मकवानपुर । जनप्रतिनिधि विहीनताको अवस्थामा कृषिबाट जीवनस्तर धान्न नसकिएको भन्दै वैदेशिक रोजगारको क्रममा युवा शक्तिको पलायन खेप्दै आएको मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका अहिले कृषिमा समृद्धि हासिल गर्दै छ ।
स्थानीय तहको निर्वाचनसँगै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि विदुर हुमगाईको ध्यान कृषिको समृद्धि कसरी गर्ने भन्नेमा प¥यो । दैनिक पलायन हुँदै आएको युवा शक्तिलाई आफ्नो भूमिमा रमाएर कृषिमा समृद्धि ल्याउने सुनौलो सपना देखे अध्यक्ष हुमगाईले । उनको सपनालाई बल दियो गाउँपालिकाको सिंगाे जनप्रतिनिधिको र कर्मचारीको समूहले ।
निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल सकिदै गर्दा मकवानपुरगढी गाउँपालिकाले कृषि समृद्धिमा धेरै फड्को मारेको छ ।
कृषिमार्फत सर्वसाधारणको जनजीविका उकास्न सकिने सत्यलाई मनन गर्दै मकवानपुरगढी गाउँपालिकाले कृषिमा लगानीलाई विशेष प्राथमिकता दिंदै आएको हो । गाउँपालिकाले स्थानीय उत्पादनहरुको मुल्य निर्धारण गर्नेदेखि दुध, मासु तथा फलफूलमा अनुदान दिने कार्यक्रमहरु समेत लागु गरेको छ । जसको कारण आफूहरुलाई कृषिमै रमाउन थप बल पुगेको मकवानपुरगढी गाउँपालिका वडा १ की कृषक सृजना योञ्जनले बताइन् ।
मकवानपुरगढी गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी बालीखेतीको आकर्षण बढेको छ । हाल यस गाउँपालिकाभित्र झण्डै ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमैसमी गरी विभिन्न प्रकारमा तरकारी बाली लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी खेतीगर्ने कृषकहरुको संख्या दिनानुदिन बढदै गएको र ती कृषकहरुले यो प्रविधिको माग समेत अत्याधिक गर्न थालेको गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।

गाउँपालिकाले कृषि बाली अन्तरगत बढेको टनेलभित्र तरकारी खेतिमा बढेको आकर्षणलाई अध्ययन गरेर अनुदानको कार्यक्रमहरु वितरण गरेको कृषिशाखा प्रमुख चौधरीले बताए । बिगत केहीवर्षदेखि यस मकवानपुरगढी गाउँपालिकाका कृषकहरुले फाटफुट रुपमा साविक जिल्ला कृषि विकास कार्यालय मकवानपुर र केही गैर सरकारी संस्थाहरुको सहयोगमा प्लाष्टिक घरभित्र बेमौसमी गोलभेडा तथा अन्य तरकारीहरु उत्पादनमा लागिपरेको उनले बताए । स्थानीय तहको निर्वाचन पश्चात मकवानपुरगढी गाउँपालिका र कृषि ज्ञान केन्द्र चितवनको सहयोग तथा सहकार्यमा प्लाष्टिक घरभित्र गोलभेडा तथा अन्य तरकारीहरु व्यवसायिक रुपमा उत्पादन गर्ने कृषकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए ।
खासगरी बेमौसमी तरकारी उत्पादनका प्रविधिहरु भित्रिएपछि कृषकहरु ब्यवसायिक रुपमै बेमौसमी कृषि उपज उत्पादन गर्न सफल भएका छन् । बेमौसममा उत्पादित कृषि उपजहरुले उच्चमुल्य पाउने भएकोले उत्पादनलागत केहि बढि भएता पनि उत्पादन आय अरु बढि बढ्ने भएकोले कृषकहरुको समग्र आय उच्चहुने र पारिवारी समृद्धि छिटै हुने गरेको छ । भौगोलिक बिबिधता उपयोग गर्दै, प्रतिकुल मौसममा पनि बजार मागलाई सम्बोधन गर्ने गरी तरकारी उत्पादन गर्ने र बढिभन्दा बढि आयआर्जन गर्ने बाली पद्धती नै बेमौसमी तरकारी उत्पादन प्रविधि भएको चौधरीले बताए ।
