मकवानपुर । अञ्जली थापाको अध्यक्षताम प्रेस सेन्टर नेपाल मकवानपुरले नयाँ कार्यसमिति चयन गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजित प्रेस सेन्टर मकवानपुरको पाँचौ जिल्ला सम्मेलनले पुनः थापाकाे नेतृत्वमा २१ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा, सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोकसुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा, सदस्यहरुमा सरला अधिकारी, नवराज वाईबा, उमेश राई, अर्जुन संजेल, नुजाता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश गरिब, मञ्जु मैनाली, मनिता दानी, सानुबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।
त्यस्तै, सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधितर्फ कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधितर्फ ध्रुब अधिकारी, राजु शाश्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादब चौलागाई, मिना श्रेष्ठ, अशेष ढुङ्गाना, भावना रिजाल, रञ्जिता डंगोल र अजिव भट्टराई चयन गरिएको छ ।
मकवानपुर । मंसिर ३ गते शुक्रबार हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (क) मा युवा नेता एवम् जिल्ला सदस्य सुशान्तकुमार श्रेष्ठको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी श्रेष्ठको नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा गोपाल न्यासुर र कमला वाइबा रहेका छन् ।
त्यसैगरी सचिव पदमा भुमिनन्द गौतम र शंकर पराजुली, सह–सचिव पदमा दिपक ढकाल र अमर सोराइली रहेका छन् । महाधिवेशन प्रतिनिधिहरुमा महिला खुल्लातर्फ जानुका ठकुरी, समिक्षा बिक, छाँया अधिकारी रहेका छन् भने पुरुषतर्फ खुल्ला सदस्य पदमा उद्धव सत्याल, सचित थापा, नवराज खतिवडा, तेजप्रसाद घिमिरे, मोहनप्रसाद ढकाल र धुर्व दुलाल उम्मेदवार छन् ।
खसआर्यतर्फ पुरुष सदस्यमा बालकृष्ण सापकोटा आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा कृति घलान, भानु सोराइली, पुरुषतर्फ भक्त बहादुर राई, दिपक सिं घलान, नरबहादुर पुलामी, दलिततर्फ अनिल विक र अल्पसंख्यकतर्फ रामशरण माझी उम्मेदवार हुने छन् ।
टिम सार्वजनिक कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार श्रेष्ठले सहमतीबाटै अधिवेशन सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष अर्जुन प्रसाद चौँलागाई, वडा नं १६ का अध्यक्ष रामकृष्ण कोइराला, ५ नम्वर वडा अध्यक्ष राजेश बानियाँ, १५ नम्वर वडा अध्यक्ष महारत्न लामालगायत कांग्रेसका नेताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशन अन्तरुत मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा युवा नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष राजेश बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा विनोद शर्मा र शुक्र जोशी रहेका छन् ।
त्यस्तै सचिव पदमा प्रदिप कंडेल र गोकर्ण सुवेदी, सह–सचिव पदमा केदार ढोडारी र सानुकान्छा दोङ रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ शर्मिला श्रेष्ठ, लक्ष्मी श्रेष्ठ , गिता न्यौपाने महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार रहेका छन् ।
पुरुषतर्फको खुल्ला सदस्य पदमा भवनाथ अधिकारी, गुरुप्रसाद गोपी, दीपक तिवारी, सुनिल गिरी, अचुत शर्मा, ऋषिराज बानियाँ र अभय श्रेष्ठ उम्मेदवार हुँदैछन् । खसआर्यतर्फ (महिला)सदस्यमा प्रमिला खतिवडा र पुरुष सदस्यमा रामहरी आचार्य र भरतराज न्यौपाने रहेका छन् । आदिवासी जनजातीबाट महिलातर्फको सदस्यमा विमला थिङ, पुरुषतर्फ महारत्न लामा अर्जुन कुमार थिङ, दलिततर्फ कृष्ण नेपाली र अल्पसंख्यकतर्फ सविन भट्टाचार्य उम्मेदवार हुने जनाइएको छ ।
घोषणा कार्यक्रममा बोल्दै सभापति पदका उम्मेदवार बानियाँले कांग्रेस लोकतन्त्रको अध्यास गर्ने पार्टी भएकोले सकभर पार्टी नेतृत्व सहमतिबाटै मिलाएर लैजाने प्रयासमा रहेको बताए । कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष एवम् कांग्रेस नेता अर्जुन चौँलागाईलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराई मकवानपुरको मनहरीमा आउने भएका छन । बिहीबार नेकपा एमाले मनहरी गाउँ कमिटीको सपथ ग्रहणको लागि भट्टराई बुधबार नै मनहरीमा आउने कार्यक्रम तय भएको हो ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलन सकाएर भट्टराई मनहरी आउने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले जानकारी दिए । एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।
मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती’ भएकाे बताएका छन् । कार्तिक २९ गते साेमबार प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले प्रदेशमा नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिब बनाइराख्ने सोच र व्यबहारबाट निर्देशित भएको आरोप लगाएका छन् ।
‘सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टस्मा खर्च हुने अरबौं रुपैयाँ बचाउँने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहित र आक्रान्त बनाएको’ पाैडेलले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘पेट्रोलीयम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुने गरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्धा मजाक पनि हो । यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ” पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्यावासी एमाले सरकारले पाउँछ र देश एमालेमय बन्छ भन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको यस्ता राष्ट्रविरोधी निर्णयको तिव्र र सशक्त विरोध जनाउन म आमनागरिकसँग हार्दिक अपिल गर्दछु ।
‘यो केवल राजनीतिक बेइमानी मात्र हैन राष्ट्रप्रतिको गद्धारी पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरु बनाउनुपर्ने सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेका विदेशी ब्यापारीहरुको दास बनेर देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत यस्ता राष्ट्रघाती निर्णय सच्याउन र दीर्घकालीन रुपमा देशलाई फाइदा हुने यस्ता कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु’ पाैडेलले जारी गरेकाे उल्लेख छ ।
