मकवानपुर । हेटौंडामा सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स नकाउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ ले विजयी सुरुवात गरेको छ ।
पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा
हेटौंडा ८ स्थित औधोगिक क्षेत्रको खेल मैदानमा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा १८ लाई टाईब्रेकरमा हराउँदै हेटौंडा ७ ले विजयी सुरुवात गरेको हो । निर्धारित ४० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रकरबाट लिइएको थियो ।
टाईब्रकर ७ नम्बर वडाका लागी भरत तितुङ, बिनोद घिमिरे र अमर गुरुङले गोल गर्दा ७ रण संग्राम दुलालको पेनाल्टि प्रहार गोलपोष्ट भन्दा माथीबाट बाहिरिएको थियो । शनिवारको खेलको म्यान अफ दि म्याच ७ नम्बर वडाका रण संग्राम दुलाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत आइतबार चारवटा खेल हुने संयोजक सचिन जोशीले जानकारी दिए । भोली विहान साँढे ८ बजे हुने पहिलो खेलमा वडा नम्बर २ र ८, साँढे ९ बजे हुने दास्रो खेलमा वडा नम्बर ६ र १६, दिउँसो २ बजे हुने तेस्रो खेलमा वडा नम्बर १४ र १५ तथा चौथो तथा अन्तिम खेलमा ३ बजे वडा नम्बर ९ र १७ बीच खेल हुने छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरको २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६, १७ र १८ वडा गरी १३ वटा वडा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५ सय ५५ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबले जितेको छ ।
आज हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो । मनाङको जीतमा एकमात्र निर्णायक गोल रोशन रानामगरले गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका हुन् ।
उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भइ नगद १० हजार रुपैयाँ प्राप्त गरे । मनाङले उपाधिसँगै नगद १५ लाख र शेर्पाले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।
मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको थियो । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
दुबै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिडेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।

प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको रुपमा मनाङका दिप कार्कीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाएका छन् । माघ २८ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडामा जारी पाँचौ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ ।
फाइनको लागि दुई एडिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ। हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मनाङ र शेर्पाले उपाधिका लागि भिड्ने छन् । खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।
मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
यी दुबै टोली गोल्डकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । २०६४ सालबाट सुरु भएको गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लवले जितेको थियो । त्यसपछि नियमित हुन नसकेको यस प्रतियोगितालाई २०७६ सालबाट पुनः निरन्तरता दिइएको हो ।
खेलमा ७ वटा ए डिभिजन र एक अन्तराष्ट्रिय क्लबसहित १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल पाउने छन् । त्यसका लागि अघिल्लो दुई संस्करणमा झैं यस वर्ष पनि हेटौंडा स्कूल अफ म्यानेजमेण्ट एण्ड सोसियल साइन्सेसले प्रायोजन गरेको छ ।
मकवानपुर । हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को खेलमा मनाङ मर्स्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा आयोजकको मकवानपुर ११ लाई २–१ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जीतमा सुमित श्रेष्ठ र डिवान्डो ड्याङबोले गोल गरेका थिए ।
सुमितले ११ र डिवान्डोले ३९ औं मिनेटमा गोल गरेका थिए । साहिदले ५३ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच मनाङका कमल थापाले गोल गरे ।
मकवानपुरको लागि एक गोल साहिदले गरेका थिए । शनिबार हिमालयन शेर्पा र फ्रेण्डस क्लबबीच खेल हुनेछ ।
मकवानपुर । मकवानपुरको हेटौंडा–१८ ठूलोदमार स्थित मकवानपुर बाल विद्या सदनमा ‘वागमती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिता बारे जानकारी दिएको हो । हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू)को आयोजनामा फागुन ६ गतेबाट प्रतियोगिता हुन लागेको हो । संघका सदस्य एंव कार्यक्रम संयोजक सुदर्शन खतिवडाका अनुसार हेटौंडा–१८ को आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा प्रदेशभरका १५० खेलाडीहरु सहभागिता जनाउनेछन् ।
हेटौंडा–१८ का वडाध्यक्ष अनिलकुमार बाानियाले करिब २२ वर्षपछि हुन लागेको प्रतियागितालाई आउादो वर्षहरुमा पनि निरन्तरता दिन वडाले सहयोग गर्ने बताए । उनले प्रतियोगिताले बालबालिका देखि युवासम्मलाई खेलकुदमा समावेश गर्न र सही दिशामा मार्गनिर्देश गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ३० हजार रुपैयाा खर्च हुने आयोजकको अनुमान रहेको छ ।