मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् ।
उनले गठवन्धन तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरि विजयी हुँदा उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५ हजर २ सय ९ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गर्दा एमालेकी पार्वती रानाले ५ हजार २ सय ९९ प्राप्त गरिन ।
राना १६ मतान्तरले पराजित भएकी छन् । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् ।
यसैगरी भीमफेदीको वडा नम्बर १ को वडा अध्यक्षमा काग्रेस, २ को वडा अध्यक्षमा एमाले, ३ को वडा अध्यक्षमा माओवादी, ४ को अध्यक्षमा एमाले, ५ को वडा एमाले, ६ को वडा अध्यक्षमा काग्रेस, ७ को वडा अध्यक्षमा काग्रेस, ८ को वडा अध्यक्षमा एमाले र ९ को अध्यक्षमा एमाले विजयी भएका छन ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नंबर ५ मा नेकपा एमाले विजयी भएको छ ।
थाहा ५ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार विष्णु बहादुर गुरुङ विजयी भएका हुन् ।
उनले नेकपा माओवादीबाट वडा अध्यक्षका उम्मेद्वार मान सिंह दोङलाई पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङ २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-३ मा नेपाली कांग्रेस विजयी भएको छ ।
मनहरी-३ मा कांग्रेस नेतृत्व प्यानलनै विजयी भएको छ। मनहरी-३ अन्तिम नतिजा अनुसार नेपाली काँग्रेसको तर्फ बाट वडा अध्यक्ष पदमा अनन्त अर्याल विजयी भएका हुन।
अर्यालले १ हजार ४२ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका सञ्जीव पाठकले ७ सय २० मत प्राप्त गरेका हुन।
वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन्।
मकवानपुर । हेटाैडा उपमहानगरपालिका वडा नम्बर १ मा नेपालीका कांग्रेसका सविन न्याैपाने अध्यक्षमा विजयी भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तरगत शनिबार विहानबाट सुरु भएकाे हेटाैडाकाे मतगणनाकाे आइतबार वेलुका प्राप्त मतपरिणाम अनुसार न्यौपानेले १ हजार ४ सय ४२ मत ल्याइ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उत्तमप्रसाद पौडेलले १ हजार ३ सय ११ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सुजन शाहीले २ सय ७ मत ल्याएका छन् । हेटौंडा-१ मा ३ हजार २ सय ९३ मत खसेको थियो।
न्याैपाने २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा पनि साेही वडाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
मकवानपुर । मकवानपुरकाे ईन्द्र सराेवर गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमाल विजयी भएकाे छ । ईन्द्रसराेवर ४ काे वडा अध्यक्षमा एमालेका उम्मेदवार चन्द्र कुमार बलले ८ सय ५ मत सहित निर्वाचित भएका हुन् ।
बलका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट माओवादीका उम्मेद्वार विष्णु बहादुर डिम्डुङ २ सय ५ मत मात्र प्राप्त गरे ।