मकवानपुर । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले मकवानपुरले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ ।
एमाले केन्द्रिय कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम गरिएपछि जिल्ला पार्टी कार्यालय मकवानपुरमा शोक पुस्तिका राखिएको हो ।
नेम्वाङको निधनले पार्टीमा ठुलो क्षेति भएको नेम्वाङको निधनले सिङ्गो नेकपा एमाले मकवानपुर स्तब्ध भएको पार्टी अध्यक्ष एकालाल श्रेष्ठले शोक वक्तव्यमा भनेका छन् ।
“कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलन एवम् संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नु भएका कमरेड नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई अपुरणीय क्षती भएको छ, यस दुखको घडीमा मृतक कमरेड नेम्वाङ प्रति हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दीक समवेदना व्यक्त गर्दछौं” शोक वक्तव्यमा भनिएको छ ।
शोकलाई शक्तिमा बदल्दै धैर्यधारण गर्नुहुन सम्पूर्ण पार्टी पंक्तिमा श्रेष्ठले आह्वान समेत गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको बिहान १ बजे हृदयघातको कारण निधन भएको थियो।
हृदयघातपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो तर चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए
मकवानपुर । हेटौंडामा ‘दि एक्स’ ब्याण्डले सांगीतिक कार्यक्रम गर्ने भएको छ । दि एक्स’ ले आउँदो भदौ ३० गते शनिबार हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा सांगीतिक कार्यक्रम (कन्सर्ट) गर्ने भएको हो ।
मंगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको छ । नेपाल डाइरिजका प्रमुख सागर गजुरेलका अनुसार दि एक्सले पहिलो पटक हेटौंडामा सांगीतिक कार्यक्रम गर्न लागेको हो । कन्सर्टमा करिब ७ लाख खर्च हुने अनुमान गरिएको र टिकटबाट प्राप्त हुने रकमबाट खर्च कटाएर बाकी रकम आर्थिक अवस्था कमजोर भएको कारण पढाईमा समस्या भएका विद्यार्थीहरुलाई सहयोग गरिने गजुरेलले बताए ।
डाइरिज हेटौंडाका कार्यक्रम संयोजक समीर सापकोटाका अनुसार कन्सर्ट प्रवेश शुल्क टिकटदर प्रतिव्यक्ती एक हजार रुपैयाँ राखिएको छ । टिकटमा दर्शकलाई पेय पदार्थ निःशुल्क उपलब्ध गराइने ब्यबस्था समेत गरिएको छ ।
सांगीतिक कार्यक्रम (कन्सर्ट) शनिबार अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म जारी रहने छ । यस्तै स्थानीय कलाकार र ब्यान्डहरुको प्रस्तुति रहने कार्यक्रममा १ हजार भन्दा बढी दर्शकले सहभागिता जनाउने आयोजकको अनुमान गरेको छ ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न जरुरी रहेको औंल्याउँदै पार्टी वरिष्ठ नेता शेखर कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।
युवा नेता महतले हेटौंडा–२ स्थित पार्टी कार्यालयमा कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् । ‘अहिले पार्टी एजेण्डाविहीन अवस्थामा रहेको देखिन्छ । जसको कारणले गर्दा नेताहरुको भनाइ बाझिएको छ । त्यसकारण अब एउटै दृष्टिकोण कांग्रेसभित्र आवश्यक छ ।’, ज्ञपान पत्रमा भनिएको छ ।
महतले पार्टीभित्र आफ्न्तबाद हावी भएको बताए । ‘अहिले पार्टीभित्र आफ्न्त र आसेपासेले मात्र अवसर पाइरहेका छन् । जुन गलत हो । अब योग्यता, क्षमता र लगानीको आधारमा अवसर दिनुपर्छ ।’, महतले भने ।
उनले पार्टीका भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन गरी चलायमान गरी अगाडि बढाउन जरुरी रहेको औंल्याएक । ‘भातृ तथा शुभेच्छुक संगठनलाई वैधानिकतारुपमा गठन भएपछि संगठन निर्माण दरिलो रुपमा अगाडि बढ्नेछ ।’, ज्ञापनपत्रमा भनिएको छ,‘क्रियाशील वितरण प्रक्रियालाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।’
मकवानपुर । साहित्य सङ्गम मकवानपुर अध्यक्षमा डीबी बर्तौला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बर्तौलले ९७ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन ।अध्यक्षका प्रत्याक्षी पुरुषोत्तम आचर्यले ८१ मत प्राप्त गरे ।
शनिबार भएको संगमको १६ औ अधिबेशनबाट बर्तौताको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचनबाट चयन भएको हो ।
कोषाध्यक्ष र सहसचिव पदका उम्मेदवार भने निर्विरोध भएका छन । कोषाध्यक्षमा मनु तिमल्सिना र सहसचिवमा भावना तिमल्सिना न्यौपाने निर्बिरोध निर्वाचित भएका हुन ।
अन्तिम मत परिणाम हेर्नुहोस
अध्यक्ष
डिबि बर्तौला : ९७ (विजयी)
पुरुषोत्तम आचार्य : ८१
उपाध्यक्ष
एस के निधन : ५६
सानू खनाल :१२१ (विजयी)
सचिव
मनोज पोखरेल : ११० (विजयी)
यश लामा : ६७
सदस्यहरु
कुबेर परजुली:८३ (विजयी)
कृतिका लौडारी : ९९ (विजयी)
मिनप्रसाद लामिछाने : ७६
रजनी पौडेल : १२४ (विजयी)
बैकुण्ठ लामिछाने : ७५
सिएम रिमाल : ७९
स्वस्तिका बानियाँ : ११८ (विजयी)
कुल मत : २४४
खसेको मत :१८२
बदर मत : ३
मकवानपुर । थाहा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित भएका छन् ।
शनिबार भएको आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शम्भु सिं कार्की, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान, उद्योगतर्फको उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगततर्फको उपाध्यक्षमा राजेन्द्र बिडारी चयन भएका छन ।
यस्तै महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्की र सहकोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी उद्योगतर्फको सदस्यहरुमा राजन प्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट र हरेराम कार्की, वाणिज्यतर्फको सदस्यहरुमा अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्की, बलराम थापा, बिक्रम केसी, यादव जंग रायमाझी, जयराम खत्री केसी र यशोदा अधिकारी (महिला) तथा मोबाइल एसोसिएसन अफ नेपाल उत्तरी क्षेत्र समिति पालुङबाट सुबिन्द्रमान प्रधान बस्तुगततर्फको सदस्य चयन भएका छन् ।
संघका अध्यक्ष कविराज खत्रीको सभापतित्वमा तथा थाहा नगरपालिकाका मेयर विष्णु विष्टको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशन भएको थियो ।