मकवानपुर । मकवानपुरे पत्रकार गिरिजा अधिकारी जनसेवाश्री मानपदवीबाट विभूषित भएका छन् । विहीबार सरकारले आयोजना गरेको विभूषण सुशोभन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई उक्त ममनपदवीबाट विभूषित गरेकी हुन् ।
२ दशकभन्दा बढी निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय रहेका अधिकारीलाई सरकारले पत्रकारितामार्फत् समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै सरकारले संविधान दिवस २०७८ को अवसर पारी जनसेवा श्री ममनपदवीबाट विभूषित गर्ने घोषणा गरेको थियो । २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् ।
काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, सौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् । मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादककाे उनले अनुभव बटुलेका छन् ।
पत्रकारका अलावा साहित्य र गीत लेखनमा समेत सक्रिय अधिकारीको अक्षरका जुलुसहरु, इतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनले मकवानपुरे पत्रकारिता (इतिहास र समिक्षा), र मकवानपुरमा मिडिया नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् ।
यस अघी अधिकारी प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार, राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत तथा सम्मानित भएका छन् ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बकैया ५ मा राति साँडे २ बजे विरगंजबाट हात्तीसुँडे तर्फ जाँदै गरेको ना १ क ९९५२ नंबरको ट्रक आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार दुर्घटनामा ट्रकमा सवार २ जना घाईते भएका छन् । घाइते २ जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागि गए रातिनै हेटौंडा ल्याईएको छ ।
मकवानपुर । मकवानपुर महिला उद्यमी व्यवसायी संघ मकवानपुरले ज्येष्ठ सदस्यलाई सम्मान गरेकाे छ । ज्येष्ठ सदस्य सम्मानबाट संघकी सल्लाहकार इन्दिरा गुरुङ सम्मान भएकी छन् ।
संघको हेटाैडामा भएकाे नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन गुरुङलाई ज्येष्ठ सदस्यलाई सम्मान गरिएको हाे ।यसैगरी भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, संघकी निवर्तमान कोषाध्यक्ष रमा श्रेष्ठलाई सम्मान गरिएको छ ।
उत्कृष्ट व्यवसायी पुरस्कारबाट २०५५ सालदेखि निरन्तररुपमा व्यवसाय सञ्चालन गर्दै आएकी रञ्जना श्रेष्ठ र २०६९ सालबाट व्यवसाय सञ्चालन गरिँदै आएकी मनु लामालाई सम्मान गरिएको छ । साधारणसभा तथा अधिवेशन मकवानपुर महिला उद्यमी संघ मकवानपुरकी अध्यक्ष सुशीला पाण्डेको सभाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य शर्मिला डंगोलको प्रमुख आतिथ्यमा भएको हो ।
मकवानपुर/सन्चारिका समूह मकवानपुरले पत्रकार महिलाहरूको लागि नि:शुल्क सेनिटरी प्याड उपलब्ध गराउंदै आएकोमा पत्रकार महासंघ जिल्ला शाखाले यसको अभिभावकत्व ग्रहण गरेको छ ।
सन्चारिका समूह मकवानपुरले गत ८ मार्च (महिला दिवसको दिन) बाट निशुल्क सेनिटरी प्याड उपलब्ध गराउंदै आएकोमा आगामी दिनमा प्याडको उपलब्धताको जिम्मेवारी पत्रकार महासंघ जिल्ला शाखाले लिएको हो । “पत्रकार माहिलाको लागि चाहिए जति सेनिटरी प्याडको व्यवस्थापन गर्ने जिम्मेवारी महासंघले लिएको छ,वितरणको पाटो सन्चारिकाले नै गर्ने छ” महासंघ जिल्ला अध्यक्ष मणिराज गौतमले भने ।
सेनिटरी प्याड सन्चारिका समूह जिल्ला शाखालाई हस्तान्तरण कार्यक्रम अध्यक्ष गौतमले महासंघ पत्रकार महिलाको स्वास्थ्य प्रति सचेत र साथसाथा रहेको बताए ।
