मकवानपुर । हेटौंडा उपमहानगरपालिका १७ नं. वडामा ९८ जना एमालेमा प्रवेश गरेका छन् । हेटौंडा १७ मा बिभिन्न पार्टी परित्यागगरी ९८ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले हेटौंडा १७ नम्बर वडा कमिटीले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रमका अवसरमा नेपाली कांग्रेश, नेकपा माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेकाहरुलाई नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य कमल विष्ट, हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, एमाले जिल्ला कमिटि सदस्य नरहरी महत, हेटौंडा–१७ का वडा अध्यक्ष भैरब राई लगायतले टिका र खादा ओढाएर स्वागत गरेका थिए ।
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कमिटिको कार्यालय असाेज १ गते उद्घाटन गरिएको छ । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला अध्यक्ष तथा बागमती प्रदेश माननीय प्रेम बहादुर पुलामीले एक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरेका हुन् ।
५ नम्बर वडा कमिटी अध्यक्ष देबीप्रसाद गौतमको अध्यक्षतामा भएको वडा कार्यलय उद्घाटन कार्यक्रममा माओवादी केन्द्र मकवानपुर प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन, उपमहानगरपालिका पार्टी कमिटी इन्चार्ज विवेक राई, जिल्ला समन्वय सचिवालय सदस्य ज्ञान सागर भोलन, जिल्ला कमिटी सदस्य कृष्ण सुवेदी, नगर कमिटी सदस्य झलक सुवेदी, ५ नम्बर वडा कमिटी ईन्चार्ज केशव घिमेरे लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ ।
विहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकस्थित स्थापना गरिएकाे पार्टी कार्यालयको पार्टी केन्द्रिय सदस्य तथा बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काट्दै उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको आतिथ्यता थियो ।
यसैबिच, पार्टी जिल्ला कमिटिको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । उक्त दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
यसैगरी असाेज ९ गते नै पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा अनेमसंघ, युवासंघ, अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिने तयारी भएको पाेखरेलले बताए ।
मकवानपुर । जनता समाजवादी पार्टी मकवानपुर जिल्ला कमिटी सदस्य कुमार घलान (देवी) सहित ३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच घलानसहित जसपाका हेटाैडा १५ का सचिव मेजर सि घलान र नेपाली काँग्रस १५ नम्बर वडा सदस्य भक्त बहादुर वाइवा एमाले प्रवेश गरेका हुन् ।
नेकपा एमाले मकवानपुर पार्टी कार्यालयमा भएको कार्यक्रममा नवप्रवेशीहरुलाई प्रमुख अतिथि रामेश्वर रानालगायतका नेताहरुले टिका र खाता लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष बद्री लम्साल, सचिव एकलाल श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिवलय सदस्य तथा युवा संघका जिल्ला इन्चार्ज सुनिल मोक्तान, जिल्ला सचिवालय सदस्य पद्म पौडेल, फूर्वा दोर्जे लामा, जिल्ला सदस्यहरू क्रमशः इन्द्रमान स्याङतान, धरम लामा, लक्ष्मण उप्रेती, सानु लामा, पातली माया गोङबा, वडा कमिटी अध्यक्ष पर्स बहादुर भुजेल, मदनभण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुबेदीलगायतको उपस्थिति रहेको थियो ।
नेकपा हेटौंडा नगर अध्यक्ष सालिकराम पुडासैनीको सभाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियाे ।
मकवानपुर । नेकपा (माओवादी केन्द्र) कैलाश गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ । कैलाश गाउँपालिका ६ नम्बर वडा कमिटीको आयोजनामा वडा स्तरीय जन वर्गीय संघटन (जबस) भेला तथा प्रशिक्षण भएकाे हाे ।
६ नम्बर वडास्थित मजुवामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, दलित, गरिब, सुकुम्बासीहरुको मुक्ति र अधिकारको निम्ति लड्ने पार्टी माओबादी मात्र भएको बताए ।
समाजवाद उन्मुख संवैधानिक संघीय गणतान्त्रिक व्यवस्थालाई संस्थागत विकास र समृद्धि गराउन वडा र गाउँलाई माओवादीमय बनाउने अभियानमा लाग्न उनले नेता कार्यकर्ताहरुलाई आग्रह गरे । माओवादी बिचारबाट मात्रै वडा र गाउँ विकास र समृद्धि सम्भव रहेको पाख्रिनले बताए ।
भेलाले जीवन मोक्तानकाे अध्यक्षतामा २५ सदस्यीय वडा वाइसीएल कमिटी घोषणा गरेको छ । कमिटिको उपाध्यक्षमा राम बहादुर पाख्रिन, सचिवमा गणेश घलान, सह–सचिवमा देविन्द्र थापा मगर, कोषाध्यक्षमा सुष्म रुछाल मगर, सदस्यहरुमा डम्बर बहादुर घले, सहादेव कार्की, प्रशान्त वाइबा लगायत रहेका छन् ।
वडा पार्टी कमिटी अध्यक्ष तुलराज दर्लामी मगरले सञ्चालन गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) कैलाश गाउपालिका कमिटी इन्चार्ज बाल कुमार मल्ल, गाउँपालिका अध्यक्ष लालसिं गुरुङ, सदस्य बुद्धिराज गिरी, अमर घले, वाइसीएल गाउपालिका कमिटी अध्यक्ष मिलन तामाङ लगायतका आतिथ्यता रहेको थियो ।