मकवानपुर । बागमती प्रदेशको मन्त्रीपरिषद्ले विभिन्न १२ वटा निर्णय गरेकाे छ । मंगलबारकाे मन्त्रिपरिषद्काे बैठकले गाउँपालिकाले सिमाना हेरफेरकाे सिफारिस गर्नेदेखि लामाे समयदेखि संचालन हुन नसकेकाे प्रदेश सभाकाे बैठक बाेलाउनेलगायतका १२ वटा निर्णय गरेकाे हाे ।
बैठकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि संघीय सरकारमा पठाउने निर्णय गरेकाे छ । यसैगरी गत असार २० गतेपछि संचालन हुन सकेकाे प्रदेश सभाकाे बैठक बाेलाउने निर्णय गरेकाे छ । प्रदेश सभाको बैठक आगामी भदौ १७ गते दिनको १ बजेका लागि बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकाे बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरिएको श्रेष्ठले बताए ।
यस्तै प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गरेको छ भने प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्दार सेवा सम्बन्धी कार्यविधि–२०८० र प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता डा. भीम रावलबिच भेटवार्ता भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा ओली र रावलबिच डेढ घण्टाभन्दा बढी समय ‘वान टु वान’ छलफल भएको हो ।
भेटवार्तामा दुई नेताबिच विभिन्न विषयमा छलफल हुनुका साथै मन माझामाझ भएको बताइएको छ । चितवनको सौराहामा भएको एमालेको १०औं महाधिवेशनपश्चात् ओली र रावलबिच यो पहिलो भेटवार्ता हो । करिब २० महिनापछि भएको भेटवार्तामा मन माझामाझ भएको बताइन्छ ।
चितवन महाधिवेशनपश्चात पार्टी राजनीतिमा निष्क्रिय रहेका रावललाई पार्टीमा विशेष जिम्मेवारी दिनुपर्ने आवाज उठ्दैआएको छ । ओली र रावलबिच मुलुकको पछिल्लो राजनीति, पार्टीको आन्तरिक राजनीतिका साथै रावललाई पार्टीमा जिम्मेवारी दिने लगायतका विषयमा छलफल भएको छ ।
पार्टी राजनीतिमा निष्क्रिय रहेका रावल पछिल्लो एक महिनायता गृहजिल्ला अछामको पार्टी कार्यक्रममा सहभागी भएका थिए । ओलीसँग भेटवार्ता गरेका रावलले छलफल सकारात्मक भएको बताए । पार्टी, मुलुकको राजनीतिक अवस्थाका ’boutमा सकारात्मक छलफल भएको बताउँदै उनले फेरि पनि भेटवार्ता हुने बताए ।
‘धेरै लामो समयपश्चात हाम्रो भेटवार्ता भयो, हामीबिच भलाकुसारी भयो, एकले अर्काको के छ ? कस्तो छ भन्ने कुराकानी भयो, मुलुक र पार्टीको पछिल्लो राजनीतिक अवस्थाका ’विषयमा पनि छलफल भयो, एकअर्काको सोच र दृष्टिकोण राख्यौं,’ नेता डा. रावलले भने, ‘छलफल सकारात्मक भयो, हामी फेरि पनि कुराकानी गर्छौं, धेरै पछि कुराकानी भयो, सकारात्मक नै भयो ।’
रावल समसामयिक राजनीतिक एवं राष्ट्रिय विषयवस्तुका ’बारेमा टिप्पणी गर्दै चर्चामा आउने गरेका छन् । उनले विभिन्न विषयमा गर्ने गरेको टिप्पणी चर्चामा आउने गरेको भए पनि एमालेको कुनै जिम्मेवारीमा नरहेका रावललाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन ठोस जिम्मेवारी दिने ’boutमा समेत छलफल हँुदैआएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले अध्यक्ष ओली र पूर्वउपाध्यक्ष रावलका बिचमा मुलुक र पार्टीको पछिल्लो राजनीतिक अवस्थाका ’boutमा छलफल भएको बताए । साथै, एमाले पार्टी निर्माणमा सक्रिय हुने र ठोस जिम्मेवारीका ’boutमा समेत छलफल भएको गौतमले बताए । अहिलेको अवस्थामा पार्टीको काममा सक्रिय रूपमा लाग्ने विषयमा छलफल भएको बताउँदै गौतमले अन्य विषयमा समेत छलफल भएको बताए ।
एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले अध्यक्ष ओलीसँग रावल पराजित भए । एमालेको पूर्वउपाध्यक्षसमेत रहेका रावल ओलीको इच्छाविपरीत उम्मेदवारी दिएको भन्दै ओलीसहित उनीनिकटका नेताहरू रावलबाट असन्तुष्ट थिए । महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेको र ओलीको गलत काम तथा कार्यशैलीको आलोचना एवं कडा विरोध गरेका कारण उनले पार्टी राजनीतिमा कुनै जिम्मेवारी पाउन नसकेका हुन् ।
