मकवानपुर । हेटौंडा-११ स्थित त्रिभुवन मावि नवलपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । छहारी युवा सेवा समाजको आयोजनामा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएकाे हाे ।
बाल रोग विशेषज्ञ डाक्टर हरि बहादुर खड्का डाक्टरहरू सगुन थापा , नेहा गुप्ता र अन्य स्वास्थ्यकर्मीको संलग्नतामा स्वास्थ्य परीक्षण गरिएकाे समाजका अध्यक्ष गाेकुल विडारीले बताए । शिविरमा २ सय ६५ जना विद्यार्थीहरूकाे स्वास्थ्य परीक्षणमा गरिएकाे थियाे ।
डाक्टर खड्काको प्रमुख आतिथ्यता र समाजकाअध्यक्ष बिडारीको सभाध्यक्षतामा भएकाे कार्यक्रममा शिविरमा संलग्न स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । सुदीप श्रेष्ठले सञ्चालन गरेका थिए शिविर कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारी, विद्यालयका शिक्षकहरुकाे उपस्थिति रहेकाे थियाे ।
मिना घिमिरे भट्टराई
१.
छैन रुप छैन कत्ती धन घमण्ड के मा गरौं
तिम्रो झै छैन सुखी जीवन घमण्ड के मा गरौं
तिमीबाट धोका हुन्न भन्ने एउटै घमण्ड थियो
टुक्र्याइदियौ तिमीले नै मन घमण्ड के मा गरौं ।
२.
तिम्रै निम्ति धड्किन्छ यो दिल यत्ती भन्न चाहेँ
तिमी बिना छ जिउँन मुस्किल यत्ती भन्न चाहेँ
रिसाउ ,झर्क या त तर्क जे सुकौ गर म संग
तिमी हौ मेरो आखिरी मन्जिल यत्ती भन्न चाहेँ ।
३.
अगाडी पछाडी दौडिने जीवन कहाँ पुगे होला
धरोधर्म म तिम्रै हुँ भन्ने मन कहाँ पुगे होला
अलबिदा भनी जाने निकै उचाईमा पुगेछन
बोल्दै नबोली गएकाहरु झन कहाँ पुगे होला।
४.
कराउन रुन छाडिदिए र त म बद्लिए
यी नयन छुन छाडिदिए र त म बद्लिए
मलाई आजभोली”म”मनैपर्दैन किन हो
म”म”जस्तै हुन छाडिदिए र त म बद्लिए।
मकवानपुर । मकवानपुर प्रहरीले अवैध काठसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सडकखण्डबाट ८८.६० क्युफिट सालको काठसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २४ वर्षीय सुशान लोप्चन र १८ वर्षीय सुदिप लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले आज (शनिबार) दिउँसो पक्राउ गरेको हो ।
हाडीखोला तर्फबाट बस्तीपुर चोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१– च १२६०नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई ल्याएको उक्त परिणामको काठ बरामद भएपछि निज गाडी चालक सुशान र गाडीमा सवारी सुदिपलाई पक्राउ गरेको प्रहरी निरीक्षक दासले बताए ।
उनीहरुलाई उक्त परिणामको काठ, पिकअप गाडीसहित नियन्त्रणमा लिई आवश्याक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाउने पहल भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) बागमती प्रदेशको मुख्य कार्यालय र मकवानपुर जिल्ला समितिकाे कार्यालय पुष ३ गते शनिबार हेटौंडामा उद्घाटन गरिएको छ । नेकपा समाजवादीको केन्द्रिय ईन्चार्ज राजु कार्की, बागमती प्रदेश इन्चार्ज इन्द्र प्रसाद तिमल्सिना, प्रवक्ता मान बहादुर तामाङ लगायतले संयुक्त रुपमा प्रदेश र जिल्ला कार्यालयको उद्घाटन गरेका हुन् ।
प्रदेश र जिल्ला कार्यालय उद्घाटन गर्दै केन्द्रिय संयोजक राजु कार्कीले ७ प्रदेश मध्ये पहिलो पटक हेटौंडामा प्रदेश कार्यालय स्थापना गरिएको बताए । ‘समाजवादी पार्टीले अब शान्तिपूर्ण लडाई लड्ने छ’ कार्कीले भने– ‘अबको चुनावमा नेकपा समाजवादी बैकल्पिक शक्तिको रुपमा उदाउने दावी गर्दछु ।’
नेकपा समाजवादी पार्टीले आजै बागमती प्रदेश र जिल्ला कमिटी समेत घोषणा गर्दैछ ।

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आगामी पुस २३ र २४ गते हुने भएकाे छ । एमाले मकवानपुरको सचिवालय बैठकले अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरेकाे हाे ।
अधिवेशन तयारीका लागि जिल्ला कमिटी बैठक पुस ७ गते हेटौंडामा गर्ने निर्णय भएको एमाले मकवानपुर अध्यक्ष बद्री लम्सालले जानकारी दिए । अधिवेशनका लागि १ हजार सदस्य प्रतिनिधि हुने अनुमान गरिएको छ । मकवानपुरको प्रत्यक स्थानीय तहको वडा स्तरबाट अधिवेशन प्रतिनिधि छनौट गरिने उनले बताए ।
सचिवालय बैठकले नेकपा माओबादी केन्द्रबाट एमलोमा प्रवेश गर्नुहुने कैलाशका नरेन्द्र रिजाल, थाहा नगरपालिकाका नारायण बल र अर्काे १ जनालाई जिल्ला कमिटी सदस्यमा राख्ने निर्णय गरेकाे छ । यस्तै बलराम बललाई भने एमाले बागमती प्रदेश कमिटीको सदस्य पदमा सिफारिस गरिएको सचिब एकलाल श्रेष्ठले जानकारी दिए ।