मकवानपुर । बागमती प्रदेश सरकारकाले ३७ जना विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।
प्रदेश सरकारले विभूषण सिफारिस तथा सम्मान र पदक सम्वन्धी ऐन, २०७६ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ बमोजिम बागमती प्रदेशका ३७ जना सम्मानित गर्ने भएको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना प्रकाशित सम्मानित हुने ब्यक्तिहरुको नाम सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको सूचिमा नेपाल प्रहरी, नेपाली सेना, शैक्षिक ब्याक्तित्व, पत्रकार, समाजिक अभियान्ता लगाएतको क्षेत्रमा क्रियाशिल ब्यक्तिहरु रहेका छन् ।
सरकारले प्रदेश परोकार सेवा पदक बाट डाक्टर सन्दुक रुइत, राजाराम ठकुरी, रिता कार्की, शुसिल घिमिरे, इन्दिरा न्यौपाने, डाक्टर चन्द्रमणी अधिकारी, नव प्रर्वद्धक पदकबाट डाक्टर महाबिर पुन, प्राध्यापक डाक्टर दिनेश भुजु सहित, पत्रकारिता क्षेत्रबाट कौशल पाण्डे, प्रताप विष्ट, कृष्ण सारुमगर लगायत २२ वटा विधामा ३७ जनालाई सम्मान गरिने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्मानित हुने ब्यक्तिको नाम सार्वजनिक गरेको भएपनि सम्मान गर्ने मिति भने पछि तय गर्ने बताएको छ ।
हेर्नुहोस सम्मानित हुनेहरुको सुची
मकवानपुर । मनहरी गाउँपालीका गाउँ कार्यपालिकाकाे निर्वाचन भएकाे छ । आइतबार भएकाे निर्वाचनबाट गाउँ कार्यपालिकामा ६ जना सदस्य निर्वाचित भएका छन् ।
गाउँ कार्यपालीका सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ५ र नेकपा (माओवादी केन्द्र) बाट १ गरी ६ जना निर्वाचित भएका छन्। याे सँगै गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट महिला सदस्यमा मिरा खत्री ,सविता सुवेदी,सेतीमाया तामाङ र राममाया नगरकोटी निर्वाचित भएका हुन् ।
यस्तै दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट कान्छीमाया बोट र नेकपा माओवादी केन्द्रबाट चतुरकुमार सुनार निर्वाचित भएका छन् । निर्वाचित सम्पुर्ण महिला सदस्यहरुले समान ३९ मत प्राप्त गरेका थिए भने । दलीत तथा अल्पसंख्यकमा नेपाली कांग्रेसकी उम्मेदवार बोटले ४२ र माओवादी केन्द्रकका उम्मेदवार सुनारले ४० मत प्राप्त गरेका छन् ।
यो सँगै गाउँ कार्यपालीकामा नेपाली कांग्रेसको बहुमत पुगेको छ । कुल १८ सदस्य रहने मनहरी गाउँ कार्यपालीकामा नेपाली कांग्रेसका १ अध्यक्ष ६ वडाअध्यक्ष र ५ सदस्य गरी १२ सदस्य छन् । यस्तै माओवादी केन्द्रका १ उपाध्यक्ष ३ वडाअध्यक्ष र १ सदस्य गरी ५ सदस्य रहेका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्यमा ८ जना निर्वाचित भएका छन । निर्वाचित सबै नेकपा एमालेका हुन । आइतबार सम्पन्न मतदानबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका हुन् ।
निर्वाचित नगरसभा सदस्य ९७ जनाबाट ५ जना महिला र दलित तथा अल्पसंख्यक बाट ३ जना निर्वाचित गरि नगर कार्यपालिकालाई पुर्णता दिने कानुनी ब्यबस्था छ । हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट नेकपा एमालेको ५१ जना र गठबन्धन दल बाट ४६ जना सदस्य निर्वाचित भएका थिए ।
हेटौंडा उपमहानगरपालिकाको नगर कार्यपालिकाको महिला सदस्य एमालेबाट निर्वाचित ५ जनामा इश्वरी विश्वकर्मा(१) पातलीमाया गोङवा(१५), मञ्जु भुर्तेल(८), रुकमणी गोङवा (१२)र साधना श्रेष्ठ (१०) रहेका छन् । निर्वाचित ५ जनाले ५०/५० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी नगर कार्यपालिकाको लागि दलित वा अल्पसङ्ख्यकतर्फ ६ उम्मेदवार मध्ये ३ जना एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अर्जुनबहादुर राई, बीरबहादुर विश्वकर्मा र शंकर राई रहेका छन् । निर्वाचित सबैले क्रमश ५०/५० मत प्राप्त गरेका हुन् ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा गाउँ कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट कार्यपालिका सदस्यमा ६ जना निर्वाचित भएका छन । नेकपा माओवादी केन्द्रबाट ३, नेपाली कांग्रेसबाट २ र स्वतन्त्रबाट १ जना कार्यपालिका सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालय बकैयाले जनाएको छ ।
