२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।
दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।
राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । राष्ट्रिय सभामा जनमोर्चाका एक जना तुलप्रसाद विश्वकर्मा सदस्य छन् । राष्ट्रपतिबाट मनोनित एक जनाको पद रिक्त छ । सभाध्यक्षले मत बराबर भएको अवस्थामा मात्रै मतदान गर्न पाउँछन् ।
नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामीका अनुसार दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् ।
२०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।
दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए । २०१२ सालमा जन्मिएका दाहाल नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् । तस्बिर र समाचार अनलाइन खबरबाट
मकवानपुर । राष्ट्रिय सभा अध्यक्षका लागि सांसदद्वय नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्।
नयाँ बानेश्वरको संघीय संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयले पुगेर सोमबार दाहाल र शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्न दुवै जना सँगसँगै संसद् भवन पुगेका थिए।
नेकपा (माओवादी केन्द्र)का तर्फबाट दाहालले उम्मेदवारी दिएका छन्। उनलाई नेकपा (एमाले), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पाटीको समर्थन छ। सत्तारूढ गठबन्धनमा माओवादीलाई सघाउने सहमति बनेको थियो।
त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट शर्माले उम्मेदवारी दिएका हुन्। यसअघि कांग्रेसबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरिएको थियो। तर माओवादीले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग सत्ता साझेदारी गरेको थियो। त्यसपछि सिटौलापछि हटेका थिए।
राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियोे । मंगलबार राष्ट्रिय सभामा निर्वाचन हुनेछ।
हाल राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद छन्।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक जना सांसदको मनोनयन हुन बाँकी छ। यसअघि मनोनीत सांसद विमला पौड्याल राईको पदावधि सकिएको थियो।
हिमालखबर अनलाइनबाट
मकवानपुर । राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैछ । भोलि २९ फागुन मा हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्न लागिएकाे हाे ।
- गाेपिनी दाहाल
मकवानपुर । सत्ता समिकरण परिवर्तन भएपछि बागमती प्रदेशका ६ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् ।
केन्द्रको समीकरण फेरिएसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू बाहिरिका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री बहादुरसिं लामा, उपनेता समेत रहेका प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, स्वास्थ्य मन्त्री उत्तम जोशी, वन तथा वातावरण मन्त्री मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जनले मुख्यमन्त्री समक्ष राजिनामा दिएका हुन् ।
अर्थमन्त्री रहेका लामा विदेश भ्रमणमा रहेकाले काँग्रेसले आफूहरु सरकारको समर्थन फिर्ता लिने निर्णय ढीलोगरी लिएको हो । निर्णयपछि पार्टीले प्रदेश राजधानी बाहिर रहेका मन्त्रीहरुलाई हेटौँडा आउन निर्देशन दिइएको थियो । अर्थमन्त्री लामा र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा बुधबार नै स्वदेश फिर्ता भएका हुन् ।
बुधबार बिहान मात्रै उपनेता चित्रकार र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिच सरकार छाड्ने विषयमा छलफल भएको थियो ।
मकवानपुर । मकवानपुरका युवा नेता महेश बर्तौला नेकपा एमालेको प्रमुख सचेतकमा मनोनित भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।