हेटौंडा । मकवानपुर सहित देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध छ । अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ ।
काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हेटौँडा । अविरल वर्षाका कारण काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले जनाएको छ ।
काठमडौँ–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिरोका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन्।
हेटौंडा/पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ सानान्टारस्थित चनौटा जंगलमा चार धामको झल्को दिने उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवन पर्दछ । हेटौंडाबाट ११ किलोमिटर पश्चिम सानान्टार पुगेपछि दाहिनेतिर रहेको ढलान गरिएको रोडहुँदै एक किलोमिटरको दुरी पार गरेपछि भित्र जंगलमा धार्मिक पर्यटकीय स्थल उमामहेश्वर निलकण्ठ ज्योतिर्लिङ धाम तपोवन पुग्न सकिन्छ ।

स्थानीय तथा पूजारी हरिबहादुर अधिकारीको सपनामा भगवानले एक वर्षसम्म पटक–पटक सानान्टारको जंगलमा रहेको खोल्सामा विभिन्न भगवानको आकृति, नाग, शिला लगायतको जानकारी साथै पूजा बिधि बारेमा बताएपछि खोज्ने क्रममा उक्त धाम अर्थात तपोवन पत्ता लागेको बताउनु भयो । ततपश्चात स्थानीय र ब्राह्मणहरू मिलेर यस स्थलको नाम उमामहेश्वर निलकण्ठ ज्योर्तिलिङ धाम तपोवन राखिएको बताउनु भयो । उक्त धाममा मकवानपुर लगायत अन्य जिल्लाको भक्तजनहरुपनि गरेका छन् । साउनको सोमबार दर्शनार्थीको विशेष भीड लाग्ने गर्छ भने विभिन्न चाडपर्व तथा विशेष अवसरमा तपोवनमा भक्तजनहरुको घुइँचो लाग्छ ।





भिडियाे हेर्नुहाेस
जनपत्रडटकमबाट साभार
हेटौडा / हेटौडा ५ पिप्लेमा निर्माणधिन कभर्ड हल निर्माण सहयोगको लागि मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरले आर्थिक सहयोग गरेको छ ।
बक्सिङका अन्तराष्ट्रिय खेलाडि तथा पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेको पहलमा निर्माणाधिन कर्भड हललाई पुर्णता दिन एकेडेमीले शनिबार ७७ हजार ७ सय ७७ रुपियाँ सहयोग रकम हस्तान्तरण गरेको हो । एकेडेमीका सदस्य, शुभचिन्तक तथा मातहतका कमिटिबाट संकलित रकम एकेडेमीका अध्यक्ष निरज सिंह ठकुरीले हल निर्माण कार्यको नेतृत्व गरिरहेका खेलाडी सुशील घिमिरे लाई हस्ताण्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रम मा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, ऐकेडेमीका सल्लाहकार सन्तोष पौडेल, अध्यक्ष निरजसिं ठकुरी, समाजसेवी अर्जुन ढकाल लगायतले खेलकुद र महत्वको बारेमा बोलेका थिए ।
मदन भण्डारी स्पोर्टस एकेडेमीले जिल्लामा पछिल्लो समय खेलकुद क्षेत्रको विकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ । आगामी दिनमा समेत कर्भड हल निर्माणको लागि आवश्यक आर्थिक तथा भौतिक सहयोग सदैव तयार रहेको कमिटिका सल्लाहकार सन्तोष पौडेलले जानकारी दिए । एकेडेमिका अध्यक्ष निरजसिं
ठकुरीले कर्भड निर्माण अनुकरण्ीाय कार्य भएकोले थोपाथोपा संकलन
गरेर सहयोग गरिएको बताए ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य ईश्वर ढुंगाना, नगर सदस्य विशाल महत, वडा अध्यक्ष देवि गौतम, सचिव पदम बजगाँई, एकेडेमीका सल्लाहकार सुनिल लोप्चन, जिल्ला उपाध्यक्ष प्रकाश सुवेदी, सचिव आकाश अधिकारी, नगर अध्यक्ष सुबिन लामा, शिक्षक खेलकुद संघका अध्यक्ष राजाराम पोखरेल लगाएतको सहभागिता
रहेको थियो ।
हेटौँडा । हेटौँडाका गायक शकुल विश्वकर्माको “च्याप्प समाई” गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । आज उनको अफिसियल युटुब च्यानल मार्फत गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको हो । हेटौँडा आसपास छायांकन गरिएको गीतको संगित तथा रचना स्वय्म शकुलकै रहेको छ भने उक्त गीतलाई हेटौँडामा रहेको आफिया रेकडिङ स्टुडियोमा रेकर्ड गिरएको हो ।

गितमा अमृत विश्वकर्माको एरेन्ज रहेको छ भने गितको म्युजिक भिडियोलार्ई अजय वाईवाले निर्देशन तथा सम्पादन गरेका हुन् म्युजिक भिडियोमा शकुलको साथमा अञ्जली रसाईली, अमृत विश्वकर्मा तथा डिजे लामाले अभिनय गरेका छन् । म्युजिक भिडियो सार्वजनिकपछि प्रतिक्रिया दिँदै शकुलले आफुले यो गितमा सक्दो मेहनत गरेको बताए । मकवानपुर आसपासको चिनारी सहित गितको छांयाकन गरिएको भन्दै उनले आफ्नो गितलाई सबैले सुनिदिन तथा हेरिदिनको लागि अनुरोध समेत गरे ।
हेर्नुहाेस भिडियाे