१.
छोरो दौरा सुरुवाल,छोरी फरिया चोली आहा !
दशैँ टीका जमराले तिहारको रङ्गोली आहा !
मौसमसंगै फेरिई आउने हाम्रा राम्रा पर्वहरु
ऋतुराज वषन्तमा मनाउँ रङ्गिन होली आहा !
२.
रमाइलो पार्न आयो होली पहाड,तराई
एकै जाति नेपाली हौं छैनौैँ कोही पराई
सद्भावना,भाइचारामा मेची काली रम्दै
एकै बोली आयो होली तनमा रङ्ग भराई ।
सुर्योदय, लक्ष्मिपुर, इलाम
मकवानपुर । मकवानपुरकाे हेटौंडा ८ कमानेमा रहेकाे निलगिरी बाल समुहले रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । कालिकामाई टोल विकास सस्थाको सहकार्य रहेकाे कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन्।
१८ वर्ष भन्दा कम उमेरको बालबालिकाकाे समूहले आयाेजना गरेकाे कार्यक्रममा ३१ जना पुरुष र १० जना महिलाले रक्तदान गरेका थिए ।
बालबालिकालाई सामाजिक कार्यमा सहभागी गराउने तथा हेटौंडामा रगत अभावको कारण काेहि पनि बिरामी जाेखिममा नपरून भने उदेश्यले रक्तदान कार्यक्रम गरिएकाे बाल समुह अध्यक्ष सिमोन भट्टराई बताए । यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलने साथै र वडालाई बालमैत्री कायम गर्न सहयाेग पुग्ने उनले बताए ।
कार्यक्रमकाे हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, ८ नम्बर वडा अध्यक्ष रामकृष्ण थापा, जिल्ला रेडक्रस सोसाइटी मन्त्री सुमित्रा काफ्ले, कालिकामाई टोल विकास अध्यक्ष रामकृष्ण प्रसाद घिमिरे, वडा जनप्रतिनिधि, टोल विकास समन्वय समितिका बिष्णु अर्याल, बालमैत्री सहजकर्ता रोजिता दङ्गाल,टोल बिकास आमा समूह, निलगिरी बाल समूहका अभिभावक भिमसेन घिमिरेलगायतकाकाे कार्यक्रममा उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ७१ विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई ) मा सहभागी हुने भएका छन्।
मकवानपुरमा एसइई परीक्षामा नियमित तर्फ ५ हजार ७ सय ५०, प्राविधिक धार तर्फ २ सय ६४ जना विद्यार्थी सहभागी हुनेछन् भने एक्जाम्टेड तर्फ १ सय ४९ जना सहभागी हुनेछन् । नियमित, प्राविधिक तर्फ र एक्जाम्टेड गरी ६ हजार १ सय ७१ जना विद्यार्थी एसइई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरले जनाएको छ ।
आगामी चैत १५ गते बिहीबारबाट सुरु हुने एसइईको सम्पूर्ण तयारी पुरा भएको ईकाईले जनाएको छ। इकाईका अनुसार यस बर्ष हुने एसइई परीक्षाका लागि मकवानपुरका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका २६ वटा विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ। सामुदायिक तर्फ १ सय र संस्थागत तर्फ ३६ विद्यालय गरी १ सय ३६ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सामेल हुने भएका छन् ।
गत वर्ष २५ परीक्षा केन्द्र रहेकोमा प्रजा जागृति मावि राक्सिराङमा नयाँ केन्द्र थप गरिएको हो। मकवानपुरको कैलाश बाहेक सबै पालिकामा एसईई परीक्षा केन्द्र निर्धारण गरिएको इकाइले जानकारी दिएकाे हाे । परीक्षाको तयारी पुरा भइसकेको बताइएको छ ।

चितवन । लेखक मणि अर्यालको `फिर्ती´ उपन्यास सार्वजनिक भएको छ । कविवर गोविन्दराज विनोदी, लेखकका मातापिता पुरुषोत्तम अर्याल र हेमकुमारी अर्याल, समीक्षक उदय अधिकारी, प्रतिमा सिलवाल र लेखराम सापकोटाले पुस्तक विमोचन गरेका हुन् ।
भरतपुर-१०, चितवनमा जन्मिएका मणि अर्याल हाल बाँकेको खजुरामा स्थायी बसोबास गर्छन् । सफल गीतकारको परिचय बनाएका अर्यालका आधा दर्जनभन्दा बढी म्युजिक भिडियो युट्युबमा उपलब्ध छन् ।
आफ्नो पहिलो आख्यान फिर्ती पाठकसामु ल्याएका अर्यालको यसअघि कुटी निबन्धसङ्ग्रह प्रकाशित छ । गीत, निबन्ध र आख्यानमा कलम चलाउने अर्याल नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका सदस्य हुन् ।
समीक्षक उदय अधिकारी र प्रतिमा सिलवालले विभिन्न बाध्यतामा विदेशिएकाहरूको कथा समेटिएको फिर्ती सरल भाषामा लेखिएको ओजपूर्ण उपन्यास भएको बताए । कार्यक्रममा रमेश प्रभात, रेशम बिरही र सूर्यप्रकाश कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा कमिटीको पुर्नगठन गरिएको छ ।
मंगलबार भएको वडा भेलाले सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । पुनः घिमिरेकै अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन भएको हो ।
यस्तै कमिटी उपाध्यक्षमा दिलकुमारी थिङ, सचिवमा रामप्रसाद तिमल्सिना, उपसचिवहरुमा अशोक बजगाईं र शिवराज तिमल्सिना चयन भएका छन् । अध्यक्ष घिमिरेको सभाध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बलराम बलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।
भेलामा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, एमाले मकवानपुर सचिवालय सदस्य तथा मकवानपुरगढी गाउँपालिका ईञ्चार्ज बिदुर हुमागाईं, एमाले मकवानपुर सचिवालय सदस्य मेम्बर लो, एमाले मकवानपुरगढी गाउँपालिका अध्यक्ष रामजी सापकोटा, अनेरास्ववियु मकवानपुरगढीका प्रभास घिमिरेलगायतको उपस्थिति थियो ।
एमालेले मकवानपुरका ८ वटा वडामा पार्टी कमिटी पुर्नगठन गरिसकेको छ ।