मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेमा सवारी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
असोज ९ गते बिहान हेटौडा १५ रातोमाटेस्थित पुर्व पश्चिम सडक खण्डमा चुरियामाई मन्दिर तर्फबाट हेटौडातर्फ आउदै गरेको ना.१ क ६०५५ नम्बरको हाइड्रा क्रेन आफै अनियन्त्रित भई सडकको छेउमा पल्टिदा चालक र सहचालक घाइते भएकोमा सहचालकको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
क्रेन दुर्घटनामा सहचालक बिपिन महतोको उपचारको क्रममा मृत्यु भएको छ भने चालक दशरथ पासवान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार दुर्घटनामा चालक पर्सा जिल्ला बिरगजं ३० लालपर्सा बस्ने ३० वर्षीय पासवान सामान्य घाईते भएका थिए । साथै सहचालक पर्सा बिश्रामपुर बस्ने १८ वर्षीय महत्तोलाई क्रेनले च्यापिएकोमा उद्धार गरी दुबै जनालाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा सहचालक महतोको उपचारको डक्टरले मृत घोषणा गरेका थिए ।
घाइते चालक पासवानको हेटौंडा अस्पताल उपचार भइरहेको तथा दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार असोज ८ गते बुधबार बेलुका भिमफेदी ६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०२-०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौ २७ महाबौद्ध बस्ने ६५ वर्षी शसिराज पाण्डे र निजको श्रीमती ६२ वर्षीय राज्यश्री थापा क्षेत्र घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्कुटर चालक काठमाडौ २७ महाबौद्ध बस्ने ६५ वर्षीय पाण्डे र ६२ वर्षीय क्षेत्रीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । क्षेत्रीको बेलुका ७:२० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते पाण्डेको हेटौंडा अस्पताल मै उपचार भइरहेको छ ।
स्कुटर दुर्घटनामा घाइते भएका पाण्डे र क्षेत्रीलाई ६० मिटर तलबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुटर सडकबाट करिब १ सय मिटर तल खसेको साथै स्कुटरको नम्बर घाइते पाण्डेले जानकारी गराएको भण्डारीले बताए ।
मकवानपुर । मकवानपुरको राक्सिराङमा एक महिला माथि चिरपट प्रहार भएको छ । राक्सिराङ गाउँपालिका -३ सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ बर्षीय देवीमाया थोकरमाथि चिरपट प्रहार हुँदा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
सोमवार साँझ देवीमायाको श्रीमान राजकुमार र राक्सिराङ्ग ३ आलखोप बस्ने ३० बर्षीय सागर योन्जनबीच बिवाद भएको थियो । बिवाद छुट्याउन पुगेकी देवीमायाकाे टाउकोमा सागरले दाउराको चिरपट प्रहार गरी घाइते बनाएकाे प्रहरीले जनाएको छ ।
चिरपट प्रहारबाट घाइते उनको मनहरीमा प्राथमिक उपचारपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । चिरपट प्रहार गर्ने सागर फरार रहेको र खोजी भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
असोज ७ गते बिहान ३:३५ बजेको समयमा ईन्द्रसरोबार ५ मकैबारीस्थित कुलेखानि मातातिर्थ काठमाडौ जाने भित्रि सडकखण्डमा सुमो दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । बिरगंजबाट काठमाडौतर्फ जादै गरेको मधेश प्र.०३-००१ज०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमो चालकसहित १३ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाईते सुमो चालक प्रहरी नियन्त्रणमा रहेको छ भने अन्य घाइतेहरुलाई उपचारको लागि काठमाडौ पठाएको प्रहरीले जनाएको छ । घाइते सबै यात्रुहरु भारतका रहेका छन ।
सुमो दुर्घटनामा घाइतेहरुको बिबरण
१. सुमो चालक जिल्ला बारा कलैया नगरपालिका २१ बस्ने बर्ष २५ को अनिल कुमार शाह
२. सुमोमा सवार देश भारत जानकी चापा छत्तिसगढ बस्ने बर्ष २५ कि रचना कुमारी सुर्यबशं
३. ऐ.ऐ.बस्ने बर्ष ३५ कि गंगा देवि सुर्यबंशी
४. ऐ.ऐ बस्ने बर्ष ३० कि मधु सुर्य बशीं
५. ऐ.ऐ.बर्ष ३७को ईन्द्र सेन
६. ऐ.ऐ.बस्ने बर्ष ३१ की रितु सुर्य बंशी
७. ऐ.ऐ. बस्ने बर्ष अ:६० कि हाल नाम थर नखुलेको महिला
८. ऐ.ऐ बस्ने बर्ष अ: २९ कि सरोजनी देवी
९. ऐ.ऐ. बस्ने बर्ष ११ कि प्रतिभा सुर्यबंशी
१०. ऐ.ऐ.बर्ष २ कि दिब्या सुर्यबशीं
११. ऐ.ऐ बस्ने बर्ष ४ को प्रतिक सुर्यबशी
१२. ऐ.ऐ बस्ने बर्ष ३१ को बिजय कुमार सुर्यबशीं
१३. ऐ.ऐ. बस्ने बर्ष ३५ को अजय कुमार सुर्य बशी ।
मकवानपुर । मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ ।
कार्तिक ४ गते बेलुका हेटौडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालय नजिक फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘मृतक शिशु कस्ले फालेको पहिचान भएको छैन’ मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले भने ‘मृतक शिशु हेर्दा तत्काल जन्माई सालनाल सहित डस्टबिनमा फालेको जस्तो देखिन्छ ।’
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।