प्रीति आत्रेय ज्ञवाली
१.
पार्टीभन्दा ठुलो व्यक्ति चाहा भयो
स्वतन्त्रमा उठेको मेयर आहा भयो
बल्ल बुझ्दै जनता खास कुरा के हो,
छैनन् जनता भेडा भन्ने थाहा भयो ।
२.
भोटले राम्रो चुन्यो कि नराम्रो त्यो त नतिजाले बताउनेछ
स्वस्तिकले शुभ लाभ भने नभनेको परिणामले जनाउनेछ
सही व्यक्तिको चुनाव भए देशको मुहार होला चिटिक्क,
के भनौँ अब यही नै आश नेपाल मेरो खुशीले रमाउनेछ ।
३.
अनुकूल हेरेर मात्र सम्बन्ध गाँसिन्छ अचेल
प्रतिकूल देखिन गए सम्बन्ध टाढिन्छ अचेल
अचम्म लाग्छ यो नापतौलको व्यवहार देख्दा,
राम्रै व्यवहारले पनि व्यक्ति च्याँठिन्छ अचेल।
४.
भन्छन् जीवन सुन्दर छ जिउन पो जान्नुपर्छ
हरेश-पीर-बाधाहरूलाई पिउन पो जान्नुपर्छ
पर्छ बेला बेलामा धुन-टक्टक्याउन-सुकाउन,
फाट्दा-उध्रिँदा जोड्न-सिउन पो जान्नुपर्छ ।
बुटवल हाल कम्बोडिया
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले यस वर्ष ४ स्रष्टा लाई सम्मान गर्ने भएको छ । हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्ष पनि प्रदान गरिने संगमले जनाएको छ ।
सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । रिमालका परिवारले अक्षयकाेष स्थापना गरेको सम्मानको राशी २० हजार एक रुपैयाँ रहेको छ ।
त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिने भएको छ । यस सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
यस्तै, हास्यव्याङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशी जनही १० हजार एक रुपैयाँ रहेको छ ।
साहित्यका विभिन्न क्षेत्रमा काम गर्दै आएको सङ्गमले साहित्यका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको संस्थाकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् । उनले जेठ २२ गते हेटौंडा–२ मा रहेको धार्मिक पर्यटकीय स्थल वनस्खण्डीमा हुने विशेष साहित्य कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरिने उनले बताइन् ।
मकवानपुर । बागमती प्रदेश सरकारकाले ३७ जना विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।
प्रदेश सरकारले विभूषण सिफारिस तथा सम्मान र पदक सम्वन्धी ऐन, २०७६ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ बमोजिम बागमती प्रदेशका ३७ जना सम्मानित गर्ने भएको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना प्रकाशित सम्मानित हुने ब्यक्तिहरुको नाम सार्वजनिक गरेको हो ।
सार्वजनिक गरेको सूचिमा नेपाल प्रहरी, नेपाली सेना, शैक्षिक ब्याक्तित्व, पत्रकार, समाजिक अभियान्ता लगाएतको क्षेत्रमा क्रियाशिल ब्यक्तिहरु रहेका छन् ।
सरकारले प्रदेश परोकार सेवा पदक बाट डाक्टर सन्दुक रुइत, राजाराम ठकुरी, रिता कार्की, शुसिल घिमिरे, इन्दिरा न्यौपाने, डाक्टर चन्द्रमणी अधिकारी, नव प्रर्वद्धक पदकबाट डाक्टर महाबिर पुन, प्राध्यापक डाक्टर दिनेश भुजु सहित, पत्रकारिता क्षेत्रबाट कौशल पाण्डे, प्रताप विष्ट, कृष्ण सारुमगर लगायत २२ वटा विधामा ३७ जनालाई सम्मान गरिने भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सम्मानित हुने ब्यक्तिको नाम सार्वजनिक गरेको भएपनि सम्मान गर्ने मिति भने पछि तय गर्ने बताएको छ ।
हेर्नुहोस सम्मानित हुनेहरुको सुची
मकवानपुर । मनहरी गाउँपालीका गाउँ कार्यपालिकाकाे निर्वाचन भएकाे छ । आइतबार भएकाे निर्वाचनबाट गाउँ कार्यपालिकामा ६ जना सदस्य निर्वाचित भएका छन् ।
गाउँ कार्यपालीका सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ५ र नेकपा (माओवादी केन्द्र) बाट १ गरी ६ जना निर्वाचित भएका छन्। याे सँगै गाउँ कार्यपालिकाले पूर्णता पाएको छ । आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट महिला सदस्यमा मिरा खत्री ,सविता सुवेदी,सेतीमाया तामाङ र राममाया नगरकोटी निर्वाचित भएका हुन् ।
यस्तै दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट कान्छीमाया बोट र नेकपा माओवादी केन्द्रबाट चतुरकुमार सुनार निर्वाचित भएका छन् । निर्वाचित सम्पुर्ण महिला सदस्यहरुले समान ३९ मत प्राप्त गरेका थिए भने । दलीत तथा अल्पसंख्यकमा नेपाली कांग्रेसकी उम्मेदवार बोटले ४२ र माओवादी केन्द्रकका उम्मेदवार सुनारले ४० मत प्राप्त गरेका छन् ।
यो सँगै गाउँ कार्यपालीकामा नेपाली कांग्रेसको बहुमत पुगेको छ । कुल १८ सदस्य रहने मनहरी गाउँ कार्यपालीकामा नेपाली कांग्रेसका १ अध्यक्ष ६ वडाअध्यक्ष र ५ सदस्य गरी १२ सदस्य छन् । यस्तै माओवादी केन्द्रका १ उपाध्यक्ष ३ वडाअध्यक्ष र १ सदस्य गरी ५ सदस्य रहेका छन् ।
मकवानपुर । १५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा उपन्यास मलिलो माटोको चर्चा हेटौंडामा गरिएको छ ।
सपना आचार्यले लेखेकाे ‘मलिलो माटो’ उपन्यास कृतिकाे समिक्षात्मक टिप्पणी मकवानपुरका प्राध्यापक तथा समालाेचक निषेश निखील, साहित्यकार हयग्रीव आचार्य र अनिता न्यौपानले गरेका थिए । उनीहरुले अर्घाखाचीँको सन्धिखर्कमा जन्मिएर बुटबलमा कर्मथलो बनाएकी आचार्यकाे उपन्यास कृतिकाे समिक्षात्मक टिप्पणी सँगै सुझावहरु दिएका थिए ।
नेपाल भारत विश्व मैत्री संघका राष्ट्रिय उपाध्यक्ष ज्योतिरत्न बज्रचार्यको अध्यक्षता तथा बुढ्यौली साहितय समाजका अध्यक्ष एंव वरिष्ठ हास्यव्यंगकार आरसी रिजालको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पुस्तक लेखक सपना आचार्य, संघका महासचिव किरण राज रेग्मी, केन्द्रीय सदस्य सुनील दाहाल, जिल्ला सचिव सरोज अधिकारी, कोषाध्यक्ष प्रविण मैनाली, प्रलेसका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष राजकुमार लामिछाने लगायत मकवानपुरका साहित्य व्यत्तित्व र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।