मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरले चुनावी कमाण्डर तोकेको छ । माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचन लक्षित कमाण्डर ताेकेकाे हाे । जिल्ला संयोजक सर्केश घलानको अध्यक्षतामा बसेको बैठकले मकवानपुरका १० वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ ।
बागमती गाउँपालिकामा जिल्ला संयोजक सर्केश घलान, बकैया गाउँपालिकामा केन्द्रीय सदस्य बिजय गौतम, हेटौंडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य प्रमिला पुलामी, मकवानपुरगढी गाउँपालिकामा केन्द्रीय सदस्य मानकुमारी नेपाली, भीमफेदी गाउँपालिकामा बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा केन्द्रीय सदस्य सन्तोष विष्टलाई स्थानीय तह चुनावमा कमाण्डरकाे जिम्मेवारी दिइएको छ ।
त्यस्तै कैलाश गाउँपालिकामा जिल्ला सचिव भीम पाख्रिन, राक्सिराङ गाउँपालिकामा प्रदेश कमिटिका सचिवालय सदस्य ओम घलान र मनहरी गाउँपालिकामा प्रदेश कमिटि सचिवालय सदस्य बीर बहादुर घलानलाई जिम्मेवारी तोकेको नेकपा माओवादी मकवानपुरका नेता कमानसिं पाख्रिन (पृथक) ले जानकारी दिए । पार्टी केन्द्रीय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानको विषेश आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा (एमाले) मकवानपुरमा मनोनित गरिएका जिल्ला सदस्यले सपथ लिएका छन् । मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा उनीहरुले पद तथा गाेपनियताकाे सपथ लिएका हुन् ।
बिधान अनुसार एमाले मकवानपुरको दोस्रो बैठकले जिल्ला सदस्यमा २७ जनालाई मनोनित गरेको थियो । जिल्ला कमिटि सदस्यमा मनाेनित हुनेहरुमा बिष्णु ढकाल, नरेन्द्र रिजाल, ईश्वर मैनाली, उपेन्द्र अधिकारी, कुमार केसी, जगन्नाथ पाण्डे, टेकबहादुर डिमडुङ, धरम लामा, प्रेम बोलखे, बखतलाल चेपाङ, मिलन पाठक रहेका छन् ।
यसै गरी राजन दंगाल, विमला बर्तौला, शालिकराम ढकाल, शिवहरि दाहाल, शुभराज थिङ, सन्तोष चौलागाई, सन्तोष पौडेल, सरिता परियार, सानुभाई विष्ट, सुधिर थापा, सुनिल लोप्चन, सुरेन्द्र विष्ट, सुवोध रिमाल, विष्णु चौंलागाई, रामचन्द्र न्यौपाने, शिशिर सुवेदी पनि मनोनित सदस्यमा रहेका छन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए ।
एमालेले पछिल्लो समय जिल्लाभर निर्वाचन अभियान सञ्चालन गरिरहेको छ । जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल,राष्ट्रियसभा सदस्य रामचन्द्र राई, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले कार्यसमितिमा १० जना सदस्य मनोनित गरेका छन् । सभापति लामाले विधानको धारा १२(७) को ड बमोजिम १० जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा प्रभातकुमार दाहाल, रामबहादुर बानीयाँ, गोपिलाल विक, अर्जुन चौलागाई, राजु खतिवडा, अर्जुन तिवारी, अञ्जना उपाध्यय, मोमला दोङ, भुवनलाल श्रेष्ठ, नरोज पौडेल रहेका छन् ।
सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी तालमेल गर्ने विषयमा छलफल अघि बढाउँदै मोडालिटी तय गर्न अघि बढेका हुन् ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चुनावी तालमेल’bout छलफल भएको थियो । सो छलफलमा तालमेलको मोडालिटीका विषयमा पनि छलफल भएको छ । त्यस्तो मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौंबाहिर भएकाले बैठकमा सहभागी भएनन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिएका थिए ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भने पार्टीमा छलफल गरेर तालमेल’bout निर्णय लिने भनेका थिए । उनले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताएका थिए ।
सोमबार राति कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमासमेत कांग्रेसका शीर्ष नेताहरू स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको थियो । सो छलफलमा आगामी सबै तहका निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच तालमेल गरेर जाने विषयमा छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेसले चुनावी तालमेल’boutमा ठोस निर्णय भने ११ चैतमा बस्ने केन्द्रीय समिति बैठकमार्फत गर्ने बताइएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको मोडालिटी’bout छलफल अघि बढेको बताए । उनले आवश्यकता हेरेर गठबन्धनका बीचमा स्थानीय तह निर्वाचनमा तालमेल हुने जानकारी दिए ।
