वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मुला उमारिएको छ । अन्तरिक्षमा उमारिएको ती मुला अर्को बर्ष मात्र पृथ्वीमा ल्याइनेछ ।
नासाको अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुविन्सले पहिलो पटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेको हो । केटले मुलाका २० विरुवा प्याक गरि सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखिसकेका छन् ।
नासाको यो प्रयोगको नाम प्लान्ट हेबिटेट ०२ राखिएको छ । वैज्ञानिकहरुलाई विश्वास थियो, २७ दिन मै मुला तयार हुनेछ, त्यसैले यसलाई अन्तरिक्षमा केन्द्रमा उमार्न चयन गरिएको थियो । मुलाको यो फसलमा पोषक तत्व पनि छन् र खान लायक पनि छ । पातहरु हुने मुला फरक खालको फसल भएको नासाका योजना प्रबन्धक निकोल डुफोरले बताए । यसअघि अन्तरिक्षमा गहुँ उमारिएको थियो ।
फरक फरक प्रकारका तरकारी उमारेर अन्तरिक्षमा कस्ता खालका विरुवा उमार्न सकिन्छ जुन लामो समयसम्म रहने अन्तरिक्ष यात्रीहरुका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको छ । नासाका अनुसार मुला उमार्न अत्यन्तै कम मात्र रेखदेखको आवश्यक हुन्छ ।
अन्तरिक्षको जुन कक्षमा यसलाई उमारिएको हो, त्यहाँ रातो, निलो, हरियो र सतो एलइडी लाइटको किरण दिइएको छ, ताकी विरुवा बृद्धी राम्रो होस् । अन्तरिक्षमा उमारिएका मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा उमारिएका मुलासँग गरिनेछ । एजेन्सीकाे सहयाेगमा
आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ ।
सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ ।
घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ । ७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो । आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो त्यसबाट थाह भयो ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यहि घुराई नै रहेछ । कारण थाहापाएपछि बेलायतीहरुले घुर्नुलाई पनि स्वास्थ्य समस्याको रुपमा लिएर अनुसन्धान अघि बढाए ।
पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन् । बढी घुर्ने व्यक्तिमा कुनै न कुनैको समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क छ । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।
घुर्नुको कारण के हो ?
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।
अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ । स्वासप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक)भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।
मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग( मुखे घाटी)भन्छौँ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।
कस्ता व्यक्ति बढी घुर्छन ?
–नाकमा समस्या भएका व्यक्तिहरु ।
–तालुको समस्या भएका व्यक्तिहरु ।
–लिगलिगे ( मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु ।
अन्य कारणहरु :
–नाक भित्रको मासु सुन्निएको छ भने ।
–नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने ।
–नाकमा मासु पलाएको ( पालिक ) छ भने ।
–तालु( प्यालेट ) सुन्निएको छ भने ।
–लिगलिगे मोटो भएमा ।
–मुखे घाटीको भाग साघुरियो भने ।
–नाकेघाटीको भाग साघुरियो भने ।
घुर्नुको अरु कारण पनि हुन्छन कि ?
मानिसलाई घुर्ने बनाउने एक प्रकारको रोग पनि हुन्छ । त्यसलाई हामीले ‘स्लिप अप्नीया सिन्ड्रम’ वा ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’ भनिन्छ । यो रोग लागेको व्यक्ति दिउसोमा पनि बढी निधाउने , बोल्दा बोल्दै छिटो निदाउने र घुरी हाल्ने गर्छ ।
कतिपय कार्यक्रमका बेला मञ्चमा अथिति बनेका व्यक्तिहरु घुरेर निदाएको देखिन्छ , यता कार्यक्रम चलिरहेको भएपनि उनिहरु निदाउछन त्यो आनन्दले निदाएको वा वेवास्ताले निदाएको होइन यहि ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’को कारणले भएको हो । यस्ता व्यक्तिहरुलाई निदाए पनि झकझक्याउन पर्छ । नत्र कहिले काही अप्ठेरो पार्न सक्छ ।
समाधानको उपाय छैन त ?
यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायमले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ । किनभने बोसोले नलि साघुरयाउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।
कस्ता व्यक्तिलाई हुन्छ यो समस्या ?
