मकवानपुर । हेटाैडाकी अम्बिका विश्वकर्माकाे मानिसले मानिस भई बाेलकाे गीतकाे म्युजिक भिडियाे युटुबमा सार्वजनिक भएकाे छ । विश्वकर्माकाे स्वर शब्द र संगीत रहेकाे सचेतना मुलक गीतलाई मिलन फिल्मस् पाेडक्टसन् प्रालिकाे युटुब च्यानलबाट सार्वजनिक भएकाे हाे ।
आशाकाजी श्रेष्ठकाे निर्देशनमा तयार गरिएकाे म्युजिक भिडियाे हेटाैडा उपमहानगरपालिकाकाे वडा न. १,५ र ९ मा खिचिएकाे गायिका बताउँछिन । स्थानीय कलाकारहरु दिल कुमार लामा, पुजा विश्वकर्मा, सुनिता विश्वकर्मा र राम लामा लगायतले अभिनय गरेकाे भिडियाेमा एरेन्ज अमृत ल्यागुन आप्फिया मल्टिक्रियशनकाे रहेकाे छ ।
झलझली क्रियशन हेटाैडाले निर्माण गरेकाे भिडियाेमा छाँयाकन सम्पादन विनाेद कुमार बाँनियकाे रहेकाे छ । अडियाे भिडियाे मिलन फिल्मस् पाेडक्टसन् प्रालिले तयार गरेकाे हाे ।
समाजकाे भेदभाव व्यवहारबाट याे गीत रचना गरिएकाे गायिका विश्वकर्मा बताउँछिन । छुवाछुत र भेदवाभ समाजमा गर्न नहुने सन्देश रहेकाे गीत उनकाे पहिलाे गित हाे । भविश्यमा अरु पनि गीत सार्वजनिक हुने क्रममा रहेकाे गायिका विश्वकर्माले जानकारी दिइन् ।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नं. ६ मा ९५ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी पार्टी हेटौंडा ६ काे वडा सम्मेलनमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी उनीहरु माओवादीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शनिबार भएको वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य एवं संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’, जिल्ला सचिवालय सदस्य प्रमिला पुलामी, हेटौंडा ४ वडा ईन्चार्ज लवराज ठकुरी, हेटौंडा ६ वडा ईन्चार्ज सोनी गुरूङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ईन्चार्ज विवेक राई, बकैया गाउँपालिका ईन्चार्ज लक्ष्मी पाख्रिन, जिल्ला सचिवालय सदस्यहरू जीवन गोले र लक्ष्मी माझी, जिल्ला सदस्य तारानाथ खतिवडा, हेटौंडा १२ वडा ईन्चार्ज भुवन खनाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी हेटौंडा कमिटी अध्यक्ष नमुना पाण्डे लगायतको आतिथ्य रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा बसकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको सिमपानीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
शुक्रबार राती १० बजे मनहरीबाट हेटौंडा आउँदै गरेको ना १६ प १८३५ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट हेटौंडा आउँदै गरेको ना ८ ख २८ १० नंबरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बसामाडीका प्रमोद कुमार लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएको लामाको उपचारको क्रममा मृत्यु भएको हाे । माेटरसाइकल चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाको आवशयक अनुसन्धान भईरहेको प्रवक्ता रिमालको बताए ।
मादक पदार्थ सेवन गरी ट्रक चलाउने चालक पक्राउ
यसै बीच मादक पदार्थ सेवन (मापसे) गरेर ट्रक चलाउने चालक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी चेकीङ टोलीले शुक्रबार राती हेटौंडा १० बाट १ जना ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५ ख ४६ ९३ नंबरको ट्रकलाई चेकजाँच गर्दा ट्रक चालक सिन्धुली कमलामाई ७ बस्ने ३८ वर्षीय कुमार भुजेलले मादक पदार्थ सेवन गरी लापारवाही पूर्वक ट्रक चलाएको पाइएकाेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । भुजेलमाथि आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
प्रीति आत्रेय ज्ञवाली
१.
कसले बोल्यो के पो गर्यो कसरी कहाँ भन्दा भन्दै
हिजो-आज-भोलि भन्दै दिन घट्दैछ गन्दा गन्दै
किन यहाँ व्यक्ति प्राय: अर्काको नै कुरा गर्छन्
आफ्नो खेत बाँझै हुन्छ अरूको खोइरो खन्दा खन्दै ।
२.
सानो छँदा बुवाले भनेका अघि बढेका कुरा सबै ताजा भए
उद्देश्य लिई सिँढीका खुड्किला चढेका कुरा सबै ताजा भए
हाम्रो निम्ति बुवा हजुरले दिनरात नभनी हाडछाला घोटेको,
आफैँ आमा बनी सन्तान पढाउँदा पढेका कुरा सबै ताजा भए ।
३.
खुशी ता व्यक्ति नै हुन्छ स्वतन्त्र भै रमाउन
बोझ ता उसले सोच्छ परतन्त्र निभाउन
तापनि हुन्छ यो तुष्ट बस्छ निर्भर नै भई,
मग्न भै कैद यो हुन्छ मोबाइल चलाउन।
४.
समय र परिस्थिति अनुसार बेला फेरिन्छ यहाँ
कहिलेकाहिँ समयको मागले भेला भईन्छ यहाँ
माया-सम्बन्ध-व्यवहारलाई मात्र स्वार्थले हेर्ने,
थरिथरि नियतका मानिसको फेला परिन्छ यहाँ ।
५.
छैन कुनै मोल आँसुको यहाँ कुनै बजारमा
त्यस्तै पाइन्न किन्न हाँसो यहाँ कुनै हजारमा
अमूल्य छन् दुवै आँसु-हाँसो भन्ने कुरा हजुर,
बिक्री हुन्न किन्न पाइन्न पानीजस्तो कुनै जारमा ।
बुटवल हाल न्होम पेन्ह, कम्बोडिया
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका छन् । बानियाँले आगामी मंसिर १६ र १७ गते हेटौंडामा हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका हुन् ।
कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको उनले बताए । ‘केवल निर्वाचनको लागि मात्र मेरो एजेण्डा होइन, बागमती प्रदेशलाई समृद्ध बनाउन ‘मास्टरप्लान’ बनाएर अघि बढ्ने छु ।’ उनले भने । एकपटक प्रदेश सभापति भएर काम गर्ने मौका दिन उनले प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा अनुरोध गरेका छन् । उनले भने ‘नेपाली कांग्रेसको इतिहासको सम्मान गर्दै नेताहरुको त्याग धैर्यता र निष्ठालाई शीरोपर गर्दै संविधानको रक्षा एवम् समृद्ध प्रदेश निर्माणका लागि मेरो उम्मेदवारी हो ।’
उनले आफु मकवानपुरको सभापति र प्रदेश संसदीय दलको नेताका रुपमा काम गरिसकेकोले अब प्रदेश सभापति भएर १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको उनले सुनाए । २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए ।