मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार प्रतिवादी १ जना पक्राउ गरेकाे छ । अर्घाखाँची जिल्ला अदालतको २०७६ साल फागुन १८ गतेको फैसालाले चेक अनादर गरेकाेमा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटौडा वडा नं. २ बस्ने ४१ बर्षका केदार प्रसाद न्यौपानेलाई पक्राउ गरेकाे हाे ।
साेमबार चैत २३ गते वडा प्रहरी कार्यालय सानोपोखरा हेटाैडाबाट खटिएको टोलीले न्याैपानेलाई हेटौडा २ स्थित बनस्खण्डी चोक बाट पक्रउ गरी जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र अफिम सहित ३ जनालाइ पक्राउ गरेकाे छ ।प्रहरी चौकी चैनपुर राक्सिराङ मकवानपुरबाट खटिएको प्रहरी टोलिले राक्सिराङ ५ स्थित चैनपुरबाट राक्सिराङ ५ का २७ बर्षिय देवेन्द्र तामाङलाइ चैत २२ गते अाइतबार अफिम सहित पक्राउ गरेकाे हाे ।
प्रहरी टाेलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा तामाङले बोकेको झोला चेकजाँच गर्दा लागु औषध अफिम १ किलो ६०० ग्राम फेला परेकाेले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही गरिरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यस्तै प्रहरी चौकी चैनपुर राक्सिराङबाट नै खटिएको प्रहरीकाे टोलिले राक्सिराङ ५ स्थित सडकमा कैलाश ४ का ५२ बर्षिय सानकान्छा चेपाङ र ३६ बर्षिय गाेपाल सिं लाेप्चनलाइ अाइतबार लागु औषध गाँजा ७ किलाे ५ सय ग्राम सहित पक्राउ गरेकाे छ ।
कालिकाटारबाट मनहरी तर्फ अाइरहेका ग १ ख ४३३९ नं. को यात्रु वाहक बसलाई रोकी चेपाङ र लोप्चनको झोला चेकजाँच गर्द लागुऔषध गाँजा ७ किलो ५ सय ग्राम फेला परेकाेले निजहरुलाई लागुऔषध गाँजा सहित पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको प्रवक्ता रिमालले बताए ।
मकवानपुर । मकवानपुरको भीमफेदीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाकाे मृत्यु भएको छ भने २ जना घाइने भएका छन् । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर १ सानुटारमा ट्रक र मोटरसाइकल ठाेक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार राति भैसैबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ख ८१२९को डब्बावाल ट्रक र विपरीत दिसाबाट आउदै गरेको ना १९ प ८९६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ बस्ने २४ बर्षीय अनिश खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । दुर्घटनामा ट्रक तथा मृतक मोटरसाइकल चालकको शव ५० मिटर तल राप्ती खोलामा झरेको थियो । दुर्घटनामा ट्रकका दुई जना घाइते भएको जनाइएको छ।
घाईते हुनेहरुमा ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिकाका ३२ वर्षीय मधु विष्ट र ट्रकधनी भीमफेदी-२ बस्ने २८ वर्षीय सुरेश घलान रहेका छन् । विष्टलाई थप उपचारको लागि चितवन रिफर गरिएको छ भने घलानको उपचार हेटौंडा स्थित चुरेहील अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवजानपुरले जनाएको छ । मृतक खड्काकाे शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले ६० ट्याब्लेट नाईट्रोभेट सहित २ जना पक्राउ गरेकाे छ । प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले चैत १७ गते हेटाैडा ३ तिनताप्केबाट उनीहरुलाइ पक्राउ गरिएकाे हाे ।
हेटाैडा ३ पुर्व पश्चिम लोकमार्ग सडक खण्डबाट शंकास्पद रुपमा हिंडिरहेका हेटाैडा ३ बस्ने बर्ष १८ को सुशिल बर्तौला र बिराटनगर ४ बस्ने बर्ष २१ को रविन कार्की लाई चेकजाँच गर्दा उक्त परिमाणकाे नाईट्रोभेट ट्याब्लेट फेला परेकाेले पक्राउ गरी अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा एक बालकले झुण्डिएर आत्महत्या गरेका छन् । ईन्द्रसरोबर १ को बर्चमार्टका ११ वर्षीय बालकले झुण्डीएर गएराती आत्महत्या गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
स्थानीय सुमित विष्टले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएकाे छ । घरमा कोही पनि नभएको अवस्थामा गएराति आफ्नै घरको तल्लो तलाको दलिनमा नाईनलको डोरीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
हाल घटना स्थलमा प्रहरी पुगिसकेको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएकाे छ ।