मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने १५ जना सवारी चालकहरू नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । पछिल्लो समय थप ४ जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिप्रका मकवानपुरका अनुसार नियन्त्रणमा लिइएको सवारी साधनका चालकहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान जारी राखिएको हो । प्रहरीका अनुसार साउन १४ गते राति हेटौंडा उपमहानगरपालिका–१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी चेक पोष्ट तथा हेटौंडा उपमहानगरपालिका–८ स्थित ईलाका प्रहरी कार्यालय पशुपतीनगरको प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पारेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
सुरक्षा मापदण्ड विपरीत राँगा, भैसी लोड गरी ल्याउदै गरेकोले आवश्यक कागजात पु-याएर मात्र लैजान सम्झाई बुझाई गर्दा सवारी चालकले आफ्नो कमजोरी ढाकछोप गर्न अनुरोध गर्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभन देखाइएको प्रहरीको दावि छ ।
प्रहरीका अनुसार ना. ७ ख ६२२४ नं. को आईचर ट्रकको चालक पर्सा जिल्ला विरगंज महानगरपालिका–३२ बस्ने ३३ वर्षिय नसुरदिन अन्सारी, ना ४ च ८३९४ नं. को पिकअप गाडीको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–४ भेलही बस्ने २१ वर्षिय गुलाम अन्सारी, ना ६ ख ५६३६ नं. को ट्रकको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३२ बस्ने ३४ वर्षिय लाल अन्सारी र ना ६ ख ९४७ नं. को ट्रकको चालक सर्लाही जिल्ला बरहथवा नगरपालिका–९ मुर्तिया बस्ने २३ वर्षिय अरूण महतोलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनु भयो ।
मकवानपुर/ मकवानपुरको थाहा नगरपालिकाबाट तास खेलिरहेका १० जना पक्राउ परेका छन् । थाहानगरपालिका वडा नं. ३ डाँडागाउ स्थित सुमन बिष्टकाे खाजा पसलमा तास खेलिरहेका १० जनालाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरकाे टोलीले अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा थाहानगरपालिका वडा नं. ३ का ४१ बर्षिय महेश खत्री, ३२ बर्षिय राजन रायमाझी, ३६ बर्षिय हिरेन्द्र कुमार रायमाझी, ३१ बर्षिय सुमन बिष्ट, वडा नं. ४ का ४२ बर्षिय कृष्ण राम कार्की, ३८ बर्षिय राम कुमार खत्री, २२ बर्षिय अनिल कार्की, ३२ बर्षिय अमर कुमार तामाङ, ३४ बर्षिय राम भक्त श्रेष्ठ, ३२ बर्षिय अमर कुमार तामाङ, वडा नं. १ का ३४ बर्षिय राम भक्त श्रेष्ठ र सोही स्थानका २४ बर्षिय श्याम कृष्ण प्रधान रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरुको साथबाट नगद १८ हजार ७ सय ६६ नेपाली रुपैया, ५ सय ८० भारतिय रुपैया र तास तिन बुक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भैरहेको रानाले बताए ।
कोरोना भाईरस(काेभिड-१९) काे बढदो संक्रमणलाई मध्यनजर गर्दै सर्वसाधरणहरु बाट माक्सको प्रयोग गर्न छोडेको अवस्थामा “तपाईको माक्स खोई ?” भन्ने जनचेतना मुलक कार्यक्रम अन्तर्गत प्रहरी, स्थानिय ब्यक्तित्व, पत्रकारहरुको सहभागितामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा मिति २०७७।०४।०६ गते र्याली निकािलएकाे हाे (फाेटाे फिचर)



हेटौँडा । जिल्ला अदालत मकवानपुरले सुस्मिता हत्याकाण्डका अभियुक्त ४ जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको छ ।
बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले हेटौंडा–४ कर्रा काे सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
मंगलबार थुनछेक बहस सकिएको भएपनि आज आदेश आएको हो । हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापा, सासु ५० बर्षीया तुलसा कुमारी थापालाई अर्की नन्द २७ बर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताएका छन।
गत आइतबार सरकारी वकिलको कार्यालयबाट हत्यामा संलग्न रहेको भन्दै पाँचजना बिरुद्ध अभियोगपत्र दायर भएको थियो । अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सितालाई आजिवन कैद, ज्वाई अरुण र अर्की छोरी दुर्गालाई २५ वर्ष कैद तथा सासु तुलसालाई साढे १२ वर्ष कैदको माग गर्दै अभियोगपत्र दायर भएको थियो ।
हेटाैडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट प्रहरीले लागूऔषध अफिम सहित मोटरसाइकल बरामद गरेको छ । चेकजाँचको क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिनुभयो ।
नेवारपानीको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत नेवारपानीमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना ४३ प ५७८४ नम्बरको मोटरसाइकलबाट ५ केजी अफिम बरामद गरेको प्रहरी उपरिक्षक राठोरले वताउनुभयो ।
प्रहरीको चेकिङ टोली देखेपछी उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगल तर्फ भागेको मकवानपुर राठौँरले बताए । उक्त अफिमको बजार मुल्य ५ लाख बराबरकाे भएकाे बताइएकाे छ । अफिम ओसार्ने माेटरसाइक सवार दुइजना भने फरार रहेकाेमा खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।