मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको प्रेस युनियनको ९ औं केन्द्रिय महाधिवेशनमा उम्मेद्वार बन्नको लागि शुल्क धेरै निर्धारण गरेको भन्दै प्रतिनिधिहरुले बिरोध गरेपछि उम्मेदवारी दस्तुरमा हेरफेर गरिएको छ ।
नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर बारे बिरोध भएपछि घटाईएको निर्वाचन अधिकृत प्रविण हुँमागाईले बताए ।
नयाँ निर्णय अनुसार अध्यक्षको उम्मेदवारीको लागि २० हजार तोकिएको छ । बरिष्ट उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग संयोजकको उम्मेदवारी शुल्क अब १०/१० हजार मात्रै तिरे हुने भएको छ ।
यसैगरी केन्द्रीय सदस्य र केन्द्रीय लेखा समिति सदस्यको लागि ५/५ हजार मात्रै शुल्क लाग्ने भएको हो ।
यस अघि अध्यक्षको उम्मेदवारको लागि ३० हजार, वरिष्ठ उपाध्यक्षको लागि २५ हजार र उपाध्यक्षको लागि २० हजार दस्तुर तोकिएको थियो । यसैगरी महासचिवको लागि २५ हजार, उपमहासचिव,सचिव, केन्द्रीय लेखा समिति संयोजक र कोषाध्यक्षको लागि २०/२० हजार तथा केन्द्रीय सदस्यको लागि १५ हजार तोकिएको थियो ।
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारको आडमा आक्षेप लगाउने क्रम बढेको भन्दै युगले निष्पक्ष पत्रकारीता मागेको बताएका छन् । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रेस युनियनको केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको सभापति समेत रहेका देउवाले पार्टी शुभेच्छा संस्था नेपाल प्रेस युनियनको ९ औंं महाधिवेशन उद्घाटन गर्दै पत्रकारसँग देशको भविष्य जोडिएकोले प्रमाणको आधारमा र निष्पक्ष भएर कलम चलाउन अनुरोध गरे ।
प्रधानमन्त्री देउवाले पछिल्लो समय नियोजित रुपमै लान्छना लगाउने क्रम बढेको भन्दै निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउने धारणा बताए । ‘राजनीतिक स्थायित्वको बिषयमा पत्रकारिता जगतले कलम चलाउनुपर्ने आवश्यक छ । परिवर्तनका लागि भएको नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको छ ।’, देउवाले भने ।
कोरोनाकालमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनले स्मरण गरे । ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ । लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ ।’, उनले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको जनाए ।
प्रधानमन्त्री देउवाले निकट भविष्यमै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मिति तोकिने बताए । ‘हामी आमनिर्वाचनको तयारीमा छौं । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाइदिनुहुन अनुरोध गर्दछु ।’, प्रधानमन्त्री देउवाले भने ।
सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । नेपाल श्रीलंकाको बाटोमा जाादैछ भनेर अफवाह फैलाइएको भन्दै उनले यस बिषयलाई मिडियाले चिर्नुपर्ने बताए । ‘हाम्रो देशको अर्थतन्त्रमा केही समस्या छन् तर, श्रीलंकाको पथमा जाँदैन । नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ ।’, उनले भने ।
नेपाल प्रेस युनियन अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा महाधिवेशन भएको हो । नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुईहजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।
नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरण’ छलफल भएको छ ।
प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो । आफ्ना भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा भएको छलफलमा प्रचण्डले नयाँ पार्टीको नाम प्रस्ताव गर्दै थप निर्णयका लागि छिट्टै बस्ने सहमति गरेका छन् ।
माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।
भट्टराईबाहेक तीन पार्टीका शीर्ष नेताबीच दोस्रोपटक गत मंगलबार पार्टी एकीकरण’bout छलफल भएको थियो । छलफलमा तत्कालीन नेकपा सचिवालयमा रहेका पाँच अर्थात् बहुमत सदस्य सहभागी थिए ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरण’’ छलफल गरेका छन् । भट्टराईसँग छलफल गर्नुअघि प्रचण्डले माओवादी नेता श्रेष्ठसँग बिहीबार नै लामो छलफल गरेका छन् ।