सेनिटरी प्याड वितरण कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्यीय सुनिल खड्काले मानवीय संवेदनाको विषय भएकाले सञ्चारगृहहरुमा अनिवार्य सेनेटरी प्याड तथा प्राथमिक उपचारका सामग्री राखिनु पर्ने बताए ।
कार्यक्रम पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पुर्व अध्यक्ष प्रताप बिस्ट, सन्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतले
आर्थिक रूपमा सेनिटरी प्याड खरिदको बिषय सामान्य भए पनि यो कार्यले महिलाको स्वास्थ्य संवेदनशीलतामा पुरूषहरू पनि संगै छौ भन्ने दर्शाउने बताए ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष गौतमले महिला पत्रकारहरुका लागि सुत्केरी भत्तालाई, फिचर लेखन तथा भिडियो सम्पादन तालिम माग रहेकाले यस्तो कार्यक्रम गर्ने जमर्को जारी रहेको बताए ।
कार्यक्रममा मकवानपुरका सन्चारकर्मीहरू, सञ्चारिका समूह मकवानपुरका अध्यक्ष सम्झना रिजाल सहित जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरू, बिभिन्न संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदनप्रदान समेत गरिएको थियो ।
मकवानपुर । मकवानपुर जिल्लाको ठुलो दल नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर उपमेयरको लागि आज पनि नाम टुङ्ग्याउन सकेन ।
लामो रस्साकस्सी गर्दा पनि आकाक्षिहरू बिच सहमति हुन नसकेपछि आज एमाले नगर कमिटीले जिल्ला कमिटिलाई मेयरको ३ आकाक्षि र उपमेयरको ३ आकाक्षिको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठक भोलि ३० चैतमा बस्नेछ ।
जसमा १ महिला सहित ३ जना मेयरका आकाक्षि छन् भने, १ पुरूष सहीत ३ जना उपमेयरको आकाक्षि छन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट ९ जनाले मेयरको दाबि गरेका थिए । भने ७ जनाले उपमेयरको दाबि गरेका थिए ।
३ दिन अघिको बैठकमा सहमति जुटाउन नसकेपछि आज मंगलबार फेरी आकाक्षिहरू सहित नगर कमिटीको बैठक बसेको थियो । आजपनि सहमति नभएपछि एमाले नगरकमिटी बैठकले मेयरका लागि हालका मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त प्रसाद पौडेल र हालका जिल्ला समन्वय समिति सदस्य गणेशकुमारी प्रधान सिफारिस गर्ने निर्णय गरेको हो ।
हेटौंडाको मेयरका लागि एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, संबिधानसभा सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बाहालबाला मेयर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्यहरु मदन दाहाल, ध्रुव चौलागाईं, जिसस सदस्य प्रधान र संगठित सदस्य विके महर्जनले आकांक्षा व्यक्त गरेका थिए ।
यस्तै बैठकले उपमेयरमा अनेमसंघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले महिला नेतृ आरती पाठक र हाल हेउमनपा वडा १० का सदस्य तथा हेउमनपा न्यायीक समिती सदस्य ईन्द्र नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।
हेटौंडाको उपमेयरका लागि ७ जनाले आकांक्षा व्यक्त गरेको भएपनि तीन जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको हो । उपमेयर पदका लागि काफ्ले, पाठक र नेपालसहित सीता बिष्ट, मेनुका दाहाल, प्रतिमा श्रेष्ठ र रमिला सापकोटाले इच्छा राखेका थिए ।
जिल्ला कमिटीमा सिफारिस भएका उमेदवारहरुबीचमा पुन छलफल गराएर सकेसम्म एक/एक जनाको नाम प्रदेश कमिटीमा पठाइने छ र प्रदेश कमिटीले केन्द्रिय कमिटीमा नाम पठाएपछि केन्द्रले अन्तिम टुङ्गो लगाउने छ ।