मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मकवानपुरमा पछिल्लो २४ घण्टामा ४२ जनाको पीसीआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य कार्यालय मकवानपुरले जनाएकाे छ।
साेमबार थपि्मएका ३ जना समेत मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५ हजारर २ सय ९३ जना रहेको छ। त्यस्तै मकवानपुरमा उक्त अवधीमा ६ जना कोरोना मुक्त भएका छन। याे समेत हाल सम्म मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १४ हजार ९ सय ८३ रहेको छ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले युबाहरुमा खेल तर्फको आकर्षण बढीरहेकोले पालिकाले खेलकुद क्षेत्रमा पालिकाले बजेट व्यवस्थापन गर्ने बताएका छन् ।
खेलाडीले स्थानीय स्तरमा मात्र खेलेर पुग्दैन राष्ट्रिय स्तरको खेल खेल्ने गरी तयार रहनुपर्ने भएकोले त्यस्तो टिम तयार गर्नुपर्ने हुमागाई बताए । उनले भने–‘आउँदो मंसिर महिनामा फेरि पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिने छ ।’
मकवानपुरगढी ३ मक्रान्चुली फुटसलमा आयोजित चौथो गाउँपालिका स्तरीय रनिङ्गशिल्ड फुटबल प्रतियोगिताको आइतबार समापन कार्यक्रममा अध्यक्ष हुमागाईले प्रतियोगिता कहाँ गर्ने भन्ने पछि नै तय गरिने छ । सकेसम्म अलि फराकिलो र व्यवस्थित चौरमा खेल आयोजना हुने उनले बताए ।
पालिका स्तरीय फुटसलमा लगातार तेस्रो पटक पनि प्रतियोगिता जित हाँसिल गरि मकवानपुरगढी २ कुर्लेमा रहेको सौजन्य युवा क्लबले रनिङ्गशिल्ड आफ्नो पोल्टामा पारेकाे छ । पालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगितामा सर्वाधिक गोल कर्ता सुजन बोम्जन, सर्वोत्कृष्ट गोल रक्षक सुजन पाख्रीन र सर्वोत्कृष्ट खेलाडी आयुश दुलाल घोषित भएका थिए ।
मकवानपुर । हेटौंडा-१६ मा १ सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा परित्याग गरी उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका छविलाल दंगाल, रामेश लामा, मेन्दुमाया तुम्सिङ, नेकपा एमालेका योङनाथ दंगाल, भरत गौतम, राप्रपाका अमोज दंगालसहित १ सय ५० जना छन् । उनीहरुलाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए ।
कार्यक्रममा मेघनाथ पनेरु शंकरको अध्यक्षतामा ३२ सदस्यीय तरुण दल हेटौंडा-१६ इकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा अच्युत नेपाल, विश्वास बस्ताकोटी, सचिव सुवर्ण पौडेल, आशिष बास्तोला, कोषाध्यक्ष प्रेरणा रेग्मी, सहसचिव अर्जुन विश्वकर्मा लगायत छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिनाको प्रमुख आतिथ्यता एवं हेटौंडा-१६ का वडा सभापति सोमनाथ दंगालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति बानियाँ, जिल्ला सल्लाहकार रिता खनाल, जिल्ला सदस्य प्रदिप कोइराला, नगर सभापति उत्सव इटेनी, उपसभापति रामकृष्ण कोइराला, निवर्तनमान नगरसभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सचिव सचित थापा, नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । साहित्य संगम मकवानपुरले शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेकाे छ । संगम मकवानपुरले शनिबार हेटौंडा—४ मा रहेको साहित्य संगमकाे भवनमा बडादशै, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम गरेको हाे ।
साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरुले शुभकामना आदानप्रदान गर्नुका साथै मुक्तक, गजल र कविता वाचन गरेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्ष निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, संगमकै पूर्व अध्यक्ष सुवास खनाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, गजल मञ्ज मकवानपुरका अध्यक्ष देवराज तिवारी, मुक्तिगोविन्द बैद्य, तुल्सी घिमिरे,जेसीआई हेटौंडा लेडीका अध्यक्ष प्रतिमा श्रेष्ठ, संगमका उपाध्यक्ष सानु खनाल, विश्वनाथ संजेल, सचिव डीबी बर्तौला, मसन उपासक लगायतको उपस्थिति थियो ।
मकवानपुर । ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तक लोकार्पण गरिएकाे छ । राजनीतिक, साहित्य र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउएका मकवानपुरका श्यामप्रसाद शर्माको स्मृतिमा विभिन्न व्यक्तित्वले लेखेकाे रचनाहरुको संगालो ‘स्मृति बिम्बमा श्यामप्रसाद’ पुस्तकको शनिबार लोकार्पण गरिएकाे हाे ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालले प्रकाशन गरेको पुस्तक बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ तथा राजनीतिक एवम् सामाजिक व्यक्तित्वले शनिबार हेटौंडामा लोकार्पण गरेका हुन् ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको पुस्तक लोकार्पण समारोहमा श्यामप्रसाद शर्माको व्यक्तित्वका विषयमा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी गराएका थिए । प्राध्यापक घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी गरेकाे पुस्तक ६६ जना व्यक्तिका रचना संगालोको रुपमा प्रकाशित भएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा राजनीतिकर्मी बद्रिप्रसाद खतिवडा, केदार न्यौपाने, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, मुनु सिग्देल, ओमबहादुर ग्लानसहित साहित्यकार, राजनीतिकर्मीको उपस्थिति रहेको थियो ।
बि.सं. १९८६ मा मकवानपुरको मन्थली, सोलीथुममा जन्मनुभएका श्यामप्रसाद शर्माको २०७४ साल बैशाख २४ गते निधन भएको थियो ।