उत्सव चाैलागाईं
सिङ्गै मरुभूमि भिजाएर
तिमीले पसिनाको खेती गरेका रहेछौ
उता देशमा बागमती सुकिसकेको छ
कर्णाली दुखेसो कराउँछ एकोहोरो ।
प्रिय परदेशी
यता तिम्रो पसिनाको उमेर बगिरहेको छ
उता आमाको आँसुले पटुकी भिजिरहेको छ ।
छ न त उता देशमा पनि छ सरकार
कहिले कालो आउँछ
कहिले गोरो आउँछ
कहिले रेल भन्छ
कहिले एयरपोर्ट भन्छ
कहिले पानी भन्छ
कहिले एमसिसिको रटान लगाउँछ
तर साहिलीको सिउँदो बुझ्दैन
परदेशिएको पसिना फर्काउँछु भन्दैन
बाँझो खेत बनाउँछु भन्दैन ।
प्रिय परदेशी
खोकिलाबाट रातभर आएको आवाज
तिम्रा सपनाहरू लेखिएका
लामा गफका हरफहरू
प्रेमले सुम्सुमाएर हरेकरात
सिरानीमुनि राखेको मायालुको तस्विर
आमाको न्यायो घर बनाउने सपना
बालबचेराहरूका लागि
स्कुले अक्षर किन्ने सङ्कल्प
यी सबै धिमा गतिमा हिड्ने
उँटको डोबहरूमा देख्छु
सेकेण्डमा सयौँ तला पार गर्ने
लिफ्टहरूमा देख्छु ।
तिमीले यति सिङ्गारेका रहेछौ
तिमीले यति बनाएका रहेछौ
उता देश तिमीले जस्तो छोडेका थियौ
त्यस्तै छ ।
अगुवाहरू झुक्याउँछन् मात्र
केही गर्दैनन् ।
प्रिय परदेशी
अब उतै फर्कौँ देश
दु:ख सुख सहौँला
साइलीले तिम्रो बाटो हेरिरहेकी छ
आमाले हरेक रात सपनामा
तिमीलाई नै देख्नुहुन्छ
देशले तिमीलाई कुरिरहेको छ
साच्चै ! तिमीबिना देश रित्तो रित्तो छ
साच्चै! देशलाई तिम्रो खाँचो छ ।
हेटाैडा मकवानपुर
दुवै पुगेपछी गरिएकाे रचना
मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबार ३४ जनामा गरिएको कोरोनाको पीसीआर परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा अहिले ३४ जना कोरोनाको सक्रिय संक्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देश भर थप २ सय २० जनामा कोरोना पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याे सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २ सय ६३ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको छ भने ८ लाख ९ हजार १ सय ५५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेकाेमा ४ हजार ९ सय ६४ जना होम आइसोलेसनमा र २ सय ६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कवानपुर । हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरको नागरिक समाजका प्रतिनिधिको टोलीले बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री लामालाई अस्पताल सुधारका लागि ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लामाले हेटौंडा अस्पतालबारे आएका सुझावलाई कार्यान्वयन गर्दै अस्पतालको सेवामा सुधार गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा हेटौंडा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै नागरिकले गुणस्तरीय सेवा पाउने अवस्था सिर्जना गर्ने बताए । नागरिक समाजका प्रतिनिधिहरुलाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई औल्याएर सुधारका लागि सहयोग गर्न मन्त्री लामाले आग्रह गरे ।