समयसमयमा डा. रावलले एमाले छोड्ने चर्चा पनि चल्नेगरेको छ । तर, उनले आफूले लामो समय पार्टी निर्माणमा योगदान पु¥याएको भन्दै एमालेमै एउटा सदस्यका रूपमा रहने बताउँदै आएका छन् । पार्टी राजनीतिमा ठोस जिम्मेवारी दिनका लागि रावलसँग एक चरणको वार्ता थियो । एमालेको १८ चैतमा भएको सचिवालय बैठकले रावलसँग वार्ता गर्नका लागि एक समिति गठन ग¥यो । पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा गठन भएको सो वार्ता समितिमा पार्टी सचिव लेखराज भट्ट र स्थायी कमिटीका सदस्य कर्णबहादुर थापा सदस्य तोकिएका थिए । वार्ता समितिमा रहेका तीनै जना नेताहरूसँग रावलको आन्तरिक सम्बन्ध त्यति राम्रो भने छैन ।
उपाध्यक्ष पौडेल नेतृत्वको वार्ता समितिसँग पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा एक चरणको वार्ता भयो । गत ३ वैशाखमा भएको सो वार्ता सकारात्मक भएको कुरा सार्वजनिक भयो । तर, दोस्रो चरणको वार्ता वा पार्टीमा जिम्मेवारी दिने कुराको टुंगो लाग्न नसकेको अवस्था ओली र रावलबिच भेटवार्ता हुनुलाई कतिपयले पार्टीमा जिम्मेवारी दिने विषयमा समेत छलफल भएको अनुमान गरेका छन् ।
एमालेले केही समयअघि चलाएको ‘मिसन ग्रासरुट’ अभियानका क्रममा उपाध्यक्ष पौडेल रावलको गृहजिल्ला अछाम पुगेका थिए । अछाममा उनले रावलको आलोचना गरेपछि कार्यक्रममै रावलका कार्यकर्ताले प्रतिवाद गरेका थिए । सुदूरपश्चिममा एमालेभित्र अझै बलियो मानिएका रावलको गृहजिल्लामै पुगेर पार्टी उपाध्यक्ष पौडेलले आलोचना गरेपछि पार्टीकै कार्यकर्ताले प्रतिवाद गर्दा त्यसपछि वार्ता समिति गठन गर्न एमाले बाध्य भयो । अछामको सो घटनापश्चात पौडेल र रावलका बिचमा केही दिन जुहारी नै चलेको थियो ।
सुदूरपश्चिम प्रदेशको विषय भएको र पार्टीको मिसन ग्रासरुट अभियानकै समयमा आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टीले सुदूरपश्चिममा खटाएका उपाध्यक्ष पौडेल र सुदूरपश्चिमकै भट्ट र थापा रहेको वार्ता समिति बनाइएको थियो । समिति गठन भएको दुई सातापश्चात सो समितिले रावलसँग वार्ता गरेको थियो । राजधानी दैनिकबाट
मकवानपुर । प्राकृतिक विपत्तिको समयमा जनताको अवश्यकतालाई सम्बोधन गर्न सत्तासिन नेपाली काँग्रेसले आग्रह गरेको छ ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको पीर मर्कामा सरकार चुप रहनु नहुने बताएका छन् । अविरल बर्षाका कारण बागमती प्रदेशमा भएको प्राकृतिक विपत्तिमा उद्धार तथा राहतका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले अपिल गरेको हो ।
प्रदेश सभापति बानियाँद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै राहतका लागि आग्रह गरेको हो ।
निरन्तर वर्षाका कारण पहाडी भू–भागमा पहिरो र नदीहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका नागरिक उच्च जोखिममा रहेको विज्ञप्तिमा उल्लेख छ ।
“बागमती प्रदेश सरकारले विपदको पूर्व तयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सम्भाव्य जोखिमबारे पुर्व जानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु जरुरी छ, यसका लागि प्रदेश सरकार अन्तरर्गतका निकायहरूलाई जोखिम क्षेत्रहरूको निगरानीका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नु आवश्यक छ”–विज्ञप्तिमा भनिएको छ ।
प्रदेशभर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, उचित राहतका साथै क्षतिपुर्ति प्रदान गर्न कुनै पनि कसर नराख्न र तयारी अवस्थामा रहन बागमती प्रदेश सरकारसँग नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले अपिल गरेको छ ।

काँग्रेसको विशेष अभियान समापन
नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियान समापन गरेको छ । समापन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा अभियानका मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाले काँग्रेस विगतमाभन्दा बलियो जनविश्वास लिएर अघि बढीरहेको दाबि गरिन् ।
