सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।
मकवानपुर । मकवानपुर जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाकाे मृत्यु भएकाे छ । मकवानपुरकाे बागमती गाउँपालिका बकैया गाउँपालिका र हेटौडा उपमहानगरपालिकामा शनिबार र आइतबार भएकाे घटनामा ३ जनाकाे मृत्यु भएकाे हाे ।
जिल्लाकाे बागमतीमा करेन्ट लागेर देबराम रुम्बाकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ । आइतबार विहान बागमती ८ कायर बस्ने अन्दाजी ५०/५५ वर्षीय रुम्बा आफ्नै घर अगाडीको बारीमा मकै हेर्न जादाँ भुईमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुदा करेन्ट लागि घट्ना स्थलमानै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसै गरी बकैयामा भिरबाट लडी स्थानीय पुर्णिमा भोम्जनकाे मृत्यु भएको छ । शनिबार विहान बकैया ६ ठुलोसुधा बस्ने सन्दिप भोम्जनको छोरी अन्दाजी ८ वर्षीय पुर्णिमा घरबाट निस्कि हिडेकाेमा आफन्तले खोज्दै शनिबार बेलुका आफ्नै घरदेखि पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट २०० मिटर तल खसी मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी टोली घटनास्थलमा पुगी बुझ्दा पुर्णिमाकाे मानसिक सन्तुलन ठिक नभएको पाइएकाे छ ।
यस्तै प्रहरीका अनुसरा हेटौडामा सवारीकाे ठक्करबाट ज्ञाने सुनारकाे मृत्यु भएकाे छ । शनिबार बेलुका हेटौडा ११ नवलपुर स्थित चन्द्र शुर्य पेट्रोल पम्प नजिक पुर्व पश्चिम सडक खण्डमा प्रदेश १-०२-०१ ज ४३०० नं.को टाटा सुमोले हेटौडा ११ शान्तीचाेक बस्ने ३५ वर्षीय राईलाई ठक्कर दिदा घाइते भएका थिए । उनलाई उपचारकाे लागि हेटौडा अस्पताल लगिएकाेमा शनिबार राती उपचारकाे क्रममा डाक्टरले मृत घाेषणा गरेका थिए ।
राईलाई ठक्कर दिने सुमाेकाे सीसीटीभीबाट पहिचान भएकाे प्रहरीले जनाएकाे छ । सुमाे चालक मोरङ ग्रामथाङ नगरपालिमा ७ बस्ने ३६ वर्षीय चेतनाथ सापकोटालाई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले नियन्त्रणमा सोही कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव फेला परेको छ।
मनहरी –७ रमौली बाङ्गेटोलस्थित मनहरी खोलाको बगरमा मंगलबार सालनालसहित नवजात शिशुको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार भर्खरै जन्मेको जस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थिए।
इलाका प्रहरी कार्यलय मनहरीबाट खटिएको प्रहरीले शिशुको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
- गाेपिनी दाहाल
मकवानपुर । मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारका रुद्र बहादुर रानाकाे गाई बाघको आक्रमणबाट मृत्यु भएको छ ।
स्थानीय ६५ वर्षीय रानाको ४ वटा गाई चराउनको लागि शुक्रबार मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । वन क्षेत्रमा चराउन छाडेको गाई घर फर्की नआएपछि खोजी गर्दै जाने क्रममा सोमबार गाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
साेमबार वन क्षेत्रमा गाई मृत रहेकाे जानरकाी स्थानीयले प्रहरी चौकी झुरझुरेमा गराएका थिए । झुरझुरे प्रहरी चौकीबाट टोली खटी गई उक्त स्थानमा हेर्दा २ वटा बाघको आधा भाग खाएको अवस्थामा र २ वटा मारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडाैं । मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भत्सर्ना गरेको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको मायाको पहिचान नेपालले घटना भत्सर्ना गरेकाे हाे ।
लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले दुई नाबालिकाको अवस्था दर्दनाक बनेको मायाकाे पहिचानले जनाएकाे छ। संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिकालाई सुरक्षा प्रदान गर्न माग गरेका छन्। सोमबार पत्रकार सम्मेलन गरेर पन्तले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिकाको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए।
नाबालिकामाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पन्तले माग गरेका छन्। ‘१७ र १६ वर्षका नाबालिकालाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो,’पन्तले भने,‘सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा हुँदा समेत छानबिन गरी दोषीलाई कानुनी कारबाही नगर्नु लज्जास्पद छ।’
हिंसामा परेका नाबालिकाको सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भइरहेको छ। ‘एकातिर उमेर नपुगेका नाबालिका अर्कोतिर परिवारले कुटपिट गरेको घटना व्यक्तिको अनुमति बिना अतिरञ्जित गरेर सार्वजनिक हुँदा थप चिन्ता थपिएको छ,’मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले भने,‘हामी नेपाल सरकार, गृह प्रशासन, मानव अधिकार आयोग, स्थानीय जनप्रतिनिधि सबैलाई नाबालिकालाई सुरक्षा प्रदान गर्न हार्दिक अपिल गर्दछौ।’
हिंसामा परेका नाबालिकालाई तत्काल सुरक्षासँगै अभिभावकलाई परामर्शको आवश्यकता देखिएकाले तत्काल यसमा ध्यान दिन नेपाल सरकारसँग मायाको पहिचान नेपालले माग गरेको छ। मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु)ले समलिङ्गी नाबालिकाहरुमाथि भएको लैङ्गिक हिंसा तत्काल अन्त्य हुनु पर्ने माग गरे। यस्तै पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले कैलालीकै एउटा पालिका समलिङ्गी तेस्रो लिङ्गीको विवाह दर्ता गर्ने अर्को पालिकामा हिंसा हुने अवस्था आउनु दुखद भएको बताए।