मकवानपुर । प्रतिनिधि सभा बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । नेकपा एमालेकाे अवराेध पछी प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे हाे ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरुद्ध गरेकाे थियाे । सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक अवरोध गरेको हाे।
एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका थिए । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले अर्काे बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
यसै बीच सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धि अध्यादेश प्रतिनिधि सभामा आज पेश गरेको छ । पगृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेलामा सभामुखले गृहमन्त्री खाँणलाई समय दिएपछि उनी रोस्टममा पुगेर अध्यादेश पेश गरेका हुन् । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक स्थगित गरेकाे बताइएकाे छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले हेटाैडमा राँके जुलुस निकालेका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा युवाहरुले सरकार विरुद्ध राँके जुलुुस निकालेका हुन् ।
मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट युवा संगठनका युवा नेताहरुले एमसीसी रद्दकाे माग गर्दै गरेकाे प्रदर्शनकाे क्रममा नेपाल प्रहरीले आफ्नो संगठनका नेताहरु पक्राउ गरेकोमा विरोध प्रदर्शन गर्दै राँके जुलुस निकालिएको युवा संगठन नगर अध्यक्ष भृगु कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीले हेटौंडा-५ को पुष्पलाल पार्कदेखि सिमाचोकसम्म राँके जुलुस प्रदर्शन गरिएको जानकारी दिए । उनले पक्राउ परेका संगठनका नेताहरुको रिहाइको माग समेत गरेका छन् ।

मंगलबार दिउँसो काठमाण्डौमा शान्तिपूर्ण प्रदर्शनमा रहेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेताहरु कैलाश कटुवाल,मनि सिंखडा,गुण राजभण्डारी ,नगेन्द्र देउजा लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । राप्रपा अध्यक्ष कमल थापाले शान्तिपूर्ण प्रदर्शनमा रहेका संगठनका नेताहरु पक्राउको भत्सर्ना गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

मकवानपुर । नेपाली कांग्रेस हेटौडा १८ को सभापतिमा राजेन्द्रराज बानियाँ चयन भएका छन् । हेटौडा १८ को १४ औं वडा अधिवेशनबाट राजेन्द्रराज बानियाँ सभापतिमा सर्बसम्मत चयन भएका हुन् ।
आईतबार भएको अधिबेशनबाट उपसभापतिमा पुरुषोत्तम अधिकारी र गोर्कण सुबेदी,सचिवमा युवराज खतिवडा र बेन्जन थापा, सहसचिवमा मनिल थापा र रजनी श्रेष्ठ चयन भएका छन । १८ नं. वडाबाट नेपाली काग्रेस मकवानपुरका जिल्ला कोषाध्यक्ष गोपीलाल बिक,जिल्ला सहसचिब रामबाबु बानिया,जिल्ला सदस्य शुसान्त कुमार क्षेष्ठ लगायत २८ जना क्षेत्रिय प्रतिनिधि सर्बसम्मत चयन भएका छन् ।
१८नम्बर वडामा नेपाली कांग्रेसको क्रियाशिल सदस्य दुई सय ७६ जना रहेका छन । याे वडा नेपाली काग्रेस मकवानपुरका सभापती ईन्द्रबहादुर बानियाको वडा समेत हो ।
मकवानपुर । मकवानपुरमा पूर्व जनमुक्ति सेना (पिएलए) संघ संगठित भएकाे छ । नेकपा माओवादी केन्द्र सम्बद्ध पूर्व जनमुक्ति सेना पिएलए संघ नेपाल तथा जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संगठनको संयुक्त भेला गर्दै सगठित भएका हुन् ।
आइतबार भएकाे भेलाले पूर्व पिएलए संघको संयोजकमा धनप्रकाश मगर र सह सयाेजकमा बच्छु खड्का गोलेलाई चयन गरेको छ । त्यस्तै सुर्यकला तिमल्सिनालाई जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग संघ नेपाल मकवानपुरका संयोजक र सह–संयोजकमा विज्ञान स्याङ्तानलाई चयन गरेको छ । पुर्व पिएलए वटालियन कमान्डर सन्तबीर लोको सभाध्यक्षमा भएको भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ओम घलान प्रदिपको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य सर्केस घलान, वाइसीएल केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, जनयुद्ध जनक्रान्तिका घाइते अपाङ्ग संघ नेपाल केन्द्रीय कृष्ण सुवेदी, जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मी माझी, बद्रि स्याङ्तान,वाइसीएल जिल्ला अध्यक्ष राज कुमार मोक्तान लगायतका उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा न १५ का ४ सय २५ जना एमाले पार्टी प्रवेश गरेका छन् । हेटौंडा १५ मा विभिन्न पार्टी परित्याग गरि उनीहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमालेका प्रवेश गर्नेहरुलाई एमाले केन्द्रीय सदस्य एवं बागमी प्रदेशका निबर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले टिका र खादा लगाएर स्वागत गरेका हुन् ।
एमाले पार्टी प्रवेश गर्नेहरुमा सङ्घीय समाजबादीका जिल्ला सदस्य राजेन्द्र वाईवालगायत स्थानीय समाजसेवी दिपक ब्लोन, आइजित भोम्जन, सिंह घलान, उत्तम भोलन, मेजर सिंह मोक्तान, लालबहादुर भोम्जन मनोज भोम्जन, जीवन श्रेष्ठ, रामशरण बिश्वकर्मा, सन्जय भोम्जन सहित ४ सय २५ जना रहेका छन् ।
एमाले १५ नम्बर वडाकमिटी पर्शबहादुर भुजेलको सभाध्य्क्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद दाहाल, प्रदेशका सदस्य तथा जिल्ला समन्वय मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाे सहभागी रहेका थिए ।