‘सत्ता गठबन्धन आबद्ध दलहरूबीचमा स्थानीय तह निर्वाचनमा तालमेलको सम्भावना बढ्यो, कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा आवश्यकता हेरेर निर्णय हुन्छ, त्यसको मोडालिटी’bout छलफल हुँदै छ’ जसपा अध्यक्ष यादवले राजधानीसँग भने ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलेसमेत स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुने जानकारी दिए । उनले कसरी र कुन मोडलमा गठबन्धन आबद्ध दलबीच चुनावी तालमेल हुने भन्ने विषयमा खाका बन्दै गरेको बताएका हुन् ।
‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन्छ, कसरी र कुन मोडलमा गर्ने भन्ने विषयमा गठबन्धनले पनि खाका बनाउँछ, कांग्रेसले पनि केन्द्रीय समितिमा छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ११ चैतका लागि कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएको र बैठकका लागि तीन एजेन्डा तय गरिएको जानकारी दिए ।
उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको तयारी तथा स्थानीय तह निर्वाचनको एकमहिने अभियानको प्रारम्भिक समीक्षा, निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय समिति गठन र तालमेलसहितका विविध एजेन्डा तय गरिएको हो । राजधानी दैनिकबाट
वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा २ तिहाइ नजिक बहुमत प्राप्त भयो ।
यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहस चलेको छ । तर, प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रुतापूर्ण सम्बन्ध छ । तैपनि यसबीचमा चलेको वाम एकताको बहसले सत्ता नेतृत्व दल नेपाली कांग्रेस तरंगित छ ।
मंगलबार विराटनगरमा नेता डा. शेखर कोइरालाले वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको बताए । ‘सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ । तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ,’ उनले भने । कोइराला वामपन्थी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता हुन् ।
यसरी कांग्रेस तरंगित हुने गरी वाम एकताको बहस छेड्ने एमाले नेता घनश्याम भुसाल हुन् । आइतबार पोलिटब्युरो बैठकमा उनले वाम एकता प्रक्रियाको नेतृत्व एमालेले लिनुपर्ने बताए । मंगलबार पनि काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन । हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?’
उनका अनुसार वामपन्थी शक्तिहरूबीचको वर्तमान विभाजन कृत्रिम हो । हुन पनि वामपन्थी दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘प्रवृत्तिगत’ मतभेद छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्ने गरेका छन् । ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् ।
यसरी वामपन्थी दलहरूमा प्रवृत्तिगत मतभेद मात्र छ । वाम राजनीतिक विश्लेषक भीम भुर्तेल पनि भन्छन्, ‘एमाले-माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन नहोला भन्न सक्दिनँ । यिनीहरूमा प्रवृत्तिको बाहेक अन्य केहीको समस्या छैन । सैद्धान्तिक र वैचारिक पक्षमा समान बुझाइ छ ।’
स्थानीय निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई होच्याउने अभिव्यक्ति दिँदै पनि आएका छन् ।उपसभापति धनराज गुरुङले दुई दललाई भन्ने गरेका छन्, ‘कचौरे’ र ‘चमेरो’ जस्ता पार्टी । महामन्त्री गगनकुमार थापाले गठबन्धनविरोधी अभिव्यक्ति दिँदै आएका छन् । यसप्रति प्रचण्ड र नेपाल रुष्ट छन् ।
विश्लेषक भुर्तेल गठबन्धनविरोधी कांग्रेस नेताहरूको अभिव्यक्तिले पनि दुई दल र एमालेसँगै अन्य साना वाम घटकहरूबीच एकता हुने सक्ने सम्भावना देख्छन् । र, यहीबेला नेता भुसालले एकताको बहस छेडेकाे हुन सक्छ ।
वामपन्थी नेता वामदेव गौतम त अझ गत वर्षको चैतदेखि नै वाम एकताको पक्षमा छन् । उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् । समाजवादसम्मको राजनीतिक यात्राका लागि एकता आवश्यक रहेको उनको बुझाइ छ । तर, उनको अभियान प्रभावकारी भने छैन ।
गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा स्वतः खारेजमा परेको थियो । त्यसपछि कानुनी रूपमा दुई पार्टी अलग भएको हो । अलग हुँदाको राजनीतिक पृष्ठभूमि भने नेकपा हुँदा शक्ति बाँडफाँटलाई लिएर भएको तिक्तता र ओलीले ५ पुस २०७७ मा गरेको संसद् विघटन हो । राजधानीडेली डटकमबाट