आगामी निर्वाचनअघि नै नेपालका कम्युनिस्ट पार्टीबीच एकीकरण गर्नुपर्नेमा उनीहरू सहमत छन् । प्रचण्डले चार पार्टीबीच ‘हाललाई एकीकरण गरेर अगाडि बढ्न सकिने’ प्रस्ताव गरेपछि भट्टराई ‘आफ्नो समूहमा थप छलफल गरेर भेट्ने’ भन्दै छुटिएका छन् ।
‘केपी ओली अध्यक्ष रहेको एमालेस“ग अहिलेकै अवस्थामा एकीकरण गर्न सकिँदैन तर ओलीबाहेक चार पार्टीबीच तत्काल एकीकरण गर्न कुनै समस्या छैन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भने, ‘हामी चारै पार्टीको एजेन्डा तथा विचार मिल्ने भएकाले एकीकरण गरेरै अगाडि बढौं ।’
विद्यमान राजनीति र आगामी निर्वाचनका कारण एकीकरण गर्नुको विकल्प नभएको बताउँदै प्रचण्डले ‘छुट्टाछुट्टै हुँदा कमजोर हुने पछिल्लो परिणामले देखाइसकेको’ बताए । उनको भनाइमा भट्टराईसमेत सहमत रहेको र थप छलफल गरेर अगाडि बढ्ने प्रचण्ड सचिवालयले जनाएको छ ।
हालै, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख नेपालमा आएका बेलासमेत ‘कम्युनिस्ट पार्टीबीच एकीकरण’का लागि दबाब दिएका थिए । शीर्ष नेतासँग भेटघाट गर्दै चिनिया“ नेताले ‘पार्टी एकीकरणका लागि कडा दबाब दिएर’ स्वदेश फर्किपछि नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताबीच छलफल तीव्र भएको हो ।
यसअघि, प्रचण्डले कम्युनिस्ट पार्टीबीच एकीकरण विषयमा साझा मत व्यक्त हुँदै आएको बताएका थिए । शीर्ष नेताबीच भएको छलफलबाट उत्साही बनेका प्रचण्डले ‘छिट्टै सकारात्मक परिणाम सार्वजनिक हुने’ बताएका थिए ।
वामदेव गौतम संयोजक रहेको अभियान प्रवक्ता निमकान्त पाण्डेले ‘कम्युनिस्ट पार्टीबीच एकीकरण गर्ने, त्यो सम्भव नभए गठबन्धन हुनुपर्ने’ जोड आफूहरूको रहेको बताए । त्यसक्रममा विभिन्न चरणमा नेताबीच छलफल जारी रहेको उनले सुनाए ।
‘विचार मिल्नेस“ग आगामी निर्वाचनअघि नै एकीकरण, त्यो पनि नभए वामएकता गरेर अगाडि बढ्ने विषयमा छलफल भइरहेको छ,’ पाण्डेले भने, ‘एमाले अध्यक्ष केपी ओलीको दम्भ अझै घटेको छैन, एमालेबाहेकका सबै कम्युनिस्ट पार्टीबीच एकीकरण वा तालमेल गरेर अगाडि बढ्ने’ समेत छलफल भइरहेको छ ।’
तर, नेकपाभित्रै रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेता कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने पक्षमा उभिँदै आएका छन् । समयसमयमा भुषालले ‘एकीकरणका लागि पार्टीभित्र र बाहिर बहस’समेत गर्दै आएका छन् । राजधानी दैनिकबाट
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका देउवा पार्टी शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सभामा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजले बताए ।
उद्घाटन कार्यक्रममा देउवासंगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम आज ६ गते उद्घाटन सत्र र भोली ७ गते शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेसनको तयारी पुरा भएको युनियनले जनाएको छ ।
शुक्रबार बिहान मकवानपुर उद्योग वाणिज्य संघ अगाडीबाट प्रभातफेरी गरिदैं कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेसन कार्यक्रम सुरु हुने बताईएको छ ।
महाधिवेसनमा संघीय संरचना अनुरुप विधान संसोधन सहित निर्वाचन कार्यक्रम रहेको छ । देशभरबाट सोह्र सय भन्दा बढी प्रतिनिधिहरुको उपस्थिती रहेको युनियनले जनाएको छ । महाधिवेशनले ७५ सदस्यीय केन्द्रिय समिती निर्वाचित गर्ने छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा मकवानपुरबाट ४ जना मनोनीत भएका छन् ।
पार्टी केन्द्रिय कमिटीको आज बसेको बैठकले मकवानपुरका दिपक बहादुर सिङ, नवराज बिस्ट, रामहरि न्यौपाने र राम थोकर केन्द्रिय सदस्यमा मनोनीत गरेको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल भएको थियो । बैठक भोलिसम्म चल्ने बताइएको छ।