माओवादीबाट महिला सदस्यतर्फ दिपकुमारी विश्वकर्मा, राजकुमारी भोम्जन र दलित तथा अल्पसङख्यकमा लक्ष्मीमाया माझी निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यतर्फ कांग्रेसकी सावित्री सेराली र सरिता माया जिम्बा निर्वाचित भएका छन् भने दलित तथा अल्पसङख्यकमा स्वतन्त्रबाट लोकेन्द्र बहादुर माझी विजयी भएका छन् । यससंगै बकैया गाउँपालिकाको गाउँ कार्यपालिकाले पुर्णता पाएको छ ।
नेकपा एमालेले कार्यपालिका सदस्यमा महिला ४ र दलित तथा अल्पसङख्यकमा २ जनालाई उम्मेदवार बनाएको थियो । बकैयाको गाउँ कार्यपालिकामा कुनै पनि पार्टीको एक्कल बहुमत छैन । गाउँसभामा सबैभन्दा ठुलो दल बनेको कांग्रेसले आफ्नो बहुमत पुर्याउन सकेन । २० सदस्यीय कार्यपालिकामा कांग्रेस र माओवादीबाट ८–८, एमालेबाट ३, स्वतन्त्रबाट १ जनाको प्रतिनिधित्व रहनेछ ।
जहाँ बहुमतको लागि कम्तिमा ११ सदस्यको आवश्यकता पर्छ । गठबन्धन दल कांग्रेस र माओवादीको जोड्दा दुई तिहाई नै(१६ जना सदस्य) हुन्छ । बकैयाको ६२ सदस्यीय गाउँसभामा सबैभन्दा बढी नेपाली कांग्रेसको २८ जना, एमालेको २० जना र माओवादीको १४ जना प्रतिनिधि रहेका छन् ।
हालै सम्पन्न स्थानीय चुनावमा गठबन्धनबाट कांग्रेसले गाउँपालिकाको अध्यक्षसहित ५ वडाअध्यक्ष जित्दा माओवादीले उपाध्यक्ष सहित ४ वटा वडा जितेको थियो भने एमालेले ३ वटा जितेको थियो ।
मकवानपुर । बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने भएका छन्। पाँच दलीय सत्ता गठबन्धनबीच यसअघि भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्री बन्न लागेका हुन्।
स्रोतका अनुसार‚ प्रदेश सरकारले बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनेछन्। त्यसपछि बानियाँ नयाँ मुख्यमन्त्री बन्नेछन्। प्रदेश सरकारले असार १ गतेभित्र बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था छ।
सरकारको पदावधि एक वर्ष बाँकी रहँदा गत कात्तिक ११ गते नेकपा (एकीकृत समाजवादी) का पाण्डे मुख्यमन्त्री बनेका थिए। त्यस वेला आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो।
कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बानियाँले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने वेला भएकाले जिम्मेवारीको बाँडफाँड पनि यसै अनुरूप गरिएको बताए। उनले भने‚ “बजेट एउटाले ल्याउने र चुनावी सरकारको नेतृत्व अर्कोले गर्ने भन्ने जेन्टलमेन एग्रिमेन्ट भएको छ‚ यसै हुनेछ।”
एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले भने मुख्यमन्त्री फेरिनेबारे आफूलाई जानकारी नभएको बताइन्। “विगतमा भएको सहमति मलाई थाहा छैन, अहिले फेरिने कुरो पनि थाहा छैन‚” सिग्देलले भनिन्‚ “यो पार्टीको आन्तरिक कुरा हो।”
बानियाँ यसअघि पनि मुख्यमन्त्रीको होडमा थिए। नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेपछि तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्। त्यससँगै बानियाँ मुख्यमन्त्री बन्ने चर्चा थियो। तर‚ गठबन्धनको भागबन्डामा मुख्यमन्त्री एकीकृत समाजवादीको भागमा पर्यो। सोही अनुसार पाण्डे मुख्यमन्त्री भए।
प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एक सांसद छन्।
त्यस्तै एमालेका ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेपाल किसान मजदूर पार्टी र राप्रपाका एक-एक सांसद छन्। सरकार गठन गर्न ५५ सांसदको समर्थन चाहिन्छ।
himalkhabar.com बाट