मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट मंगलबार राति २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा जिल्लाको राक्सिराङ गाउँपालिका ५ बस्ने २२ वर्षीय सन्देश प्रजा र ३४ वर्षीय युबराज प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुलाई प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले हेटौंडा १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मंगलबार राती ११ बजेको समयमा हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्वरको मोटरसाइकललाई शंका लागि नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्वरको पिकअप गाडीमा लागूऔषध गाँजा आउँदै गरेको जानकारी प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनासाथ उक्त पिकअपलाई चेकजाँचको लागि रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडकखण्डतर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएका थिए । उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागूऔषध गाँजा अन्दाजी ७० किलो बरामद भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
बरामद गाँजा, पिकअप गाडी, मोटरसाइकल र प्रजा दुबै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । फरार रहेका पिकअप गाडी चालकको खोजीकार्य जारी राखेको समेत बताइएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा क्रेनले ठक्कर दिदा सहचालकको मृत्यु भएको छ ।
मंगलबार दिउसो हेटौडा उपमहानगरपालिका-१० कर्राचोक नजिकै प्रदेश २-०३००१ क २०२४ नं को क्रेन ब्याक गर्दा ठक्कर लागि सहचालक सानबाबु पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
क्रेनले ठक्कर दिदा गम्भिर घाईते पर्सा बिरगन्ज ३० लालपर्सा बस्ने २८ वर्षीय पासवानलाई उपचारको लागि हेटौडा अस्पताल पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्रेन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भने मृतकको शब हेटौडा अस्पतालमा रहेको बताइएको छ ।
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा बाेलेराेकाे ठक्करबाट एक जान बालिका घाइते भएकी छिन् । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमतीकाे झुरझुरेमा ना ४ च ११६४ नम्बरको बलेरोले ठक्करबाट स्थानीय ६ वर्षीय रितु गाेले घाइते भएकी हुन ।
सिन्धुलीबाट हेटौंडातर्फ आउदै गरेको उक्त बाेलेराेले बागमती ४ झुरझुरेका राजु गोलेकी छोरी रितुलाई ठक्कर दिएकाे थियाे । बलेरोकाे ठक्करबाट रितुकाे टाउको र खुट्टमा चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि हेटौडा अस्पताल ल्याइएकाे र बाेलेराे र चालक प्रहरी चौकी झुरझुरेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते पौडेलको उपचारको क्रममा मृत्युु
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा घाइते भएका धर्मराज पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।
आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नं.को मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्करदिदा घाइते भएका थिए ।
पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको थियो ।
पौडेलको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार बिहान ९ बजे डाक्टरले मृत घोषणा गरेका हुन । मोटरसाइकल चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका १२ घलेगाँउका ३१ वर्षीय बलराम घले जिल्ला प्रहरी कार्यलय मकवानपुरको नियन्त्रणमा रहेको बताइएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा १७ का साइकल यात्री ५० वर्षीय धर्मराज पौडेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल र चालक नियन्त्रणमा लिएको तथा थप अनुसन्धान भइरहेको जनाएको छ।