मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ मा एमालेका वडा अध्यक्षका उम्मेदवार नरनाथ सुवेदी विजयी भएका छन् ।
केहिबेर अघि आएको मतगणनाको नजिता अनुसार सुवेदीले १ हजार ४२३ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका राम कुमार थापाले १ हजार २सय २ मत ल्याए । यसैगरि,वडा अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका प्रकाश लामा थोकरले ९ सय ६३ मत ल्याए ।
यसैगरि,हेटौंडा १९ को वडासदस्य पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ६ मा नेकपा एमाले विजयी भएको छ ।
बकैया ६ काे वडा अध्यक्षमा एमालेका उम्मेदवार फूल बहादुर भोम्जनले ८ सय ३४ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी सँगै वडामा एमालेकाे प्यानलै विजयी भएकाे हाे ।
यसैगरि,उनका निकटतम प्रतिस्पर्धीहरु नेपाली काँग्रेसका सेते मान बलले ५ सय ३६ र नेकपा माओवादी केन्द्रका बाग सिं भोम्जनले ४ सय ३९ मत प्राप्त गरे ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्र विजयी भएकाे छ । मनहरी ४ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा माओवादी केन्द्रका प्रकाश थापा विजयी भएका छन् ।
कुल १ हजार ५ सय ९३ काे अन्तिम मतपरिणाम अनुसार थापाले ५ सय ४१ मत ल्याइ विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय ८२ मत, एमालेले ३ सय ६२ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले ३३ मत ल्याएका थिए ।
त्यस्तै, पालिकातर्फ गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायमै राखेका छन् । गठबन्धनका रन्जन कालाखेतीले ६ सय ४ मत प्राप्त गर्दा उपाध्यक्षकी रेखा मगरले ४ सय ९९ मत प्राप्त गरिन् । एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले ३ सय ७९ मत, उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्ले ३ सय ५१ मत प्राप्त गरेकी छिन् । नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवारले ५७ मत, र उपाध्यक्षको उम्मेदवारले २ सय ६० मत प्राप्त गरेका छन् ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा गठबन्धनकाे अग्रता कायमै छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको छ ।
गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका दार्जे लामा नेकपा एमालेका अध्यक्ष उम्मेदवार विदुर हुमागाईं भन्दा १ हजार ५ सय ७३ मतले अगाडि रहेका छन् । उनले हालसम्म ३ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् भने हुमागाईंले २ हजार ६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी मानकुमारी पाख्रिनले एमालेका उपाध्यक्षकी उम्मेदवार सन्तु थिङ्लाई १ हजार ३६० मतले पछि पारेकी छिन् । पाख्रिनले ३ हजार २ सय ३६ मत प्राप्त गर्दा एमालेकी थिङले १ हजार ८ सय ७६ मत प्राप्त गरेकी छिन् ।
सोमबार बिहानसम्म गाउँपालिकाकाे ४ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाममा सवै वडामा नेपालीका काग्रेस विजयी भएकाे छ । अहिले वडा नम्वर ३ र ६ को मत गणना जारी छ ।
मकवानपुर । नेपाल विवेकशील पार्टीले मकवानपुर हेटौडा उपमहानगरपालिका १७ को मतदान केन्द्र सरसफाइ गरेको छ। विवेकशीलले हेटौंडा १७ स्थित लक्ष्मी आधारभूत विद्यालय मतदान केन्द्र सरसफाइ गरेको हो ।
पार्टीका जिल्ला अध्यक्ष नवीन विष्टको नेतृत्वमा नेपाल विवेकशील पार्टीका हेटौंडा १७ का उम्मेदवारहरू र सदस्यहरूको सहभागितामा मतदान केन्द्र सरसफाइ गरेको हो । लक्ष्मी आधारभूत विद्यालय मतदान केन्द्रमा रहेको पानीको बोतल र प्लास्टिकजन्य पदार्थ ८ बोरा संकलन गरेको गरेको अध्यक्ष बिष्टले बताए ।
सानो काम, ठूलो परिणाम (Small ACT, Big IMPACT) भन्ने नाराका साथ नेपाल विवेकशील पार्टीले सफाइ कार्य गरेको हो। “आज लक्ष्मी आधारभूत विद्यालयमा गरेको कामको निरन्तरता दिनेछौं। यस कार्यबाट प्रेरित भएर देशैभरका सबै टोलका युवाहरू सरसफाइ लगायतका अन्य सामाजिक काममा लाग्न आग्रह गर्दछु।” अध्यक्ष विष्टले भने।
सफाइ कार्यमा विद्यालयका सहयोगी अर्जुन चापागाईंले सहयोग गरेका थिए।
