मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले गरिब, निमुखा जनताको पक्षमा काम गर्ने बताएका छन । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँले गठबन्धनको सरकार बनेपछि गरिब निमुखा जनताको पक्षमा प्राथमिकता दिइने बताए ।
गठबन्धनले कैलाश गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बानियाँले गरिबमुखी, न्यायमुखी वातावरण सिर्जना गरी जनताको आधारभूत आवश्यकता पूरा गर्दै शिक्षा, स्वास्थ्य रोजगार, पूर्वाधार विकास, ग्रामिण विद्युतीकरण, खानेपानीलगायत जनहितका कामलाई प्राथमिकता दिइने बताए ।
उनले बागमती प्रदेशका गरिब निमुखा जनताको लागि ५ वर्षको अवधिमा १० हजार घर बनाएर हस्तान्तरण गरिने बताए । प्रदेशमा १० महिना गठबन्धनले सरकारको नेतृत्व गर्दा कैलाश गाउँपालिकाको पूर्वाधार विकासमा करोडौँ बजेट विनियोजन गरेको भन्दै आगामी दिनमा जनताको अवस्था सुधार गर्न गठबन्धनले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।
एमालेले साढे ३ वर्ष सरकारको नेतृत्व गर्दा सो क्षेत्रको विकास निर्माणको कामलाई उपेक्षा गरेको भन्दै उनले अब जनताले एमालेलाई विश्वास नगर्ने बताए । जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार गरेको भन्दै बानियाँले अबको निर्वाचनबाट जनताले प्रतिगमनकारीहरुलाई परास्त गर्ने बताए ।
गठबन्धनका कैलाश गाउँपालिका संयोजक तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका विभिन्न दलका नेताहरु ओमबहादुर घलान, गोविन्दराम चेपाङ, सन्त चेपाङ र सरु थापा, ललित बस्नेत, बालकुमार मल्ल, राजेन्द्र घिसिङ, टंकबहादुर मोक्तान, कांग्रेस नेता पदमबहादुर तितुङ, सीता पुलामी, लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले युवालाई स्थानीयस्तरमै स्वरोजगारकाे अवसर दिलाउने बताएका छन् । युवाहरु सामान्य रोजगारीका लागि पनि खाडी मुलुक जाने गरिरहेकाेमा अब स्थानीयस्तरमै स्वरोजगार बनाउने उनले बताए ।
मंगलबार मकवानपुरको पश्चिमि क्षेत्रमा चुनावी सभालाई संबोधन गर्दै बर्ताैलाले ‘स्थानीय स्तरमा युवा लक्षित बिभिन्न स्वरोजगार मुलक कार्यक्रम ल्याएर रोजगारीको सृजना गरिने बताए । मकवानपुरकाे मनहरी, हाडीखोला, राक्सिराङ गाउँपालिकामा भएकाे चुनावी प्रचार प्रसारकाे क्रममा उनले स्थानीय स्तरमा रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीलगायतकाे आधारभूत आवश्यककाे समस्या सधैको लागि समाधान गर्ने आश्वासन समेत दिएका छन् ।
यसैगरी मनहरी गाउँपालिका क्षेत्रमा निकुञ्ज तथा नदीकाे समस्या कानून संशोधन गरेर सधैका लागि हल गर्ने बताए । यस क्षेत्रमा सडक पूर्वाधारको समस्याका कारण सदरमुकाम आउन र जानका लागि समस्या हुन नदिने उनले दावी गरे ।
मकवानपुर । आसन्न निर्वाचनकाे प्रचार प्रसार गर्ने अवधी सकिनै लाग्दा मकवानपुरमा उम्मेदवारहरु मत आकर्षित गर्ने गरी प्रचार प्रसारमा व्यस्त छन् । चुनावी सभाहरुमा उनीहरुकाे भाषण आश्वासनले भरिएकाे हुन थालेकाे छ । प्रचार प्रसारमा जुन क्षेत्रमा पुग्याे त्यहीकाे मत आकर्षित हुने गरी उम्मेदवारहरु जनतालाई आश्वस्त पार्न खाेजिरहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा क का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु ले गठबन्धन सरकार बन्ने वित्तिकै पहिलो प्राथमिकतामा लालपुर्जा वितरण प्रक्रियामा सुरु गरिने बताएका छन् । मंगलबार बकैया गाउँपालिका वडा नम्बर २ तिनभंगालेमा आयोजित चुनाबीसभामा नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष छिन्तुले यस क्षेत्रमा अधिकांश जनता भूमिहिन भएकाले गठबन्धन सरकार बन्ने वित्तिक्कै आफुले लालपुर्जा वितरण प्रक्रियामा पहल गर्ने दाबी गरेका छन् ।
‘अहिले विभिन्न प्रलोभन देखाएर जनताको अधिकार लुट्न प्रतिगामीहरु सल्बलाएकोले बेलैमा चिनेर परास्त गर्नु पर्छ’ उम्मेदवार छिन्तु भने । अहिले सडक, कृषि , स्वास्थ्य , शिक्षा, रोजगारी लगायत क्षेत्रमा समस्या रहेको बताउँदै प्रदेश सरकारको पहलमा विकासको मूल फुटाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले मंसिर ४ गते हुने निर्वाचनमा मतदाता र बुथ सुरक्षाका लागि तयारी अवस्थामा रहन गठबन्धनका युवाहरुलाई निर्देशन समेत दिएका छन् । उम्मेदवार छिन्तुले मुलुकको विकास र समृद्धि गर्ने जिम्मेवारी लोकतान्त्रिक बाम गठबन्धनकै भएकाले भ्रममा नपरी गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह समेत गरेका छन् ।