प्लाष्टिक घर निर्माण गरि गरिने खेती प्रविधि बेमौसमी तरकारी उत्पादन प्रविधिको हिसाबले सबैभन्दा सफल र लोकप्रिय बन्दै गएको उनले बताए । चिसो हिँउद र झमझम पानी परिरहने बर्षात मौसममा समेत तरकारी फलाएर बजारको मागपूर्ति गरि मनग्य आम्दानी लिन सकिने प्रविधि नै प्लाष्टिक घरमा उत्पादन गरिने तरकारी खेति प्रविधि हो ।

गाउँपालिकाको सबै वडामा प्लाष्टिक घरमा गोलभेडा खेति
गाउँपालिकाको ८ वटै वडाहरुमा प्लाष्टिक घरमा गोलभेडा खेति भएको छ । तथ्याँक अनुसारगाउँपालिकामा कुल ९ सय ७ प्लाष्टिक घरहरु रहेका छन । सबै भन्दा बढि प्लाष्टिक घर वडा न.८ बुढीचौरमा ३ सय ५३ वटा रहेका छन् । यसैगरी वडा २ मा १ सय ९९ वटा प्लास्टिकको घरभित्र टनेल तरकारी खेति गरिएको छ । पालिकाको वडा १ मा सबै भन्दा कम २७ वटा टनेल घरमा तरकारी खेति गरिएको छ । गाउँपालिकाको तल्लोे क्षेत्रभन्दा माथिल्लो क्षेत्रमा बढि मात्रामा प्लाष्टिक घरहरु रहेका छन् । प्लाष्टिक टनेलनिर्माण तथा खेतीकार्यमा तपशिल अनुसारका संस्थाहरुले विभिन्न प्रकृतिको सहयोग गरेकाे चाैधरी बताउँछन् ।
पालिकाको कृषि विकास शाखा प्रमुख चौधरीद्वारा गरिएको अध्ययन अनुसार ९ सय ७ वटा प्लास्टीक घरहरु मध्ये ९५ प्रतिशत प्लास्टीक घरहरु गोलभेडा खेतीको लागि प्रयोग भएका छन । बाँकी ५ प्रतिशतजति घरहरु अन्य तरकारी खेतीमा प्रयोग भएका छन् । जसमा अकबरे खुर्सानी,र घरायसी प्रयोजनमा समेत प्रयोग भएको पाईन्छ । ब्यवस्थापकीय कमजोरीका कारण सबै प्लास्टीक घरहरुबाट एकै नासको उत्पादन आउन सकेको अवस्था छैन ।

असार मसान्त सम्ममा लिईएको तथ्याँक अनुसार कृषकहरुले प्रति टनेल (६ ह १२ मी. साइज) औषतमा ६ सय किलोग्राम गोलभेडा बिक्रि गरि करिव २४ हजार बराबरको गोलभेडा बिक्री गरिरहेका छन् । बार्षिक रुपमा करिब प्रतिवर्गमीटर सरदर १० किलोको दरले ८ लाख १६ हजार २ सय ७० किलो उत्पादन हुने देखिन्छ । यसबाट प्रतिवर्गमीटर कूल आम्दानी सरदर ४ सय हुन आउने उनले बताए । यसबाट गाउँपालिकाले करिव ३२ करोड ६५ लाख आम्दानी गरेको छ । तुलनात्मक रुपमा अन्य तरकारीको तुलनामा गोलभेडा खेतिबाट सन्तोषजनक आम्दानि भैरहेको वडा नम्बर ७ मा कृषक राजकुमार दोङले बताइन् । गोलभेडा बाहेक मौसमअनुसारका अन्य तरकारीहरुबाट पनि उत्पादनर आम्दानि भइरहेको छ ।
गाउँपालिकामा उत्पादन भएका तरकारी लगायतका कृषि उपजहरुलाई बजारीकरणको समस्या भने नरहेको कृषकहरुको भनाइ छ । जिल्ला सदरमुकाम तथा बागमतीप्रदेशको राजधानी समेत रहेको हेटौडामा बजार प्रमुख रुपमा तरकारी खपत हुने
गरेको छ । त्यसैगरि तरकारीहरु स्थानीयबजारमा खपत हुनुका साथै काठमाण्डौ र तराईका बजारहरु श्रजीतपुर (बारा), बीरगञ्ज (पर्सा) सम्म पुग्ने गर्दछ । हाल सम्मको उत्पादनको अवस्थालाई हेर्दा अझै बढी मात्रामा उत्पादन गर्न सके यसै क्षेत्रमा खपत चौधरीले बताए ।

फागुन १२ गते विहीबारकाे सहीखबर साप्ताहिकमा प्रकाशित सामग्री
