मकवानपुर । मकवानपुरमा एक युवाले आफ्ना बुबा, आमा र भाइलाई पिटेर घाइते बनाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बुलनटोलका बद्रिनाथ मैनालीले घरायसी विवादको कारण बुबा, आमा र भाइलाई कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।
बुधबार घरायसी विवाद हुँदा ५० वर्षीय बद्रिनाथले चिरपटले हानेर बुबा आमा र भाइलाई घाइते बनाएकाेमा प्रहरी उनलाई पक्राउ गरेकाे हाे । बद्रिनाथले चिरपटले हान्दा उनका बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय भाइ केदार मैनाली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकाेमा आमा मायाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएकाे छ । प्रहरीले बद्रिनाथलाई पक्राउ गरी अनुसन्धान तथा आवश्यक कारवाहीकाे प्रक्रिया सुरु गरेकाे बताइएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित गाजा ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालिका खोल्साबाट २ जना र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २ जनालाई नियन्त्रणमा लिएको हो ।
हेटौंडा–१४ कालिका खोल्साबाट मंगलबार लागूऔषध गाँजा ६० केजीसहित हेटौंडा–१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका–१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित नियन्त्रणमा लिएको उनले बताए ।
यसैगरी, प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट लागूऔषध गाँजा २० केजीसहित २ जनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ । चितवन राप्ती नगरपालिका–३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजालाई उक्त परिणामको गाजासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ प्रवक्ता भण्डारीले बताए ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले चिरान काठसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । असाेज ९ गते दिउँसाे ३८.२५ क्यु फिट सालकाे काठ सहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
अस्थायी प्रहरी पाेष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका १६ शक्तिश्वरबाट चिरानकाे काठ सहित ५५ वर्षीय बालकृष्ण चौलागाईं, ३८ वर्षीय नेत्र बहादुर मगर, ५३ वर्षीय धन बहादुर पुलामीलाई नियन्त्रणमा लिएकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
चौलागाईको घर नजिकै बारीमा काठ काटिरहेको अवस्थामा सालको चिरान काठ र गोलाई काठ २५.२८ क्यु फिट र चौलागाईकै घरबाट १२.९७ क्यु फिट सालको काठसहित चौलागाई, मगर र पुलामीलाई नियन्त्रणमा लिएकाे भण्डारीले बताए । नियन्त्रणमा लिइएका ३ नै जनालाई आवश्यक अनुसन्धान र कारवाहीकाे लागि सब डिभिजन बन कार्यालय हर्नामाडी, मकवानपुरमा पठाईएको प्रहरीले बताएकाे छ ।
मकवानपुर । मकवानपुर प्रहरीले गाँजा खेती नष्ट गरेकाे छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएकाे प्रहरी टाेलीले १५ बिगाहा अवैध लागूऔषध गाँजा खेती नष्ट गरेकाे हाे ।
असोज ६, ७ र ८ गते प्रहरीले राक्सिराङ गाउँपालिका ९ धाधुङ, सुकेल तेन्चुराङ्, वडा ४ स्थित खुर्कोट, चौकीटार, साईता र वडा ५ स्थित बोटबारीलगायतको स्थानहरुमा अवैध रुपमा लगाईएको १५ बिगाहा लागूऔषध गाजाँ खेती नष्ट गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
खोलाले बगाँउदा बालकको मृत्यु
Tags: No Comments
मकवानपुर । मकवानपुरमा खाेलाले बगाउँदा बालककाे मृत्यु भएकाे छ । हेटौंडा ४ निवासी १० वर्षीय बालकको राप्ती खाेलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडा ४ भैरब रोड बस्ने फिरज अन्सारीको छोरा १० वर्षीय संसाद अन्सारी राप्ती खाेलामा नुहाउने क्रममा बगाउँदा मृत्यु भएकाे हाे । संसाद घर परिवार सहित हेटौंडा १ मा रहेको तरकारी बजार नजिक रहेको राप्ति खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई खाेलाले बगाएर ५ सय मिटर तल राप्ति पुल नजिक पुर्याएकाेमा बेहोस अबस्थामा फेला पारी उपचारको लागि हेटौडा हस्पिटल लगिएकाेमा डाक्टरले मृत घोषणा गरेकाे मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बालकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको तथा कानूनी प्रक्रिया पुरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।