मकवानपुर/संविधानमा व्यवस्था भए बमोजिम नै तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्न युवाहरुले माग गरेका छन् ।
नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालले बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गर्दै स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने माग गरेको हो। पछिल्लो समय भएको प्रट्रोलिय पदार्थलगायतमा भएको मूल्य वृद्धि र्फिता गर्दै मुल्य बृद्धिमा नियन्त्रण हुनु पर्ने माग पनि राखेको छ । हेटौंडामा प्रदर्शसनी गर्दै प्रदशनकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा समेत माग गरेको हो । युवा संघले हेटौंडाको बुद्धचोक प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेको थियो ।
प्रदर्शनपश्चात् बुद्धचोकमा भएको कोणसभामा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यद्वय आरती पाठक, दिलु घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राकेश नगरकोटीले मन्तव्य व्यक्त गरेका थिए । नेकपा एमालेले स्थानीय तहको मिति घोषणा माग गर्दै हाल देशैभर प्रदर्शन गरिरहेको छ । सात्ताधारी नेताहरुले आम नेपालीको हितमा सोच्न छाडेर पदीय लोभमा फस्न थालेको वक्ताहरुको आरोप थियो ।
मकवानपुर । ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
मंगलबार एमाले मकवानपुरको पार्टी कार्यालय हेटौंडामा भएको कार्यक्रममा अध्यक्ष एकलाल श्रेष्ठलाई निर्वाचन मण्डलका अधिकृत अर्जुन अर्यालले सपथ ग्रहण गराएका हुन् । यस्तै, उपाध्यक्ष लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिव हिदम लामा र सीता विष्टलाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका हुन् ।
यसैगरी, अध्यक्ष श्रेष्ठले सदस्यहरु क्रमशः जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वा दोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथ ग्रहण गराएका हुन् । एमालेका निवर्तनमान अध्यक्ष तथा अध्यक्ष पदका प्रत्याशी बद्रीप्रसाद लम्सालको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर राना, कृष्णप्रसाद दाहालसहितका नेताहरुको आतिथ्यता रहेको थियो ।
एमाले मकवानपुर जिल्ला अधिवेशन गत पुस २३ गतेदेखि २५ गतेसम्म भएको थियो । ११ औँ जिल्ला अधिवेशनले मकवानपुरमा अध्यक्ष एकालाल श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको जनाएकाे थियो ।

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । इतर समूहको सोमबार बसेको भर्चुअल बैठकले स्थानीय तहको निर्वाचन कुनै पनि वाहनामा सार्न वा धकेल्न नपाइने निष्कर्ष निकाल्दै वैशाखमा नै निर्वाचन हुनुपर्ने भनेको हो ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्ता गठबन्धनका तर्फबाट आइतबार स्थानीय तहको निर्वाचनका सम्बन्धमा कानुन व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा कानुन व्यवसायीले संविधान र स्थानीय तह निर्वाचनसम्बन्धी कानुन बाझिएको भन्दै स्थानीय तह निर्वाचन धकेल्नेगरी निर्वाचन कानुन संशोधन गर्न सरकार आबद्ध सत्ता गठबन्धनलाई सुझाएका थिए ।
तर, प्रमुख सत्तारूढ कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्षले भने निर्वाचनजस्तो विषयमा पार्टीभित्र कुनै छलफल नगरी सभापति देउवाले एकलौटी रूपमा निर्णय गर्न नपाउने भन्दै वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने भनेको हो ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले निर्वाचन जस्तो महŒवपूर्ण विषयमा पार्टीभित्र कुनै पनि छलफल नै नगरी सभापति एकलौटी ढंगबाट अघि बढेको र वैशाखमा नै स्थानीय तह निर्वाचन हुनुपर्ने निष्कर्ष बैठकको रहेको बताए ।
‘निर्वाचन जस्तो विषयमा कसरी अघि बढ्ने भन्नेमा पार्टीभित्र छलफल नै भएको छैन, यो दुःखद् हो, निर्वाचनका विषयमा पार्टीमा छलफल गरेर निर्णय हुनुपर्छ, स्थानीय तहको निर्वाचन वैशाखमा नै हुनुपर्छ भन्ने बैठकको निष्कर्ष हो । स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाउने विषयले कांग्रेसलाई कमजोर बनाउँछ,’ नेता केसीले बैठक’बारे जानकारी दिँदै भने ।
बैठकमा स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने र अघिल्लो सरकारको निरंकुशताविरुद्ध बनेको गठबन्धन जनमत लिने विषयमा आवश्यक नभएको विषयमा पनि बहस भएको छ ।
‘गठबन्धन अघिल्लो सरकारको अधिनायकवादी, निरंकुश र प्रतिगमनकारी षड्यन्त्रविरुद्ध बनेको हो, निर्वाचनमा जनमत लिनका लागि होइन, यो गठबन्धन स्थानीय तहमा कायम हुनुहुँदैन, गठबन्धन रहे कांग्रेसलाई क्षति पुग्छ,’ केसीले अघि भने ।
बैठकमा सो समूहका नेता डा. कोइरालाले सभापतिले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचन’bout छलफल गरेको भन्दै त्यसको विरोध गर्न नेताहरूलाई आग्रह गरेका थिए ।
उनले पार्टीभित्र साझा धारणा बनाएर मात्रै अन्य दल र गठबन्धनसँग छलफल गर्नुको साटो पार्टीभित्र छलफल नै नगरी एकलौटी रूपमा अघि बढ्नु गलत भएको भन्दै बैठकमा धारणा राखेका थिए ।
डा. कोइरालाले बोलाएको भर्चुअल बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेताहरू केसी, डा. रामशरण महत, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारीलगायत सहभागी थिए । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
मकवानपुर । राष्ट्रिय युवा संघ नेपालको मकवानपुर इञ्चार्जमा दिलु घर्ती चयन भएकि छिन् । घर्ती पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित भएकी थिइन्
घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जको जिम्मेवारी दिइएको हो ।अनेरास्ववियुबाट एमाले राजनीतिमा प्रवेश गरेकी घर्ति लामो समयदेखि युवा संघको सक्रिय राजनीतिमा रहेकी छिन् ।
इन्चार्ज चयन पछि घर्तिले मकवानपुरमा युवा संघको गतिविधिलाई थप शसक्त ढंगले अघि बढाईने बताईन् । आफुहरुको अबको ध्यान युवा संघको केन्द्रीय अधिवेशनमा केन्द्रीत हुने तथा केन्द्रीय अधिवेशनलाई सफल बनाउन मकवानपुरले महत्वपूर्ण भूमिका खेल्ने उनले बताईन् ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फेरि सरेकाे छ । मकवानपुरसहित १६ जिल्लाको अधिवेशन यही माघ १५ गतेका लागि तय गरिएको थियो । यसअघि मकवानपुरसहित १६ जिल्लाको अधिवेशन पुस २७ गते गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभा निर्वाचनको प्रक्रियामा लाग्नु पर्ने बताउँदै पुस २७ गते हुने भनिएको अधिवेशन माघ १५ गतेका लागि सारिएको थियो । त्यसअघि प्रदेश अधिवेशनको तयारी भन्दै पूर्वनिर्धारित जिल्ला अधिवेशन सारिएको थियो ।
कोभिड–१९ संक्रमण तीव्र भएको भन्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ महामारी सहज भएर जनजीवन सामान्य भएपछि अधिवेशनको मिति तय गरिने जनाएको छ ।
महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी छ । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा मकवानपुरसहित चितवन, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा अधिवेशन रोकिएको थियो । गण्डकी प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशको बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।