मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा विजयी भएका मकवानपुरका ५ गाउँपालिकाका अध्यक्षले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।
पहिलो चरणमा ५ स्थानीय तहका अध्यक्ष क्रमशः भीमफेदी गाँउपालिकाका हिदम लामा, इन्द्रसरोबर गाउँपालिका देवकृष्ण पुडासैनी, राक्सिराङ गाउँपालिकाका राजकुमार मल्ल, मकवानपुर गढीगाउँपालिका दोर्जे लामा र बकैया गाउँपालिका धर्मराज लामिछानेले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् ।
उनीहरुलाई बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा सपथ ग्रहले पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । उनीहरुलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश डिल्लीरत्न श्रेष्ठले सपथ ग्रहण गराएका थिए । बाँकी स्थानीय तहका प्रमुखलाई दोस्रो चरणमा पद तथा गोपनियताको सपथग्रहण गराइने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
कानुनतः नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई मुख्य निर्वाचन अधिकृतले सपथ ग्रहण गराउनु पर्ने व्यवस्था रहेकाे छ । नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख तथा उपाध्यक्ष र सदस्यहरुलाई प्रमुख तथा अध्यक्षले पद तथा गाेपनियताकाे सपथ गराउनु पर्ने गरी व्यवस्था गरिएकाे छ । हाल सम्ममकवानपुरको ८ स्थानीय तहको अन्तिम नतिजा आएकाे छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेती र उपाध्यक्षमा सीता पुलामी मगर (रेखा) विजयी भएका छन ।
चुनावी गठवन्धनबाट नेपाली काग्रेसबाट अध्यक्षमा कालाखेती र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा मगर उम्मेदवार भइ निर्वाचित भएका हुन् । अध्यक्षमा काङ्ग्रेसका कालाखेतीले ९ हजार ३ सय ६६ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका प्रत्यासी तथा निवर्तमान अध्यक्ष एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । नेकपा (एस) ले १ हजार ६ सय १४ मत प्राप्त गरेको छ ।
उपाध्यक्षमा माओवादीका मगर रेखाले ७ हजार ४ सय ७० मत गर्दा नेकपा एमालेका सुजिता थिङले ५ हजार १ सय ३८ मत प्राप्त गरेकी छिन् । उपाध्यक्षका उम्मेदवार तथा निवर्तमान मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले २ हजार १ सय ४१ मत प्राप्त गरेकी छिन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा सत्ताधारी गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी मिना लामाले पछिल्लो समय लगातार आफ्नो अग्रता कायम राखेकी छिन् ।
यद्यपि नेकपाबाट मेयरका उम्मेदवार अनन्त पौडेलले पनि पछिल्लो समय आफ्नो मतान्तर घटाउंदै ल्याएका छन् । हेटौंडा वडा १४ को मतगणना सुरू भएसंगै एमालेले आफ्नो मतान्तर घटाउंदै ल्याएको हो । हिजो राप्रपा भन्दा ७३० मतले पछि रहेको एमाले अहिले जम्मा २५० मतले पछाडि छ ।
यता लामा र राप्रपाबाट मेयरको उम्मेदवार दीपक बहादुर सिंह बिचको मतान्तर भने बढेको छ । हिजो लामा र सिंह बिचको मतान्तर २ सय ९५ रहेकोमा आज पछिल्लो अपडेट अनुसार गठबन्धन ७ सय ७३ मतले अगाडि छ ।
हेटौंडाको १९ वटा वडाहरूमध्ये १,२,३,६,१६,१७,१८ र १९ को मत गणना सकिएको छ । हाल ४,५, ७,८,१४,१५ को मतगणना जारी छ । हालसम्म कुल ४३ हजार ३ सय ७० मत गणना सकिएको छ ।
पछिल्लो नतिजा अनुसार उपमेयरमा कांग्रेसका उम्मेदवार राजेश बानियाँले १९ हजार ४५१ मत ल्याउँदा एमालेको उम्मेदवार सुमित्रा काफ्ले १३ हजार ८७४ मत पाएकी छिन् । उपमेयरमा राप्रपाकी इन्दीरा डल्लाकोटिले ३ हजार १५३ मत पाएकी छन् ।
मकवानपुर । हेटौंडा उपमहानगपालिकाको वडा नंबर १४ मा नेकपा एमाले विजयी भएको छ । एमालेबाट वडा अध्यक्षका उम्मेदवार दीपक खड्का दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । आधाकारिक नतिजा नआउदै गठबन्धनबाट नेकपा माओवादीका उम्मेद्वार ज्ञानेन्द्र मुक्तानलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।
अन्तिम मत परिणाम नआउदै खड्काले प्राप्त गरेको मत मुक्तानले प्राप्त गरेको मतको अन्तर गणना हुन बाकी मत भन्दा बढी भएकोले खड्काको जित भएको हो ।