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर ६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएकाे छ । विहीबार हेटौंडा–६ चौघडामा रहेकाे हेटाैडा स्वास्थ्य चौकीमा कार्यक्रमकाे आयाेजना गरी वडालाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन् ।
कार्यक्रममा मेयर महतले हेटौंडाका प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना भएकाे सुरु भएको याे अभियान हेटौंडाका १९ वटै वडाहरुमा क्रमश लागु गर्दै लगिने बताए । ६ नम्बर वडामा कुनैपनि गर्भवती महिलाहरु घरमा सुत्केरी नभइ स्वास्थ्यसंस्थामा आएर मात्र सुत्केरी गराइने भएको छ । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङगेलले वडाबासीहरुको सहयोग र साथ पाएकाले स्वास्थ्य चौकीलाई नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बनाउन सफल भएको बताए ।
स्वास्थ्य चौकीले गरेको विभिन्न क्रियाकलापहरुको प्रचारप्रसार गरि सहयोग गर्ने स्थानीय सञ्चारकर्मी भीमसेन पौडेल र रुपेश दुलाललाई प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी,स्वास्थ्य चौकी जाने बाटोको लागि जग्गा दान गर्ने भगवती ढकाल, मनिस ढकाल र दिनेश ढकाल, महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा हेटौडा–७ का वडा अध्यक्ष राजन थापा, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, बरिष्ठ पत्रकार प्रताप बिष्ट, सहयोगी मन नेपालका केन्द्रीय अध्यक्ष केदार प्रसाद चौलागाई, बंशगोपाल माविका प्रअ रमेश प्रसाद लामिछाने, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल लगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर संयाेजकमा सर्केश घलान चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश समितिकाे विहीबारकाे वैठकले घलानलाई जिल्ला समन्वय समिति मकवानपुर संयोजक चयन गरेकाे प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) ले बताए ।
बागमती प्रदेश समितिको काठमाडाैमा बसेको दोस्रो पूर्ण बैठकले मकवानपुर सचिवमा भीम पाख्रिनलाई चयन गरेको पुलामीले जानकारी दिए । बैठकले मकवानपुर प्रतिनिधिसभा १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज ललित घलान र संयोजक बच्चु खड्का गोलेलाई चयन गरेको छ । त्यस्तै प्रतिनिधि सभा १( प्रदेश सभा क) को इन्चार्ज लक्ष्मी पाख्रिन (डोल्मा) र संयोजक सन्तबीर लो, १(ख) इन्चार्ज रञ्जना श्रेष्ठ र संयोजक भगिरथ नेपाल (रामजि) चयन भएका छन् ।
यसैगरी प्रतिनिधिसभा २ नम्बर निर्वाचन क्षेत्रको इन्चार्ज बीर बहादुर घलान (ज्वाला), संयोजक लवशेर विष्ट चयन भएका छन् । प्रतिनिधि सभा क्षेत्र २( प्रदेश सभा क) को इन्चार्ज शंकरराज बानियाँ र संयोजक चन्द्र योन्जन, २ (ख) को इन्चार्ज सिता पुलामी (रेखा) र संयोजक युसाई प्रजा (हविल) लाई चयन गरेको छ ।
