- सत्तारूढ पाँच दलबीच संक्रमणकालीन न्याय लगायतका विषयमा सातबुँदे सहमति भएको छ। राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मंगलबार निर्वाचन प्रक्रिया चलिरहेका वेला नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच सहमति भएको हो।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हस्ताक्षर गरेका छन्।
सहमतिमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल पार्ने, राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारलाई समर्थन गर्ने, संक्रमणकालीन न्याय सहमतिमा टुंगो लगाउने लगायतका विषय उल्लेख छ।
www.himalkhabar.com बाट
मकवानपुर । राष्ट्रिय सभा अध्यक्षका लागि सांसदद्वय नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयले पुगेर सोमबार दाहाल र शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्न दुवै जना सँगसँगै संसद् भवन पुगेका थिए।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट दाहालले उम्मेदवारी दिएका छन्। उनलाई नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पाटीको समर्थन छ। सत्तारूढ गठबन्धनमा माओवादीलाई सघाउने सहमति बनेको थियो।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट शर्माले उम्मेदवारी दिएका हुन्। यसअघि कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरिएको थियो। तर माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता साझेदारी गरेको थियो। त्यसपछि सिटौलापछि हटेका थिए।
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियोे । मंगलबार राष्ट्रिय सभामा निर्वाचन हुनेछ।
हाल राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक जना सांसदको मनोनयन हुन बाँकी छ। यसअघि मनोनीत सांसद विमला पौड्याल राईको पदावधि सकिएको थियो।
हिमालखबर अनलाइनबाट
मकवानपुर । राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैछ । भोलि २९ फागुन मा हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्न लागिएकाे हाे ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाबाट प्रहरीले लागुऔषध नाईट्राभेट सहित एक जनालाई नियन्त्रणमा लिएको छ । बागमती ८ बस्ने वर्ष २९ को रमेश राईलाई नाईट्राभेट १ सय ८५ ट्याब्लेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय फापरवारी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त परिमाणको लागुऔषध नाईट्राभेटसहित राईलाई नियन्त्रणमा लिएको हो । सडकमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा राईलाई खानतलासी गर्दा उनको साथबाट उक्त लागूऔषध नाईट्राभेट फेला परेको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्ला अदालतबाट ९ दिनको म्याद अनुमति लिएर राईलाई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
- गाेपिनी दाहाल
मकवानपुर । सत्ता समिकरण परिवर्तन भएपछि बागमती प्रदेशका ६ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् ।
केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिं लामा, उपनेता समेत रहेका प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जनले मुख्यमन्त्री समक्ष राजिनामा दिएका हुन् ।
अर्थमन्त्री रहेका लामा विदेश भ्रमणमा रहेकाले काँग्रेसले आफूहरु सरकारको समर्थन फिर्ता लिने निर्णय ढीलोगरी लिएको हो । निर्णयपछि पार्टीले प्रदेश राजधानी बाहिर रहेका मन्त्रीहरुलाई हेटौँडा आउन निर्देशन दिइएको थियो । अर्थमन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा बुधबार नै स्वदेश फिर्ता भएका हुन् ।
बुधबार बिहान मात्रै उपनेता चित्रकार र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको थियो ।