मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बकैया ५ मा राति साँडे २ बजे विरगंजबाट हात्तीसुँडे तर्फ जाँदै गरेको ना १ क ९९५२ नंबरको ट्रक आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार दुर्घटनामा ट्रकमा सवार २ जना घाईते भएका छन् । घाइते २ जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागि गए रातिनै हेटौंडा ल्याईएको छ ।
मकवानपुर । थाहा नगरपालिकाकाे १ विद्यालयलाई कम्युटर र प्रिन्टर सहयोग गरिएकाे छ । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकाकाे पञ्चकन्या आधारभूत विद्यालयलाई कम्युटर र प्रिन्टर सहयोग गरेका हुन् ।
थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई १ थान कम्युटर र १ थान प्रिन्टर विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई हस्तान्तरण गरिएकाे हाे । नेता पराजुलीले विद्यालयमा अभिलेख राख्न तथा कम्युटर शिक्षा समेत प्रदान गर्न सहज हाेस भनेर कम्युटर र प्रिन्टर सहयोग गरिएकाे पराजुलीले जानकारी दिए ।
कम्युटर हस्तान्तरण कार्यक्रममा काँग्रेस प्रदेश सभा १ (ख) का क्षेत्रीय सभापति खड्ग गोपाली, काँग्रेस थाहा नगर समितिका सभापति प्रमोद जोशी र थाहा नगरपालिका वडा नं. ८ इकाइ सभापति रामकुमार घलानको उपस्थिति रहेको थियो । पञ्चकन्या आधारभूत विद्यालयमा अहिले ६६ जना विद्यार्थी अध्ययनरत छन् ।
चितवन । नेपाली कांग्रेसबाट भरतपुर महानगरपालिकाको मेयर बन्न २५ जनाले मनोनयन दर्ता गरेका छन् । कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदको लागि आइतबार र सोमवार २ दिन खुला गरेको मनोनयनमा २५ जनाले मेयरमा र २४ जनाले उपमेयरमा नाम दर्ता गराएका हुन् ।
मेयरको उम्मेद्वार बन्नका लागि मनोनयन दर्ता गराउनेमा पार्टी केन्द्रीय सदस्य दिनेश कोइराला,पार्टीका निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी छन् ।
यस्तै दीर्घमान श्रेष्ठ, निलकण्ठ रिजाल, गौरी कुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान,शम्भुप्रसाद अर्याल,भरत गुरुङ र मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा. डा.केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे,हिरामणि अधिकारी र घनश्याम दवाडीले पनि नाम दर्ता गरेका छन् ।
उपमेयरका लागि टंकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजिब न्यौपाने, बीरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल, रबिभद्र शर्मा खनालले मनाेनयन दर्ता गराएका छन् । यसैगरी निर्मलराज पौडेल,सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ,एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ , बिनु रायमाझी पौडेल ,बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसीले पनि उपमेयर बन्न दाबी पेश गरेको नेपाली कांग्रेस चितवनले जनाएकाे छ ।
आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएर सोमबार दिउँसो चार बजे सकिएको कांग्रेस महानगर समितिले जानकारी दिएकाे छ । नेपाली कांग्रेसको केन्द्रीय निर्देशन र चितवन जिल्लाको परिपत्र अनुसार प्रमुख र उपप्रमुख बन्नेहरुको नाम दर्ता गरिएको हो ।
एमालेले आइतबार पत्रकार सम्मेलन गर्दै मुलुकको आर्थिक अवस्था सार्वजनिक र गभर्नर हटाउने निर्णय भित्रको राजनीतिक खेलबारे टिप्पणी गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने गलत निर्णय लिएको आरोप लगाएको हाे ।
‘वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन’ एमालेले भनेको छ ।
एमाले सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रुपमा दक्ष र इमानदार राष्ट्रसेवकहरु यो सरकारका कोपभाजनमा परेको बताएको छ । ‘ठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ’ एमालेले भनेको छ ।
संकटोन्मुख अर्थतन्त्रका सन्दर्भमा नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीको तर्फबाट जारी विज्ञप्तिको पूर्णपाठ :
मातृभूमिद्वारा संगीतकार वल्लभ सहित ६ जना सम्मानित
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको अग्रेणी साहित्यिक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले सगीतकार शक्ति बल्लभ सहित ६ जनालाई सम्मानित गरेको छ । शनिबार हेटौंडामा मातृभूमिले संगीगकार बल्लभसँगै पुरातत्वविद् बसन्त विडारी, साहित्यकार सीताराम अधिकारी, नाटककार उज्ज्वल शर्मा भण्डारी, अधिकारकर्मी सरस्वती बर्तौला र बाल कलाकार जेनिश उप्रेतीलाई सम्मान गरेकाे हाे ।
२० हजार राशीको नित्यगोविन्द स्मृति संगीत पुरस्कार–२०७८ बाट शक्ति बल्लभ, १५ हजार राशीको क्षेत्रबहादुर स्मृति सम्मान–२०७८ बाट बसन्त विडारी, ११ हजार राशीको होमनाथ–बलदेवी मातृभूमि छन्द साहित्य सम्मान–२०७८ बाट गोरखाका सीताराम अधिकारी, १५ हजार राशीको राजकुमार स्मृति माृतभूमि सम्मानबाट उज्ज्वल शर्मा भण्डारी, १० हजार राशीको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०७८ बाट सरस्वती बर्तौला र मंगलादेवी श्रेष्ठ स्मृति मातृभूमि बाल सम्मान–२०७८ बाट द भ्वाइस अफ किडका विजेता गायक जेनिश उप्रेती सम्मानित हुनुभएको छ ।
विभिन्न व्यक्तिले आफ्ना परिवारका सदस्यको स्मृतिमा स्थापना गरेकाे पुरस्कार तथा सम्मान प्रदान गरिएकाे मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलले बताए । समाज अध्यक्ष पोख्रेलको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न साहित्यकारले रचना वाचन गरेका थिए ।