बैठकले पालिकाहरुको इन्चार्ज पनि तोकेको छ । हेटौंडा उपमहानगरपालिकामा बिवेक राई (बिवेक),बागमती गाउँपालिकामा ज्ञानसागर लामा, बकैया गाउँपालिकामा जीवन गोले, मकवानपुरगढीमा सरोज कुमार खनाल, भीमफेदीमा अप्सरा लोप्चन, इन्द्रसरोबरमा इन्द्र बहादुर श्रेष्ठ, थाहा नगरपालिकामा विष्णु बहादुर विष्ट, राक्सिराङ गाउँपालिकामा बनस्तम थिङ र मनहरी गाउँपालिकमा राजकुमार पाख्रिन इन्चार्ज तोकिएका छन् । कैलाश गाउँपालिकामा भने इन्चार्ज तोक्न बाँकी रहेको बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईलाई काम गर्न अबरोध नगर्न उच्च अदालत पाटन हेटौँडा इजलासले बागमती प्रदेश सरकारलाई आदेश दिएको छ । फागुन ५ गते बागमती प्रदेश सरकारको मन्त्री परिषदको निर्णयबाट चौलागाईलाई पदमुक्त गरिएको थियो ।
प्रदेश मन्त्रीपरिषदकाे निर्णय बिरुद्ध चौलागाईले उच्च अदालत हेटौँडा इजलासमा फागुन ११ गते उत्प्रेषण परमादेशको रिट निवेदन दर्ता गराएका थिए । निवेदकको रिट उपर उच्च अदालत पाटन हेटौँडा इजलाशका न्यायधिश नागेन्द्र लाल कर्णको इजलाशले विहीबार सुनुवाई गर्दै तत्काल चौलागाईलाई प्रदेश युवा परिषदको उपाध्यक्षकै हैसियतमा काम गर्न दिनु अवरोध नगर्नु भनी आदेश जारी गरेको हो ।
अदालतले फागुन १८ गतेदुबै पक्षलाई अन्तरिम आदेश लाई निरन्तरता दिने नदिने सम्बन्धमा छलफलका लागि उपस्थित हुन समेत भनेको छ । अन्तरिम आदेश छलफलका लागि उपस्थित हुने मितिसम्म अन्य ब्यक्तिलाई सो पदमा नियुक्तीको प्रकृया अघि नबढाउन समेत अदालतले सरकारलाई आदेश दिएको छ । रिट निबेदकका तर्फबाट अधिबक्ता मदन दाहाल, मुकुन्द अधिकारी, बालकृष्ण अधिकारी र ऋषि केबीले बहस गरेका थिए ।
यस्तै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत माघ १८ गतेको निर्णयले पदमुक्त गरेका प्रदेश भित्रका ११ जिल्लाका आयुर्बेद अस्पतालका अध्यक्ष र चरिकोट अस्पताल विकास समितीका अध्यक्षलाई हटाउने निर्णय समेत कार्यान्वयन नगर्न यथास्थितीमा राख्न आदेश दिएको छ । फागुन १० गते रिट निबेदन माथि सुनुवाई गर्दै उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको अधिबक्ता मदन दाहालले बताए ।
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले मानव सेवा आश्रममा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । आँखा अस्पतालले मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आयोजना गरेकाे शिविरमा आश्रममा रहेका १ सय ४३ जनाले सेवा लिएका थिए ।
जसमध्येे १६ जना मोतिविन्दुका बिरामीहरु पाईएको छ । मोतिविन्दुका बिरामीहरुलाई आँखा अस्पताल हेटौंडामा निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएकाे छ । आँखा अस्पतालका नेत्र सहायक कष्णराज ढुंगानाको नेतृत्वमा गएको समुहले आँखा जाँच गरेको थियो । टोलिमा हिमालायन क्याट¥यक्ट प्रोजेक्टका अमेरिकी नेत्ररोग विशेषज्ञ डा. न्याट पनि सहभागी थिए ।
मानव सेवा आश्रमले खुला आकाशमुनी सडक जीवन बिताउन विवश घरबार बिहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरेगी, अनाथ, अपांग, अशक्त असाहयहरुलाई संरक्षण प्रदान गर्दै आउनुका साथै यस्ता मानिसहरुको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।