गठबन्धनका बकैया वडा नम्बर २ का प्रचारप्रसार संयोजक अशोक जिम्बाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी बागमती प्रदेश सदस्य सुमन पाख्रिन, जिवन गोले र लक्ष्मी पाख्रिन, गठबन्धनका क्षेत्र नम्बर १ का प्रचारप्रसार संयोजक दामोदर खनाल र नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र केही समयकाे अन्तरालमा मकवानपुर २ पटक आएका छन् । लिङ्देनकाे मकवानपुर आगमन निर्वाचन कार्यक्रमकाे लागि भएकाेले मकवानपुरकाे चुनावी रौनक थपिएकाे छ ।
कात्तिक २४ गते बकैया गाउँपालिकामा आएर पार्टीका उम्मेदवार दिपक बहादुर सिंहलाई संसदमा पठाइदिन आग्रह गरेकाे ५ दिन पछी अभिनेत्री तथा काेइराला परिवारकी सदस्य मनिषा काेइरालाका साथ लिङ्देन मकवानपुरकाे कार्यक्रममा आएका हुन् । मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्रमै पार्टीले उम्मेदवार उठाएकाे छ तर राप्रपाले १ नम्बर क्षेत्रमा दीपकबहादुर सिंहलाई प्राथमिकतामा राखेको छ । लिङ्देन पुनः मकवानपुर आउनु सिंह जिताउने अभियानकाे हाे भनेर बुझ्न सकिन्छ ।
साेमबार हेटौडा उपमहानगरपालिका १३ मा पार्टीकाे आमसभामा अध्यक्ष लिङ्देनले भने ‘देशमा भएको गलत राजनीतिकाे विरुद्ध आगामी निर्वाचन हाे ।’ निर्वाचन हाम्रो भविष्य कस्तो बनाउने भन्ने निर्णय गर्ने दिन रहेको उनले बताए । लिङ्देनले अहिलेको निर्वाचन देशमा भइरहेको दशकौँदेखिको राजनीतिक अभ्यास, भ्रष्टाचारलाई संस्कृती बनाउने, सत्ताका लागि जे पनि गर्ने विरुद्धको निर्वाचन रहेको बताए ।
अहिले पटक–पटक सत्तामा पुगेका र जनताका लागि केही नगरेका नेताहरु फेरी पनि सत्तामा पुग्न अनेक उपाय लगाएर मत माग्न आइरहेको बताउँदै उनले अब जनताले यस कुराको मुल्याङ्कन गर्नुपर्ने बताए । लिङ्देनले भोट दिने कुरा छोरी दिने भन्दा ठुलोे कुरा रहेको समेत बताए ।
कात्तिक २४ मा लिङ्देन जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका आउँदा मनिषा काेइराला आउने चर्चा भए पनि उनी उपस्थित भएकी थिइनन् । मनिषाले सोमबार भने राप्रपाकाे हेटौँडाको कार्यक्रमलाई छाेटाे समय सम्बोधन गरिन् ।
काेइरालाले लिङ्देनलाई संकेत गर्दै नेपाल आमाले बल्ल सही नेतृत्व पाएको आफूलाई लागेको बताइन् । लिङ्देनप्रति आफूलाई विश्वास लागेर यहाँसम्म आइपुगेको उनले बताइन् । ‘म त्यो विश्वास खोज्न यहाँ उभिएको छु’ उनले भनिन् ‘आफ्नो अमूल्य मत सही, अलस र समक्ष मान्छे राजेर दिनुहाेस ।
काँग्रेस परिवारमा जन्मिएर भारतीय फिल्म क्षेत्रमा सफल अभिनय गरेका काेइरालाले वीपीको विचारलाई पनि लिङ्देनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध भएको बताइन् । गत शुक्रबार काठमाडाैकाे चुनावी सभामा राजेन्द्र लिङ्देनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारेकी थिइन् । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो ।
मकवानपुर । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ मा उम्मेदवार महेश कुमार बर्तौलाले स्थानीयलाई बषौ अघिदेखि पर्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मनहरी गाउँपालिकाकाे चुनावी कार्यक्रममा पालिकावासीलाई वषौअघिदेखि भाेग्दै आएकाे निकुञ्जको समस्या सधैका लागि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
बर्ताैलासहित क्षेत्र नम्बर–२ प्रदेश सभा ख का उम्मेदवार लालबहादुर थापाले निर्वाचनबाट आफूहरु संसद निर्वाचित भए पछि संघ र प्रदेशस्तरबाट आवश्यक कानून निर्माण गरी निकुञ्जकाे समस्या समाधान गर्न पहल गर्ने बताएका हुन् । निकुञ्जसँगै उक्त क्षेत्रमा राप्ती खोला र मनहरी खोलाका कारण स्थानीय वासिन्दाले दुःख पाउने गरेकाे भन्दै उम्मेदवारद्वयले खाेलाकाे समस्या समेत समाधान गर्ने बताएका छन् ।
मनहरीमा अयोजित सभामा नेपाली काँग्रेस लगायतका पार्टी परित्याग गरेर बिरेन्द्र डिसिको नेतृत्वमा ५० जना एमाले प्रवेश गरेकाे छन् । नेकपा एमाले मनहरी गाउँकमिटीले आयोजनामा भएको आमसभामा डिसि सहित ५० जना पार्टी प्रवेश गरेका एमाले मकवानपुरले जनाएकाे छ ।