‘महिला शसक्तिकरणमा भएको लगानीको समीक्षा हुनु पर्छ’ मन्त्री मुक्तान
Tags: No Comments
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन सुरु भएको छ । सोमबारबाट सुरु सम्मेलनको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेकी छिन् ।
सम्मेलनको उद्घाटन गर्दै मन्त्री मुक्तानले ‘महिला शसक्तिकरणको क्षेत्रमा भएकाे लगानीको समीक्षा हुनु पर्ने बताइन् । ‘महिला उद्यमशीलता क्षेत्रमा स्थानीय, प्रदेश तथा संघीय सरकारले लगानी गरेका छन्’ मन्त्री मुक्तानले भनिन् ‘महिला शसक्तिकरणकाे कार्यमा लगानी भएकाे छ तर व्यवस्थित भयाे भएन समीक्षा हुन जरुरी छ ।’
समाजले महिलालाई साेच्ने र बुझ्ने तरिका फरक छ त्याे सबै साेचलाई जितेर अघि बढ्नु परेकाे उनले बताइन् । महिलाले घर भन्दा बाहिर निक्लदा नेपाली समाजले अझै नकारात्मक सोच्ने प्रवृत्ति छ संस्कृति अझ पनि समाजमा रहेको उनको धारणा रहेको थियो । ‘पारिवारिक, सामाजिक संस्कार सबैलाई जितेर सीप सिक्दै अगाडि बढनु पर्ने अवस्था रहेकाे छ’ उनले भनिन् ‘महिलालाई उद्यमी बन्न पैतृक सम्पत्ति र अन्य आर्थिक स्राेत नहुदा थप संघर्ष गर्नु पर्छ ।’ सरकारले दिएकाे अनुदानलाई व्यवस्थापन गर्न गारो भएको महिला उधमीकाे गुनासाेलाई सामान्यिकरणका लागि अभिमुखीकरण आवश्यक रहेकाे मन्त्री मुक्तानले बताइन् ।
उद्यमशीलतासंग सम्बन्धित सबै महिला सिपमा दक्ष हुनुपर्ने उनले बताइन् । उनले महिला दक्ष भए स्थानिय स्राेत साधनलाई प्राथमिकता दिने र बजारीकरणमा ध्यान दिइने गरेको बताइन् । ‘महिलाले संचालन कुनै पनि उघममा बेइमानी छैन’ उनले भनिन् ‘महिला संचालक भएको सहकारीले ठगेर हिडेकाे सुनिन्न ।’ हामीलाई हार्न छुट नभएको उनको भनाई थियो ।
सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका २८ उद्योग बाणिज्य संघका उधमी महिलाहरुकाे हातले बनाएका विभिन्न सामाग्री सहित सहभागिता रहेकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिकाे संयाेजन तथा बागमती प्रदेश महिला उद्यमी विकास समिमि, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय,उद्योग वाणिज्य तथा उपभोक्ता हित संघ निर्देशनालय हेटौंडाकाे आयाेजनामा सम्मेलन भएको हो।
सामाजिक विकास मन्त्री कुमारी मुक्तानकाे प्रमुख आतिथ्यता तथा नेपाल उधाेग वाणिज्य महासंघ बागमती प्रदेश सचिव राजेन्द्र कुमार केसीकाे सभाध्यक्षता भएको उद्घाटनमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महिला उद्यमी समिति बागमती कार्यकारी सदस्य गिता अमात्य, कार्यक्रम संयाेजक मेनुका श्रेष्ठ लगायतको उपस्थिति रहेकाे थियो ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बैठकले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको थियाे ।
प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिए । बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिन लिने गरी प्रदेश सभामा दलका सचेतक रत्न ढकालले प्रस्ताव दर्ता गराएका छन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेका छन् ।
मकवानपुर । नेपाल हृदयराेग निवारण प्रतिष्ठान मकवानपुर सभापतिमा विजयकुमार वैद्य चयन भएका छन् । शनिबार हेटौडामा भएकाे प्रतिष्ठान मकवानपुर शाखाकाे १८ ओैँ बार्षिक साधारण सभा तथा अधिवेशनले वैद्यकाे अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे हाे ।
अधिवेशनले प्रतिष्ठानकाे उपसभापतिमा ध्रुव भुजेल, सचिवमा प्रल्हाद घिमिरे, काेषाध्यक्षमा अनिता न्याैपाने, सहकाेषाध्यक्षमा निर्मला व्लाेन, सदस्ययहरुका त्रैलाेक्य माेहन ठिके, कृष्णगाेपाल बर्ताैला, पम्फा बानियाँ लगायत रहेका छन् ।
साधारण सभा तथा अधिवेशनलाई सम्बाेधन गर्दै सामाजिक विकास मन्त्री कुमारी मुक्तानले मकवानपुर जिल्ला विगतकाे इतिहासमा टेकेर धेरै अघि वढिसकेकाे बताइन् । ‘मकवानपुर जिल्ला ड्राइभरहरुकाे जिल्ला भनेर चिनिन्थ्याे तर स्वास्थ्य क्षेत्रमा फड्काे मारेकाे छ’ उनले भनिन् ‘हाल जिल्लामै विश्वविधालय स्थापनाकाे लागि प्रक्रियागत रुपमा अघि वढेकाे छ ।’
