त्री बन्न अाफ्नाे समर्थन रहेकाे बताएकाे थिए । मुख्यमन्त्री शाक्यले नेकपा एमालेको तर्फबाट बागमति प्रदेश सरकारको नेतृत्व गरिरहँदा बागमती प्रदेशमा नेकपा एमालेको ५६ जना सांसद रहेका थिए । तर पार्टी विभाजन भएसँगै उनको मुख्यमन्त्री पद समेत धरापमा पर्ने देखिएकाे छ ।
बागमती प्रदेशमा सरकार जोगाउन कुल १ सय ९ जना सांसद मध्ये ५५ जनाको साथ आवश्यक रहन्छ । तर मन्त्रिमण्डलका सदस्यले नै पार्टी परिवर्तन गरेपछि स्वभाविक रुपमा शाक्यलाई मुख्यमन्त्री पद जोगाउन कठिन हुने देखिएको छ । नेकपा एकीकृत समाजवादी दल दर्ता हुनुभन्दा अगाडीवाटै प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे र मुनु सिग्देल केन्द्रीय सदस्यमा चयन भइसकेकोलेपनि शाक्यलाई मुख्यमन्त्री पद जोगाउँन निश्चित रुपमा समस्या हुने भएको हो ।
यी हुन् नेकपा एकीकृत समाजवादी पार्टीका लागि सनाखत भएका केन्द्रीय सदस्य
१. माधवकुमार नेपाल २. मुकुन्द न्यौपाने ३. प्रदीप नेपाल ४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल ६. राजेन्द्रप्रसाद पाण्डे ७. डा.विजयकुमार पौडेल
८.गंगालाल तुलाधर ९. प्रकश ज्वाला १०. नागेन्द्रप्रसाद चौधरी ११. जयन्ती राई
१२. तुलबहादुर गुरुङ १३. जगन्नाथ खतिवडा १४. प्रतापलाल श्रेष्ठ १५. जीवनराम श्रेष्ठ
१६. रामचन्द्र यादव १७. धर्मनाथप्रसाद साह १८. यदुवंश झा १९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह २१. रविन्द्र वैठा धोबी २२. लक्ष्मढा पौडेल २३. मदनकुमारी शाह (गरिमा)
२४. देवशंकर पौडेल २५. विरोध खतिवडा २६. मेटमणी चौधरी २७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल २९. विजय गुरुङ ३०. सवित्रा भुसाल ३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला ३३. रामकुमार ज्ञवाली ३४. खगेन्द्र चुडाल ३५. सरला कुमारी यादव
३६. सुधिरप्रसाद साह ३७. कल्याणी कुमारी खड्का ३८. शत्रुधन महतो ३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई ४१. हंशबहादुर शाही ४२. शेरबहादुर केसी ४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले ४५. भागवत नेपाली ४६. चुडामणी विक जंगली ४७. धनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई ४९. बलदेव चौधरी ५०. डा.देउमान साम्बाहाम्फे ५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल ५३. महम्मद महफुज अन्सारी ५४. हरिप्रसाद पराजुली ५५. केदार न्यौपाने