रुपा गौतम
१.
मनको दरिद्र दस बीस बोकेर मन्दिरभित्र पस्छ सधै
अशक्त भिखारी मन्दिर बाहिर कचौरा थाप्दै बस्छ सधैं
मूर्तिलाई घुस खुवाउने धनाड्य हरिप माग्नेहरुलाई देखेर
वास्तविक भिखारीको आँसु रित्तो झोलीमा तप्प खस्छ सधैं।
२.
घमण्ड गरेर ठूलो मान्छे बन्ने गरेकी छैन
कामलाई सानु ठूलो भन्ने गरेकी छैन
साना देखि ठूलाको म सधैं सम्मान गर्छु
मैं हूँ भन्दै हिँड्नेलाई चै गन्ने गरेकी छैन ।
३.
छोराछोरीलाई शिक्षा मात्र दिएर हुन्न संस्कार दिउँ
एकपल्ट हैन अर्ती उपदेश ए हजुर बारम्बार दिउँ
हुदैनन् पढेर मात्र ज्ञानी गुणी र असल कर्म गर्नेहरु
कदम कदममा होस राख्ने मन्त्रहरू हजार दिउँ ।
निजगढ बारा
मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोला जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पर्सा बीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको जीप आज साँझ ५ बजे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र ४ जना घाइते भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
८ जना सवार जीपमा घाइते भएकाहरुलाई हेटाैडा र काठमाडाैं उपचारका लागि पठाइएकाे हाे । दुर्घटनामा घाइते भएकाहरु मध्य हेटौंडा अस्पतालमा २ जना, चुरेहिल अस्पतालमा १ जना र १ जना काठमाण्डौं स्थीत ट्रमा सेन्टरमा उपचारकाे क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएकाे छ ।
घटनामा मृत्यु भएकाको पहिचान नखुलेको प्रहरीले बताएकाे छ । घाइतेमध्ये चालकसहित ३ जनाकाे हेटौंडा र १ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा दुर्घटना हुँदा ४ जना घाइते भएका छन । पुर्व पश्चिम राजमार्गअन्तर्गत मनहरीमा रोकिराखेको ट्यांकरसँग कार ठक्कर खाँदा ४ जना घाइते भएका हुन् ।
शनिवार विहान चितवनबाट हेटौंडा तर्फ आइरहेको प्रदेश ३-०१-०२४ च २९३१ नम्बरको कार सडकमा रोकिराखेको ट्यांकरसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा हेटौंडा–९ का योग्यराज सापकोटा र उनको परिवार रहेको छ ।
दुर्घटनामा घाइते भएका सबैको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा २ जनाको अवस्था गम्भिर र २ जनाको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ट्याङ्कर तथा चालकलाई नियन्त्रणमा लिइएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेकपा एमालेका फुर्वा दोर्जे लामा विजयी भएका छन् । शुक्रबार सार्वजनिक मत परिणाम अनुसार ९ सय ७२ मत प्राप्त गरी लामा वडाध्यक्षमा विजयी भएका हुन् ।
लामाका प्रतिस्पर्धीहरु नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रमेशद्वज कार्कीले ६ सय ८४ मत र नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार सन्तोष न्यौपानेले ३ सय ८ मत प्राप्त गरेका छन् । वडामा २ हजार ४ सय २२ मत खसेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को अध्यक्षमा ललित घलान विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मत गणनाकाे नतिजा अनुसार अनुसार, घलान २ हजार २ सय ७८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
घलान दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए । यस्तै, उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले १ हजार २ सय ७२ मत प्राप्त प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटीले १ हजार २ सय १६ मत प्राप्त गरेका छन् । हेटौंडा १२ मा ४ हजार ५ सय २५ मत खसेको थियो ।