अमृत पाैडेल
मोरङ । मोरङ ३ का महिला पहिलो पटक महिला उम्मेदवार पाएकोमा उत्साहित भएका छन् । इतिहासमै पहिलो पटक महिला उम्मेदवार पाएको भन्दै माेरङ पथरीशनिश्चरे ८ का माहिलाहरू उत्साहित भएका हुन् ।
शुक्रबार चुनावी घरदैलो कार्यक्रमका क्रममा पथरीशनिश्चरे ८ स्थित मिलन चोकमा महिलाहरूको समूहले राप्रपाकी उम्मेदवार रेखा थापालाई स्वागत गरेका हुन् । यो क्षेत्र पहिलो पटक महिलाहरूको प्रतिनिधित्व गर्ने व्यक्ति पाएको आफूहरू उत्साहित रहेको उनीहरूले बताएका छन् ।
थापालाई स्वागत गर्न आएकी मन्जरा कार्कीले भनिन् ‘यो क्षेत्रमा यस अघी महिला प्रतिनिधि भएर कोही पनि आएको थिएन । पहिलो पटक आफ्नो प्रतिनिधि पाएको अनुभूति भएर स्वागत गर्न गएकी हुँ । पहिले पर्दामा मात्रै देखिएको थियो आज आफैँ हाम्रो ठाउँमा आउनु भएको छ । हामी उहाँलाई जिताउने अभियानमा लागेका छौँ ।’
त्यस्तै स्वागत गर्न आएकी अर्की महिला दुर्गा पोखरेल भन्छिन् ‘हामी महिलाहरू धेरै नै उत्पीडनमा परेका छौँ । पुरुष प्रतिनिधि आउँदा हामी हाम्रो समस्या सुनाउन पनि सक्दैनौँ । महिला नै प्रतिनिधि हुँदा आत्मीयताको महसुस गरेर उहाँलाई स्वागत गरेका हौँ ।’
थापाले महिलालाई तालिम दिने र क्षमता अनुसारको सिप सिकाउने प्रतिबद्धता जनाउँदै आएकी छन् । उनको यो अभियानले आफूलाई राहत मिलेको मन्जरा बताउँछिन् । ‘एक त हामी महिलाहरूलाई चुल्हो र घर धन्दाबाटै फुर्सद हुँदैन । त्यसमा पनि हाम्रा पढेलेखेकै दिदी बहिनीहरू पनि काम बिना त्यसै बस्न बाध्य छन् । अवसर सिर्जना गराइदिने जनप्रतिनिधि भइदिए हामी पनि आर्थिक रूपमा परिवारलाई सहयोग गर्न सक्छौँ ।’
नेपाली चलचित्रमा नायिकाकाे भूमिकाबाट ख्याति कमाएकी थापालाई मोरङ ३ मा महिलाहरूले दरिलो साथ दिँदै आएका छन् । निर्वाचनबाट उनकाे उपस्थिति संसदमा हुने नहुने भने मत परिणामबाटै छिनाेफानाे हुनेछ ।
मकवानपुर । नेकपा एमाले मकवानपुर निर्बाचन क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कमल थापाले एमाले अध्यक्ष केपी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने बताएका छन् ।
नेकपा एमाले निर्बाचन परिचालन कमिटीले हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा पदमपाेखरीमा आयाेजना गरेकाे प्रचार प्रसार कार्यक्रममा बाेल्दै राप्रपा नेपालका अध्यक्ष थापाले निर्वाचन पछी ओलीकाे नेतृत्वमा राष्ट्रबादी सरकार बन्ने उद्घाेष समेत गरेका छन् ।
मकवानपुरकाे बिकासमा याेगदान दिँदै आएकाे एमाले र राप्रपा नेपाल एकै ठाऊमा उभिँदा मकवानपुरकाे बिकासले गति लिने भएकै कारण आफू सुर्य चिन्हबाट उम्मेदवार बनेकाे थापाले बताए । ‘मुलुकमा राजनैतिक स्थायित्वका लागि पनि राष्ट्रबादी शक्ती एकजुट हुनु आबश्यक रहेकाे छ’ थापाले भने ।
कार्यक्रमका प्रदेश सभाका उम्मेद्वार एकालाल श्रेष्ठले एमालेका उम्मेद्वारहरू जिल्लाकाे बिकासकाे संकल्प बाेकेर चुनाबी प्रतिस्पर्धामा आएकाे बताए । चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार सहित एमालेका नेताहरू मतदाताकाे घरदैलाेमा पुग्दा दहि सगुन खुवाएर माला र खादाले स्वागत गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डाेरमणि पाैडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठले पदमपाेखरीकाे बिकासका लागि एमालेकाे नेतृत्वमै सरकार बन्नुपर्ने बताएका छन् ।
मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मिति नजिकिएसँगै मकवानपुरमा उम्मेदवारहरु घरदैलाे तथा काेणसभा तथा भेटघाटमा व्यस्त हुन थालेका छन् । कार्तिक १७ गतेबाट उम्मेदवार तथा राजनैतिक दलहरुले चुनाव प्रसार प्रचार गर्न पाउने भएपछि प्रचार प्रसार कार्यक्रम समेत तिव्र गर्दै लगेका छन् ।
२ प्रतिनिधि सभा तथा ४ प्रदेश सभा क्षेत्र रहेकाे मकवानपुरमा सत्तागठबन्धन तथा नेकपा एमालेकाे बीच प्रतिस्पर्दा हुने आँकलन गरिरहँदा दवै पक्षले प्रचार प्रसार व्यापक गर्दै गरेका छन् । चुनावी घरदैलाेमा स्थानीय मतदाताले उम्मेदवारसँग आफ्नाे क्षेत्रमा विकास निर्माण शिक्षा स्वास्थ्य लगायतका आधारभूत कुरामा सुलभ पहुँचकाे माग गरेका छन् भने उम्मेदवारहरुले समेत विभिन्न आश्वासन दिन थालेका छन् ।
प्रचार प्रसारकै क्रममा नेकपा एमालेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौलाले मनहरीको रजैया बस्ती बचाउन बाइपास सडक निर्माण गर्ने प्रतिवद्धता गरेका छन् । बर्ताैलाले आफू निर्वाचित भएमा रजैया बस्ती बचाउँदै बाइपास सडक निर्माणमा जोड दिने बताएका हुन् । मनहरीको रजैयामा नेकपा एमालेद्वारा आयोजित कोणसभा तथा भेटघाट कार्यक्रममा बर्तौलाले परजैया बस्तिलाई राप्तिखोलाबाट बचाउदै रजैयादेखि आश्रम क्षेत्रसम्म बाइपास सडक निर्नाणमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
यसैगरी नेकपा एमालेको निर्वाचन केन्द्रित कार्यक्रममै मनहरी ८, सिम्पानी स्थित टासी फुन्छ्योक छोइलीङ्ग गुम्बामा ६५ फिट अग्लो बुद्दको मुर्ति निर्माण गर्ने बताएका छन् । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती हुँदा सुरुवात गरिएको गुम्बामा पर्यटन क्षेत्र बिकास गरि पर्यटन भित्र्याउने, तामाङ भाषा, संस्कृति बिकासमा आफूले महत्त्वपूर्ण भूमिका खेल्ने बर्ताैलाले बताए । उम्मेदवार बर्तौलाले आफूले मनहरी राक्सिराङ्ग र कैलाश भेगमा अशिक्षा, गरिबी र बेरोजगारी रहेको बताउँदै शिक्षा, स्वास्थ्यको बिकास, युवा श्रम शक्तिलाई रोजगारीसँग जोड्ने, स्वरोजगार सिर्जना, सार्बजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने आफ्नो योजना रहेको प्रष्ट पारे ।
कार्यक्रमपछि रजैया आसपास र ज्यामिरेको केही क्षेत्रका स्थानीयसँग बर्ताैलाले भेटघाट समेत गरेका थिए । कार्यक्रममा क्षेत्र नम्बर–२ को प्रदेश सभा (ख) का उम्मेदवार लालबहादुर थापाले अन्य दलका उम्मेदवारलाई लक्षित गर्दै फिरन्ते उम्मेदवार भएर पाहुना बन्दै भोट मागेको बताए । थापाले आफू चेपाङ्ग र तामाङ्ग समुदायको बिचमा खाई, खेली हुर्केर जनताको सेवा गर्दै आइरहेको तथा तामाङ्ग र चेपाङ्गको जात्रा, संस्कार र संस्कृतिमा सहभागी भई संस्कृति जगेर्नामा लागेकाे समेत बताए । यसैले यस क्षेत्रबाट नेकपा एमालेले जीत हासिल गर्ने बताए ।
कार्यक्रममा एमाले मकवानपुरको नेता श्रीधर पोखरेलले एमालेको उम्मेदवार ३२ लक्षणले युक्त रहेको दावी गरेका थिए । पोखरेलले गठबन्धनका उम्मेदवारलाई इंगित गर्दै भोटे कुकुर पालेर गेटमा ठुला ताल्चा झुंड्याउने काजी साप जसरी बोरामा लुटेको धन बोकेर गाउँ पसेको आरोप लगाए । उनले मंसिर ४ गते जनताले सुर्य ध्वजाबाहक उम्मेदवारलाई जिताएर न्याय गर्ने र एमालेको सरकार निर्माण भइ पाँच बर्ष जनमुखी काम गरिने दावी गरे ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले भीमफेदिको निबुवाटारमा बन्दै गरेको रंगाशाला स्तरीकरणमा आफूले ध्यान दिने बताएका छन । राष्ट्रिय खेलाडी उत्पादन गर्नु पर्ने बताउदै नेकपा एमाले भीमफेदी ४ वडा कमिटीले आयोजना गरेको बैठकमा बर्तौलाले भने आफुले निर्वाचन जितेपछी रंगाशालाको स्तरीकरणमा ध्यान दिने छु।