यस्तै व्यक्ति भन्ने हुदैन । किनकी सबैको अंग एकैनासको हुदैन तर प्राय लोग्ने मान्छेमा बढी देखिन्छ । मोटो व्यक्ति, शारीरिक व्यायम नगर्ने व्यक्ति, मांसहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ ।
कतिपय मानिसलाई थाहा नहुन सक्छ, हाम्रो शरीरभित्र पनि विभिन्न प्रकारका परजीविहरु छन् ।हामीले खाएको पोषणलाई सोसेर परजीविहरु शरीरभित्र जीवित रहने गर्दछन् । यस्ता परजीवि मानव शरीरका लागि हानिकारक हुन्छन् । जसका लागी शरीरभित्रै डेरा जमाएर बसेका यस्ता परजीवि मार्न औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
तर औषधिको अलावा केहि प्राकृतिक खानेकुरा तथा वनस्पती नै शरीरभित्रका परजीवि मार्न उपायोगी मानिन्छन् ।
१. बेसार
बहु औषधिय गुणयुक्त बेसारले शरीरभित्र रहेका परजीवि विशेषतः जुकाहरु मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।
२. ल्वाङ
ल्वाङमा क्यारीफ्लेन (Caryophyllene) नामक तत्व पाइन्छ । जसले रगतमा यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीविहरु, तिनका अण्डा र लार्भालाई मारिदिन्छ ।
३. लसुन
लसुन प्राकृतिक रुपमा पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका व्याक्टेरियाहरु, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसहरुलाई समेत मारिदिन्छ ।
४. फर्सीको बियाँ
फर्सीको बियाँमा क्युकुरविटासिन (Cucurbitacin) नामक तत्व पाइन्छ । यसले शरीरमा भएका परजीवि र तिनका लार्भाहरुलाई पक्षघात गराएर निष्क्रिय पार्ने काम गर्दछ ।
५. मेवाका दाना
मेवाका दानालाई पिसेर सेवन गरेमा शरीरभित्र रहेका परजीवि विशेषतः चुर्नाहरु सहित अन्य परजीवि जुकाहरुलाई मारिदिन्छ ।
पाँच महिनाको लकडाउनको समयमा वुहानका २६ वर्षीय झाउको १ सय १ किलो तौल बढेको छ ।साइबर क्याफेमा काम गर्ने झाउको तौल डिसेम्बरमा १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल १ सय १ किलोले बढेर २ सय ७८ किलो पुग्यो र उनी शहरकै सबैभन्दा माेटा मानिस बनेका थिए ।

चीनमा लकडाउन हटाएको दिन झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकेनन् । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो जसकारण उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने स्थिति आयो ।वुहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मेमा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको तथा सास फेर्न गाह्रो भइरहेको जानकारी दिएको बताएका छन् । झाउललाई भोलिपल्ट ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको थियो । परीक्षणपश्चात् उनलाई हर्ट फेल्यर र रेस्टिरेटरी डिसफङ्सन भएको पत्ता लाग्यो ।
९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा झाउको स्थितिमा केही सुधार आएको छ । तौल कम गर्नका लागि झाउको शल्यक्रिया हुने भएको छ । शल्यक्रियाको क्रममा उनको पेटको एक हिस्सा हटाइने भएको छ । डाक्टरका अनुसार शल्यक्रियाको जोखिम घटाउनका लागि अबको तीन महिनामा झाउले २५ किलो तौल घटाउनुपर्ने हुन्छ । एजेन्सीकाे सहयाेगमा
विश्वमा धेरै प्रतिभा भएका मानिसहरु छन् । जसले अनौठो कार्य गरेर विश्वलाई नै चकित पार्दै नौलो कीर्तिमान राखेका छन् । विश्व कीर्तिमान राखेका मानिसहरुले पत्याउनै मुस्किल पर्ने कार्य गरेर नयाँ रेकर्ड पनि राखेका छन् ।
यस्तै भारतका एक युवकले अनौठो कार्य गरेर विश्वलाई नै चकित पारेका छन् । भारतको केरलाका नेचर एमएसले ६० हजार माहुरी आफ्नो शरीरमा बसाएर विश्व कीर्तिमान राखेका छन् । उनले ६० हजार माहुरीलाई ४ घण्टासम्म शरिरमा बसालेका छन् ।
उनले सानै उमेरदेखी आफ्नो शरिरमा माहुरी बसाल्दै आएका थिए । पहिलो पटक उनको हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु उनको हातमा झुमिएका थिए ।
त्यसपछि उनले टाउकोमा रानी माहुरी राखेर बिचार गरे । एकछिनमै माहुरीहरु आएर अनुहरभर बसे । माहुरीले सामान्य अवस्थामा मानिसलाई नचिल्ने बताइएको छ । एजेन्सीकाे सहयाेगमा