मुक्तानले जिल्लामा मुटु अस्पताल बनाउने साेच रहेकाे र त्याे पुरा गर्ने बताइन् । उनले सरकारी नेतृत्व तहमा रहेकाे बेला हाेस या नभएकाे बेला आफूले निरन्तर सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरिन् ।
हेटौंडा शाखा सभापति हरिवंश भेटुवालकाे सभाध्यक्षता तथा सामाजिक विकास मन्त्री मुक्तानकाे प्रमुख आतिथ्यतामा भएकाे साधारण सभा तथा अधिवेशनमा जिसस प्रमुख ललित बहादुर घलान, संविधान सभा सदस्य प्रहाल्द लामिछाने, नेपाल हृदयराेग निवारण प्रतिष्ठान बागमती प्रदेश संयाेजक भाेजराज पौडेल, प्रतिष्ठानका सल्लाहाकार तथा विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष ह्याग्रिव आचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले राजबाबु पहाडी र शोभा शाह थापाको संयुक्त मुक्तकवाचन कार्यक्रम गरेको छ । शनिबार मञ्चकाे १५ औं नियमित वाचन श्रृङ्खलामा पहाडी र थापाले मुक्तक सुनाएका थिए ।
कार्यक्रममा मुक्तककारद्वयले ६/६ मुक्तक वाचन गरेका थिए । पहाडी र थापाका मुक्तकमाथि साहित्यकार देवराज तिवारीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा स्रस्टाहरूलाई मायाको चिनो तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथमा तुलसी घिमिरे, पुरूषोत्तम आचार्य, भवानी तिमल्सिना, स्वस्तिका बानियाँलगायतले मुक्तक वाचन गरेका थिए ।
मञ्च अध्यक्ष सागर तिमल्सिनाको अध्यक्षता, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको प्रमुख आतिथ्यता भएकाे कार्यक्रमलाई सचिव सुवास सजलले सहजीकरण गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शनिबार एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गर्दै सरकार विस्तार गरेका हुन् ।
योसँगै सत्ता साझेदार दल एमाले बागमती सरकारमा सहभागी भएकाे छ । थपलियाले शनिबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गाेपनियताकाे सपथ लिएका छन् । केन्द्रमा बदलिएकाे सत्ता समिकरण अनुसार मुख्यमन्त्री जम्कट्टेलले बागमती सरकारमा साझेदार दल एमालेलाई सहभागी गराएका हुन् । १९ गते विश्वास मत लिने तयारी गरेका उनले सत्तामा सुरक्षित बन्न यस अघि २ सांसद रहेको हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
बागमतीमा थपलिया दोस्रोपटक मन्त्री बनेका हुन् । यसअघि २०७९ साल पुस २६ गते मुख्यमन्त्री जम्कट्टेलले थपलियालाई आर्थिक मामिला मन्त्री नियुक्त गरेका थिए । गठबन्धनमा फेरबदल आएसँगै थपलिया करिब ३ महिनामै सरकारबाट बाहिरिएका थिए । २०७९ चैत १० मा राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अबसर पाएका हुन् ।
१९ चैतमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् थप विस्तार हुने बताइएकाे छ । एमालेले नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये ५ वटामा दाबी गरेको छ । शुक्रबार काँग्रेसले छाडेकाे संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालकाे जिम्मेबारी हाम्रो नेपाली पार्टीका बज्राचार्य दिइ सरकार विस्तार गरिएकाे थियाे ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयसमेत १२ मन्त्रालय रहेकाे बागमतीमा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूवार्धार विकास मन्त्रालय र सामाजिक विकास गरी ४ वटा मन्त्रालय, नेकपा (एकीकृत समाजवादी) ले श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जिम्मेवारी सम्हालिरहेकाे छ ।
प्रदेश सरकारकाे आलोपालो नेतृत्व गर्ने सहमतिपछि एमालेले सरकारमा सहभागी भएकाे बताइन्छ । एमालेले बागमतीमा एक वर्षपछि सत्ताको नेतृत्व गर्ने सहमतिपश्चात सरकार सहभागी भएकाे एमालेले दाबी गरेकाे छ । एमाले स्रोतका अनुसार मुख्यमन्त्री जम्कट्टेलले एक वर्षपछि सरकारको नेतृत्व छाडेर एमालेलाई सहयोग गर्ने सहमति गरेका छन् । बागमतीको नेतृत्वमा समाजवादीले पनि दाबी गरिरहेको अवस्थामा तीन दलबीच भने त्यस्ताे विषयमा सहमति भइ सकेकाे छैन ।
काे हुन् थपलिया?
विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका जगन्नाथ थपलिया गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित भएका हुन । चितवनका पुराना कम्युनिस्ट नेता स्व. जागृत प्रसाद भेटवाल ( जेपी) को झल्को मेटाउने थपलिया ‘जेएन’ उपनामले पनि परिचित छन् ।
थपलिया बुवा धर्मानन्द थपलिया र आमा प्रेममाया थपलियाकाे सन्तानकाे रुपमा २०१३ साल साउन २० गते जन्मेका हुन् । २०२८ सालमा दोलखाको खिमावती माविको स्ववियु सचिव बनेर विद्यार्थी राजनीतिमा उदाएका थपलिया २०३१/२०३२ सालसम्म आइपुग्दा तत्कालीन कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्रमा आवद्ध भएका थिए ।
उनकाे सक्रियतासँगै २०३६ सालमा मिनभवन क्याम्पसको स्ववियु सभापति भए । २०३९ सालमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव भएपछि उनले २०४० सालदेखि ४४ सालसम्म ४ वर्ष राजनीतिका कारण मुद्दा खेप्नु परेको थियो ।
मुद्दाका कारण थपलियाले केही समय केन्द्रिय कारागारमा बस्नु परेको थियो । उनले पटकपटक गरी ५ वर्ष जेल जीवन विताएका छन् । राजनीतिलाई कमाइको पेसा बनाइनु हुँदैन भन्ने धारणा अवलम्बन गर्ने थपलिया सुरुमा शिक्षण पेसामा आवद्ध भए । जनजीवन माबी खैरहनी चितवनमा २०४३ सालदेखि २०५१ सालसम्म प्रधानाध्यापक भएर काम गरेका उनले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी २०६५ देखि २०६७ सालसम्म चितवन, भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए ।
यस्तै २०६८ सालमा मदन भण्डारी फाउन्डेसन चितवनको सस्थापक अध्यक्ष पनि भएका थपलिया लामो समय नेकपा एमाले चितवन जिल्ला कमिटीमा प्रभावशाली भूमिकामा रहे । २०७० देखि २०७४ सम्म ४ वर्ष एमाले चितवन जिल्ला कमिटीको नेतृत्वमा समेत रहे । मुलुकमा भएका दुई ठुला आन्दोलनहरु जनआन्दोलन २०४६ र २०६२/०६३ मा नेतृत्वदायी भूमिका खेलेका उनी २०७३ सालदेखि करिव साढे ३ वर्ष बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको जिम्मेवारीमा रहे ।
२०७९ पुष १४ गते नेकपा एमाले बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन भएका थपलिया साेही वर्ष पुष २६ तत्कालीन सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा जिम्मेवारीमा रहे । हाल थपलिया नेकपा एमालेको केन्द्रीय सदस्य, भरतपुर महानगर पालिका इन्चार्ज एवं पार्टीको केन्द्रिय शिक्षा विभाग उप–प्रमुखको रुपमा पार्टीमा कृयाशील छन् । उनले अमेरिका, चीन, सिङ्गापुर लगायतका देश भ्रमण गर्नु भएकाे छ ।