नागरिक समाजकाे ध्यानाकर्षण पत्रमा हेटौंडा अस्पतालको स्तरोन्नती एवं क्षमता अभिबृद्धि गर्नुपर्ने, सबै खाले रोगको विशेषज्ञ सुविधासहितको सेवाको व्यवस्था गर्नुपर्ने, समयमा डाक्टरको उपस्थिति सुनिश्चित गर्नुपर्ने, बेवारिसे विरामीको उपचारको व्यवस्था मिलाउनुपर्ने, बनिरहेको भवन निर्माण सम्पन्न गरी चाँडै हस्तान्तरण गर्नुपर्ने, कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने, विमाको औषधीको राम्रो उपलव्धता हुनुपर्ने र टिकट वितरण प्रणाली व्यवस्थित र छरितो बनाउनुपर्ने माग गरिएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नागरिक समाजका तिर्थ थापा मगर, नारी संरक्षण केन्द्रका राम मिजार, डेक नेपालकका मानबहादुर वाईबा, पुजा वाईबा, पत्रकार सरिता दाहाल, रामकुमार दानी, दलित महिला संघकी मन्जु रोका लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा चयन भएका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि आईतबार बसेको पहिलो पुर्ण बैठकले लामालाई सचिव चयन गरेको हो ।
गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र सदस्यहरुलाई सामाजिक सजालमार्फत् धन्यवाद व्यक्त गरेका छन् ।
‘मलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेकोमा केन्द्रीय कार्यसमिति प्रति हार्दिक आभार प्रकट गर्दै मलाई दिएको जिम्मेवारीमा ईमान्दारीपुर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
गैरसरकारी संस्था महासंघ मकवानपुरको कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका लामाले मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष र बागमती प्रदेश अध्यक्षको भुमिका समेत निर्वाह समेत गरिसकेका छन् । २५ बर्षदेखी गैरसरकारी संस्थामा क्रियाशील लामा युवा सेवा समाज(युसेस) मकवानपुरको अध्यक्षको रुपमा क्रियाशील छन् ।
यसैबिच, मकवानपुरकी गैरसरकारी संस्थाकर्मी ईन्दिरा न्यौपाने गैरसरकारी संस्था महासंघको बागमती प्रदेश सहइन्चार्जमा चयन भएकी छिन् । पुस २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित ४७ केन्द्रीय सदस्यको पूर्ण बैठकले रुपमा जिम्मेवारी तोकेको थियो ।
गैरसरकारी संस्था महासंघको अध्यक्षतमा रामप्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्षमा ध्रुवदेव यादव, उपाध्यक्षमा हिम शर्मा र भावना भट्ट, महासचिवमा अर्जुन भट्टराई, उप– महासचिवमा उमेश विश्वकर्मा र राजेन्द्र शर्मा लगायत रहेका छन् ।
मकवानपुर । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटाैडाकी रश्मि बस्नेत निर्वाचित भएकी छन् । नेपाल जेसीजको ४८ औं महाधिवेशनमा बस्नेत उपाध्यक्षमा निर्वाचित भएकी हुन् । पोखरा जेसीजको आतिथ्यमा भएको महाधिवेशन अन्तर्गत उपाध्यक्ष पदमा एक मात्र महिलाको रुपमा उम्मेदवारी दिएकी बस्नेतले पाँचौं सर्वाधिक मत ल्याएर विजयी भएकी हुन् ।
१२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारहरुका बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा कुल १ हजार २ सय ६८ मत खसेको थियो भने बस्नेतले ९ सय ३३ मत प्राप्त गरेकी थिइन् थियो । राष्ट्रिय उपाध्यक्षमा निर्वाचित बस्नेत हेटौंडा लेडी जेसीज वर्ष २०१२ को अध्यक्ष हुन् भने वर्ष २०२१ को प्रमुख सल्लाहकार रहेकी छन् । यसै गरी नेपाल जेसीजको अध्यक्षमा लालमणि भण्डारी चयन भएका छन् ।
यसै गरी जेसीजकाे राष्टिय महाधिवेशनमा वर्ष २०२१ को Lom president of the year अवार्ड र समुदाय स्तरमा कार्य गरेकोमा outstanding community sector project area B अवार्डबाट जेसीआई हेटौडा लेडीलाई सम्मानित गरिएको छ। जेसीआई हेटौडा लेडीले गरेको कार्यहरुप्रति उच्च मुल्यांकन गर्दै उक्त अवार्डबाट सम्मानित गरिएकाे हाे ।