बर्तौलाले रंगाशालाको लागि आवश्यक भौतिक पूर्वाधार र सबै व्यवस्थापनमा योजना बनाएर काम गर्ने बताए । बागमती प्रदेसमा अघिल्लो सरकार एमालेको हुंदा र पालिकामा एमालेको नेतृत्व हुंदा कामको सुरुवात भएको बताउदै उनले भने भीमफेदीको बिकासको लागि आवश्यक योजना रहेको छ । २ सय बिद्यार्थी अटाउने छात्रावास, प्रत्यक घरमा खानेपानीको सुनिश्चितता, चिसापानी गढि र मैत्री बगैंचाको पर्यटन व्यवस्थापन, होमस्टे, कृषि उधम लगायको क्षेत्रमा योजना बैक तयार गरेर काम गरिने बर्तौलाले बताए ।
कार्यक्रममा बोल्नुहुंदै संघीय निर्वाचन क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार बिष्णु प्रसाद ढकालले बिपक्षी गठबन्धनले नेपालको मौलिकता र सहिष्णुता भड्किने गरि जातको कुरा गरेको बताउदै एमालेले पनि प्रदेश सभामा समानुपातिक तर्फ बलराम बललाई उम्मेदवार बनाएको बताए । उम्मेदवार ढकालले आफू लामो समय पार्टी काममा भीमफेदिसंग जोडिएको बताउदै भने थाहानगर भीमफेदीसंग जोडिएकोले समृद्धिको लागि आफुले योजना बनाएर बिकासको काम जनता संग सल्लाह गरेर गर्ने बताए ।
कार्यक्रममा सहभागी पार्टिको नेता, कार्यकर्ता संग उम्मेदवार बर्तौला र ढकालले सुझाब लिएका थिए । उम्मेदवार द्वयले जनतासंग आफुहरुको मन गाँसिएको र आफ्नो गठबन्धन जनतासंग भएको बताउदै आफुहरु जनताले दिएको सुझाव अनुसार अघि बढ्ने प्रष्ट पारे । सहभागी कान्छी थापाले एमालेले चुनाब जितिसकेको बताउदै २०७४ मा जितेका बिरोध खतिवडा जस्तो गाउँ नफर्किने काम नगर्न आग्रह गरेकी थिइन् ।
मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश सभा (ख) का उम्मेदवार इन्द्रबहादुर बानियाँले गठबन्धनकै नेतृत्वमा अब आम जनताको अवस्थामा परिवर्तन आउने बताएका छन् ।
बिहीबार कैलाश गाउँपालिकामा भएको बृहत सभालाई सम्बोधन गर्दै कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले भ्रष्टाचार न्यूनिकरण गर्दै देश र जनतालाई आर्थिक समृद्धितर्फ लैजान गठबन्धनकै नेतृत्व आवश्यक भएको बताए ।
केपी ओली नेतृत्वको सरकारले २र२ पटक प्रतिनिधिसभा विघटन गरी समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, संविधान जस्ता महत्वपूर्ण उपलब्धी मास्न खोजेको भन्दै संविधानविरोधी तत्वलाई यो निर्वाचनबाट जरैदेखि उखेल्नुपर्ने उनले बताए ।
बानियाँले भने, ‘गणतन्त्र ल्याउने बेलामा लाखौँ जनता सडकमा हुँदा ओली कुनै आन्दोलनमा थिएनन्, बयलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु एकै हो भन्दै बसेका ओली सत्तामा रहँदा भ्रष्टाचार र विभिन्न घोटालामा संलग्न रहे ।’
४ वर्ष केन्द्र र प्रदेश सरकारको नेतृत्व गर्दा बजेट विनियोजनमा कैलाश गाउँपालिकालाई एमालेले उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनामा १८ करोड बजेट पूर्वाधार विकासमा विनियोजन गरिएको उनले बताए ।
कैलाश–९ लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन प्रचारप्रसार समितिका संयोजक भुवनसिं घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार विरोध खतिवडा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य जनक बर्तौला, कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ का संघीय सभापति लोकबहादुर मुक्तान, महासमिती समस्य उमा दाहाल, एकीकृत समाजवादी जिल्ला सदस्य अरुण बर्तौलालगायत नेताहरुको उपस्थिति रहेको थियो ।