मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध काठ र अटोसहित हेटौंडा दुई जनालाई नियन्त्रणमा लिएको छ । अटो चालक हेटौंडा १५ बस्ने २४ वर्षीय बुद्ध लामा लोप्चन र अटोमा सवार सोही ठाउँका २५ वर्षीय बिक्रम रुम्बालाइ अवंध काठ र अटाे सहित प्रहरीले पक्राउ गरेकाे छ ।
हेटौंडा वडा नम्बर १५ चित्रपानी सामुदायिक बनबाट सालको गोलिया काटि प्रदेश ३–०३–००१ ह ०१४० नम्बरको अटोमा लुकाई छिपाई ओसारिरहेको अवस्थामा अबैध सालको काठ २.५० क्यु फिटसहित उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गतराति नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद काठ र अटोसहित उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मकवानपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए । यसैगरी प्रहरीले सोही जंगलमा सालको काठ काटी बेवारीसे अवस्थामा राखेको अबैध सालको काठ २०.५४ क्यु. फिट काठ नियन्त्रणमा लिई डिभिजन वन कार्यालय मकवानपुर पठाईएको रानाले जानकारी दिए ।

यस्तै माघ २ गते राती २०:३५ बजेको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध रुपमा नदिजन्य पदार्थ ढुंगा सहित ट्याक्टर नियन्त्रणमा लिएकाे छ । मकवानपुर गढी गाउँ पालिका वडा नं. ६ स्थीत सामरी खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा लोड गरेको ना ६ त ४६० नम्बरकाे ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाईएको प्रवक्ता रानाले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने ३ जनालाई मोटरसाइकल सहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले गत माघ ३० गते चेकजाँचको क्रममा चोरी भएको मोटर साइकल सहित चोरी गर्ने पक्राउ गरेका हुन ।
मोटरसाइकल सहित चोरी कार्यमा संलग्न सर्लाही बागमती नगरपालिका १२ बस्ने २० बर्षीय टेक बहादुर गोले, सर्लाही लालबन्दी- १४ बस्ने वर्ष २७ बर्षीय जनक तामाङ र सिन्धुली मरिण गाउँपालिका-८ बस्ने २० बर्षीय निकेस वाईवालाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।
हेटौडा १५ का शेर बहादुर पाख्रिनले बागमती प्रदेश ०३-००२ प ०५१६ नम्बरको मोटरसाईकल हेटौँडा-४ स्थित घर अगाडी पार्कीङ गरी राखेको ठाउँबाट चोरी भएको भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको निवेदनको आधारमा खोजि कार्य गर्दा उनीहरुलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै उक्त मोटरसाइकल चोरीमा संलग्न सिन्धुली मरिण घर भएका सुरज तामाङको खोजतलास कार्य भईरहेको डिएसपी रानाले बताएका छन्। पक्राउ परेकालाई मुद्दा दर्ता गरी आवश्यक कारवाही र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मकवानपुर । अदालतबाट सवारी ज्यान मुद्दा र लागूऔषध मुद्दामा दोषी ठहर भई तोकिएको कैद तथा जरिवानाको सजाय भुक्तान नगरी फरार रहेका दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
तत्कालिन पुनरावेदन अदालत हेटाैडा (उच्च अदालत पाटन हेटौडा इजलास) को २०५८ साल जेठ ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटाैडा उपमहानगरपालिका १४ ( चुरियामाइ गाविस वडा नं. १) बस्ने वर्षा ५९ काे कुल नरसिंह गोङवा तामाङ लाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।
मकवानपुर जिल्ला अदालत मकवानपुर २०६८ माघ ३० गतेको फैसालाले लागुऔषध गाँजा चरेस मुद्दामा ४ वर्ष कैद र पचास हजार जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी मनहरी गाउँपालिका वडा नं ०९ बस्ने वर्ष ५१ को दिनेश उप्रेतीलाई पक्राउ गरिएकाे प्रवक्ता रानाले बताए ।
माघ २७ गते मंगलबार गोङवा तामाङ लाई हेटौडा १५ बाट तथा उप्रेतीलाई मनहरी ९ ज्यामिरेबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराउने कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतबाट कैद तथा जरिवाना ताेकिइ भुक्तान गर्न बाँकी रहेकाे उनीहरूलाइ माघ २१ गते पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला अदालत मकवानपुरकाे फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद तथा . २ लाख ६४ हजार रूपैया जरीवाना ताेकी भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर हेटाैडा वडा नं. १६ का बस्ने ४५ को प्रेम बहादुर स्याङतानलाई माघ २१ बुधबार पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले वन मुद्दामा १८ दिन कैद र रु १९ हजार ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुर मनहरी गाउँपालिका वडा नं. ९ बस्ने वर्ष ४८ को हरीकृष्ण न्यौपानेलाई २१ गते जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ९ बाट पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको फैसलाले वन मुद्दामा १८ दिन कैद र रु १९ हजरा ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुर मनहरी वडा नं. ९ बस्ने वर्ष ४२ को भेष बहादुर अधिकारीलाई माघ २१ गते पक्राउ गरी कैद तथा जरीवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको रानाले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले राक्सिराङ गाँउपालिका वडा नं. ४ मा लगाइएकाे १८ विगाहामा लगाइएकाे गाँजाखेती नष्ट गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गण समेतबाट खटिएकाे ४५ जनाको संयुक्त प्रहरी टोलीले माघ २१ गते राक्सिराङ गा.पा. वडा नं. ४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका स्थानहरुमा १८ विगाहा क्षेत्रफलमा लगाएको लागु औषध अफिम खेती फडानी गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

यस्तै गाँजा खेती काटेर खेतमानै लुकाई राखेको अवस्थामा करिब ५ सय केजी समेत नष्ट गरिएको रानाले बताए ।