कार्यक्रममा बागमती प्रदेश सदस्य मकवानपुर प्रतिनिधि कैलाश कोइरालाले पार्टीलाई जनस्तरमा अझै बलियो बनाएर लैजान अभियानको अवश्यकता रहेको बताए । मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० गतेदेखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरुबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढिकरणको लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाईएको प्रतिवेदन जिल्ला कमिटी, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए ।
केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले वडा, गाउँपालिका, क्षेत्रीय र संघीय तहको आन्तरिक विशेष अभियानबाट आएको सुझावसहितको प्रतिवेदन लिएर आफ्नो रायसुझाव र आफूले बुझेको संगठनको अवस्थाबारे प्रतिबेदन तयार पारी केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने छन् ।
कार्यक्रममा बागमती प्रदेशबाट खटिएका प्रदेश क्षेत्रीय प्रतिनिधिहरु देवकी गौतम, कृष्णकुमार श्रेष्ठ सिन्धुली, विवशकुमार वाइबा, कृष्णकुमार श्रेष्ठ चितवन, पूर्व सभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, जिल्ला सदस्यहरु, संघीयरप्रदेश सभापतिहरु, जिल्लाबाट वडामा खटिएका प्रतिनिधिहरु, गाउँपालिका वडा सभापतिलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । सरकारको अडानका कारण संसद बैठक चल्न नसकेको नेकपा एमालेले आरोप लगाएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारको जबरजस्ती अडानका कारण संसद बैठक चल्न नसकेको बताएका हुन् ।
सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसंग बर्तौलाले सुन तस्करीको जालो अन्त्य गर्न आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद बैठक चल्न नसकेको बताए । उनले एमाले संसदमा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको बताए ।
‘हामी यो संसद चलाउन चाहन्छौं । संसदमा कुनै पनि गतिरोध निर्माण नहोस् भन्ने चाहन्छौं । यो नेकपा एमालेको स्थायी मान्यता हो’ सचेतक बर्तौलाले भने, ‘सरकार यो संसद अवरोध गर्न चाहन्छ । संसदको भूमिकालाई निस्तेज पार्न चाहन्छ । संसदलाई प्यारालाईज गर्न चाहन्छ ।’
‘प्रतिपक्षले संसदमा उठाएको मागलाई नजरअन्दाज गर्ने, अनदेखा गर्ने, माग पूरा गर्दिन भनेर अनुचित अडान लिने एक प्रकारले भन्ने हो भने सरकार चाहीँ जब्बरजस्तीमा उभिएको अवस्था छ’ उनले भने ‘ सरकारको अनुचित र जबरजस्ती अडानका कारणले संसद सोमबार पनि अगाडि बढन सकेन । हामीले सभामुखलाई भनेको छौं–सदन सुचारु गरौं । सरकारलाई पनि आग्रह गर्यौ ।’
उनले हामीले उठाएको माग देशको हीतको पक्षमा भएको, जनताको माग सम्बोधन गर्ने प्रकृतिको भएको बताए । ‘सरकार साँच्चै यो देशमा भ्रष्टाचारलाई समाप्त पार्न चाहन्छ । तस्करको स्वर्ग नेपाल बन्ने जे परिस्थिति निर्माण भएको छ त्यसलाई अन्त्य गर्न चाहन्छ । तस्करको जालो अन्त्य गर्न चाहन्छ भने त प्रतिपक्षले उठाएको यो मागले त सरकारलाई सहयोग पुग्छ ।’ उनले भने
सचेतक बर्तौलाले एमालेले सदन सुचारु गराउन सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराइरहेको बताए ।
मकवानपुर । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको छ ।
सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशनको मिति हेरफेर गरेको हो ।
बैठकले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १0७ गते गर्ने निर्णय गरेको छ भने मधेश प्रदेशमा असोज ५ र ६ गते गर्ने तयारी गरेको छ ।
त्यसैगरी बागमती प्रदेशमा असोज ८ र ९ गते, कर्णाली प्रदेशमा असोज १० र ११ गते र कोशी प्रदेशमा असोज १२ र १३ गते अधिवेशन हुने भएको एमालेले जनाएको छ ।
गण्डकी प्रदेशको अधिवेशन भने असोज १५ र १६ गते हुने जनाइएको छ । असोज १९ र २० गते उपत्यका विशेष र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेशमा अधिवेशन हुने भएको पार्टीले जनाएको छ ।