बलात्कारको उजुरी गर्न हदम्याद नराख्न माग
Tags: No Comments
मकवानपुर । बलात्कार घटनाको उजुरीका लागि हदम्यान तोकिन नहुने माग संसद देखि सडकसम्म आईपुगेको छ ।
बाल्यकालमा कोहि यौन शोषणको शिकार भएको छ भने बालिग भएपछि वा जुनसुकै उमेरमा पनि उजुरी गर्न मिल्ने ब्यवस्थाको माग अहिले चर्चाको बिषय बनेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै आज विरोध प्रर्दशन भएको छ ।
हेटौंडाको मुख्य चोकमा ओमन परिवारले बलात्कारको बिरोध जनाउंदै यस्तो माग गरेका हुन् । कुनै पनि बालिका/महिला कुनै पनि समय बलात्कारको शिकार हुनसक्ने भन्दै यसको विरुद्धमा लागि सबै लाग्नुपर्ने सहभागीले बताए ।
हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसी दे भन्दै विरोध प्रर्दशन गरिएको थियो । कार्यक्रममा दर्जनौं किशोरीहरू बलात्कार विरुद्ध कालो पट्टी,कालो पोषाकमा उपस्थित थिए । उनीहरुले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका पालुङबाट प्रहरीले ४ क्वीन्टल गाँजा र मिनि ट्रक बरामद गरेको छ ।
थाहा नगरपालिकाको वडा ३ बाट ४ सय २२ किलो लागूऔषध गाँजा मिनि ट्रक नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरीले हेटौंडाबाट ३३ बोतल लागुऔषध वनरेक्स सहित १ जना नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँज गर्ने क्रममा थाहा नगरपालिका वडा नं ३ बायोखोला स्थित डाँडाबास जाने पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको मिनि ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना ६ ख ३२४३ नम्बरको महेन्द्रा कम्पनीको मिनि ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला पारेको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । प्रहरीले गाँजा बरामद गरी मिनिट्रकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीले आजै मकवानपुरगढी गाउँपालिका ४ घर भई हाल हेटौडा १ बस्ने ३९ वर्षिय रामकृष्ण लो लाई पनि नियन्त्रणमा लिएको छ । लोले आफू बस्ने डेराको पलाङ मुनी लुकाई राखेको अवस्थामा लागुऔषध पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
लो बस्ने कोठाबाट वनरेक्स ३३ बोतल बरामद गरीएको र उनलाई पनि थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको कार्कीले बताए ।
मकवानपुर । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माण कम्पनीले पालिकाका नवनिर्वाचित पदाधिकारीहरूलाई हस्तान्तरण गरेको छ ।
दुई तले भवनमा २६ वटा कोठा छन् । भवन निर्माणको लागि ३ करोड १८ लाख ४२ हजार तीन सय ६४ रुपैंयामा सम्झौता भएको थियो । निर्माण कम्पनी रविना/अविषा जेभिले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।
सोमबारदेखि नयाँँ प्रशासनिक भवनबाट पूर्णरुपमा सेवाप्रवाह हुने अध्यक्ष मुक्तानले जानकारी दिए । २०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिने सम्झौता भए पनि निर्माण कम्पनिले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेर निर्माण सम्पन्न गरेको हो ।
२०७७ साल जेठ १५ गते आगलागिका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटारमैं रहेको भवानी माध्यामिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी क्रियाकपालमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम र लागूऔषध नाईट्रोभेट १५० ट्याबलेट सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको प्रवक्त प्रहरी नायब उपरीक्ष टेक बहादुर कार्कीले बताए ।
मकवानपुर हेटौडा उपमहानगरपालिका १५ पिपलबोट स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा संभावित लागु औषध भेटिएपछि प्रहरीले अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना १४ प ३१६४ नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौडा ११ बस्ने २८ वर्षिय सविन पहाडीले लुकाई ल्याएको लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ५ ग्राम फेला परेको बताएको छ ।
यसैगरी हेटौडा ४ पारिजातपथ स्थित पैदल हिडिरहेका हेटौडा ५ शान्तिनगर बस्ने १९ वर्षिय युवराज चौलागाईलाई पनि शंकास्पद लागेर जाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाईइएको लागूऔषध नाईट्रोभ्याट ४५ ट्याबलेट फेला पारेको पछि प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौडा १० बसपार्कमाबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौडा ११ थानाभर्याङ डेरा गरी बस्ने ३३ वर्षिय लक्ष्मण घलानलाई पनि नियन्त्रणमा लिएको छ ।
घलानको झोला जाँच गर्दा लागु औषध नुर्फिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याबलेट फेला परेकोले लागु औषध सहित उनलाई नियन्त्रणमा लिएको प्रवक्त कार्की बताए ।
मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पर्सा बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको जीप आज साँझ ५ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ४ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
८ जना सवार जीपमा घाइते भएकाहरुलाई हेटाैडा र काठमाडाैं उपचारका लागि पठाइएकाे हाे । दुर्घटनामा घाइते भएकाहरु मध्य हेटौंडा अस्पतालमा २ जना, चुरेहिल अस्पतालमा १ जना र १ जना काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।
घटनामा मृत्यु भएकाको पहिचान नखुलेको प्रहरीले बताएकाे छ । घाइतेमध्ये चालकसहित ३ जनाकाे हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।